मुग्लानी खबर डटकम
सन्तोष कुवर 25 मार्च 2017
आत्मनिर्णयको अधिकार,स्वशान सहितको संघियता,अरुण पुर्व नाै जिल्ला लिम्बुवान प्राप्तिको लागि हाम्रो प्रतिबद्धता भन्ने नाराका साथ नेपालमा स्थापित रहेको संस्था किरात याक्थुङ चुम्लुङबाट सम्बन्ध प्राप्त गरि २००२ मा कतारमा स्थापना भएको उक्त संस्थाले भब्यताको साथ आफ्नो नवाै अधिवेशन दोहा टपफम रेस्टुरेन्टमा भब्यरुपमा सम्पन्न भयको छ ।
गत शुक्रवार दोहा टपफम रेस्टुरेन्टमा बर्तमान अध्यक्ष मन कुमार माङवो को सभापतित्वमामा भएको कार्यक्रममा प्रमुख अतिथि आदिवासि जनजाति महासंघ कतारका का.बा अध्यक्ष पुरुस्वोतम सुनुवार रहेका थिए भने बिशेष अतिथिहरु एन आर एन एन. सिसी कतारका अध्यक्ष बिनेश तामाङ,आदिवासि जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार सियाराम थारु रहेको थिए अन्य अतिथिहरु पाँचथर सेवा समाजका संरक्षक चन्द्र न्याैपाने,धनुक सेवा समाजका अध्यक्ष राम कुमार मन्डल,नेपाल मगर संघ कतारका अध्यक्ष महेन्द्र ब.थापा,माझी सेवा समाजका सचिव धन माझी,नेवा पुच: कतारका अध्यक्ष उपेन्द्र रत्न साक्य,थारु कल्याणकारिणि सभा च्याप्टर कतारका स्याम लाल चाैधरि,भुजेल सेवा समाजका मान बहादुर भुजेल, दलित नेपाली एकता समाजका अध्यक्ष स्याम नेपाली,नेपाल प्रवासी तामाङ समाज कतारका अध्यक्ष थर्चा लामा,संघिय लिम्बुवान सामाजिक मंन्चका तिल बिक्रम थेवे,किरात राई यायोख्खा कतारका अध्यक्ष एकराज राई, नेपाल जनप्रगतीसिल मंन्चका का.बा अध्यक्ष रकम ध्वज राई, प्रवासी नेपाली मंन्चका अध्यक्ष राम हरि गैरे, नेपाली जनसम्पर्क समीती कतारका कोषाध्यक्ष राम जि खत्रि समाज सेबिहरु कमल मणि गुराँगाई,बिरेन्द्र याक्थुम्वा,चानख पोखरेल,द्रोण ब.बस्नेत लगायतका आथित्यता रहेको थियो ।
सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर तथा दिप प्रज्वलन र राष्ट्रिय गान गाउँदै सहिदहरु प्रति १ मिनेट माैनधारण गरि कार्यक्रम सुरु गरिएको थियो ।
त्यस्तै गरि मन्तब्यको क्रममा संस्थाका बिशेष सल्लाहकार दिल किरण खजुम,प्रमुख सल्लाहकार लोकेन्द्र कुमार तुम्रोक, एन आर एन ए एसिसी कतारका अध्यक्ष विनेश तामाङ, आदिवासि जनजाति महासंघ कतारका प्रमुख सल्लाहकार सियाराम चाैधरि लगायतले भाषा,धर्म संस्कृतिको निम्ति १५ बर्ष अंघि कतारमा कियाचु संस्था स्थापना गरेर धेरै उल्लेखनिय काम गरेको र आफ्नो जातिको हक हित र पहिचान साथै कतारमा रहेको नेपाली समाजलाई एकबद्दता बनाउन उल्लेखनीय भुमिका खेलेको बताउँदै यो बिशु्द्द जातिय सामाजिक संस्था भएको हुनाले संस्थाले कुनै पनि पार्टिको झन्डा भने बोक्न नहुने बताउँदै पुरानो समितिले गर्न बाँकि रहेका कामहरु आउने नयाँ कार्यसमितिले पुरा गर्दे जावोस भनि बधाई सहित शुभकामना मन्तब्य राखेका थिए ।
कार्यक्रम मा कलाकारहरुले लिम्बु संस्कृतिको( केलाङ नृत्य ) प्रश्तुत गरे भने सल्लाहकार लोकन्द्र कुमार तुम्रोक, बिशेष सल्लाहकार हरु दिल किरण खजुम, किरण लिङ्देन, सल्लाहकारहरु गणेश थक्लुङ,बिमल सिगु,श्यामसुहाङ हुक्पालाई कियाचु कतारलाई हर तरफले सहयोग गरेकाले ( पगरि ) लगाई साथमा सम्मान पत्र दिएर सम्मान गरेका थिए भने अन्य सहयोगि संस्था,कलाकारहरुलाई पनि सम्मान पत्र दिएर संस्थाले सम्मान गरेको थियो ।
कार्यक्रमलाई सम्बोधन गर्दे प्रमुख अतिथि सुनुवारले कियाचु कतार १५ बर्ष अंघि जतिबेला नेपालीहरु रोज़गारको निम्ति कम्तिमात्रैमा आएको बेला पनि यो संस्था स्थापना गरेर लिम्वु समुदायले आफ्नो भाषा,लिपि.धर्म संस्कृति रितिरिवाज परम्पराहरु जोगाउँदै लगेको र आगामि दिनहरुमा पनि नयाँ आउने जुझारु टिमले आफ्नो पहिचानको निम्ति एकाढिक्का भई संघर्ष गर्दे अंगाडि बढ्नुपर्ने भन्दै शुभकामना मन्तब्य दिएका थिए । सभापति मन कुमार आङ्वोले बिभिन्न बाधा अड्चनको बिच आफ्नो कार्यकालमा सहयोग गर्ने सम्पुर्ण सहयोगीलाई धन्यवाद दिँदै आउने कार्यसमितिले गर्न बाँकि रहेका कामहरु पुरा गर्दे जावोस भनि शुभकामना मन्तब्य दिँदै पहिलो चरणको कार्यक्रम सम्पन्न भएको घोषण गरेका थिए । उक्त कार्यक्रमको संन्चालन का.वा माहासचिव सागर तुम्बाहाफेले र स्वागत मन्तब्य प्रथम उपाध्यक्ष राजेन्द्र सामेखामले गरेका थिए ।
किरात याक्थुङ चुम्लुङ कतारको ९ औं अधिवेशनबाट चुनिएका नयाँ कार्यसमिति यसप्रकार छ ।
क्रमस : अध्यक्ष- राजेन्द्र साम्येखाम,बरिष्ठ उपाध्यक्ष हर्क खजुम,प्रथम उपाध्यक्ष बम चेम्जोङ्ग,दितिय उपाध्यक्ष हरि भक्त जबेगु, महासचिव सागर तुम्बाहाङफे,सचिव हरु बिजय लक्सब, बिमल सिगु, नगेन पाक्साङ्वा,अर्बिन्द्र मादेन, कोषाध्यक्ष देऊकुमार नेम्बाङ्ग,सह-कोषाध्यक्ष-नन्द राज लङ्वा र सदस्यहरुमा चन्द्र आङदेम्बे, बबिता तुम्बापो, बसन्त सिगु, मन माया लावति ,योगेन्द्र आङ्ला,तिर्थ लिम्बु,सुमन योङहाङ्ग, योगेन्द्र आङखेवा,हेम कुमार लिबाङ्ग,अम्बिका शुहाङ्ग,बिष्णु प्रसाद केरुङ्ग,बिशाल आङबो,राज आङ्ला गरी जम्मा २४ सदस्य कार्य समितिमा निर्बाचित भएका छन । बाकी एकजना आउदो सचिवालय भेलाले नियुक्त गर्ने नब निर्बाचित महासचिव सागर तुम्बाहाङफेले जानकारी गराएका छन् ।
त्यस्तै निर्बाचन मण्डलीमा : संयोजक- लोकेन्द्र तुम्रोक क्रमस सदस्यहरुमा दिल किरण खजुम, किरण लिंदेन,गणेश थक्लुंग र स्यामसुहांग हुक्पा चोंबांग रहेका थिए ।
अन्त्यमा नबनिर्बाचित अध्यक्षले सबैको साथ र सहयोग लिएर संस्थालाई अझै चुस्त दुरुस्त ढंगबाट अगी बढाउने प्रतिबद्धता जनाउदै अधिबेशन सम्पन्न भएको बताएका थिए ।