मुग्लानी खबर १५ कार्तिक
अहिले सम्मको इतिहासमै पर्वतारोहणमा रेकर्ड तोड्दै विश्व किर्तिमान राख्न सफल म्याग्दी निवासी निर्मल पुर्जा यतिबेला राष्ट्रिय तथा अन्तरास्ट्रिय विश्व संचार माध्याममा छाएका छन।
वासिङ्टन पोष्टले मात्रै नभई विश्वभरका छापा, अनलाइन तथा टेलिभिजनमा पूर्जा छाएका छन् । मंगलबार बिहान चीनको तिब्वतमा अवस्थित शिशापङ्मा हिमालको चुचुरोमा पुगेर फर्किएपछि पूर्जालाई काठमाण्डौमा भब्य स्वागत गरिएको छ।वासिङ्टन पोष्टले निकै प्राथमिकता दिएर लेखेको समाचारमा विश्वका १४ वटा ८ हजार मिटरभन्दा माथिका हिमाल आरोहणको किर्तिमानी कायम गरेका म्याग्दी अन्नपूर्ण गाउँपालिका वडा नं ४ दाना जन्म घर भएका निर्मल पूर्जाको ब्यापक चर्चा गरिएको छ ।
हेर्नुस भिडियो
https://www.facebook.com/muglanikhabar/videos/3732468373445676/
विभिन्न संचार माध्यामले उनको दुर्लभ साहासको उच्च सम्मान गर्दै लेखेका छन।अमेरिकी पत्रिका वासिङ्टन पोष्टले ‘पोल्यान्डका जेर्जी कुकुक्जाले झन्डै ८ बर्ष लगाएर बनाएको किर्तिमानी पूर्जालाई पुरा गर्न सात महिना पनि लागेन’ ।भन्दै चर्चा गरेको छ। कुकुक्जाले ८ हजार मिटर अग्लो हिमाल आरोहण गर्न ७ बर्ष ११ महिना १४ दिन लगाएका थिए त्यसलाई इटालीका ’रिइनहोल्ड मेसनरले तोड्न सफल भएका थिए ।दक्षिण एसियाकै चर्चित पर्वतारोही दक्षिण कोरियाका किम चङ हो ले जेर्जी कुकुक्जाकाले बनाएको अर्को किर्तिमानीलाई तोड्न सफल त भए तर अतिरिक्त अक्सिनजनको प्रयोग गरेका थिए भने जेर्जी कुकुक्जाको आरोहणकै क्रममा सन् १०८९ मा मृत्यु भयो साथै दक्षिण कोरियाली आरोहीको गतबर्षको अक्टुवरमा म्याग्दीको धवलागिरी गाउँपालिका वडा नं १ गूर्जा हिमाल आरोहणको क्रममा आधार शिविरमा हिमपहिरोले ज्यान परि ज्यान गएको थियो।
विश्वलाई चचित पार्ने गरी पूर्जाले आरोहण गरेका हिमालय हिमालको देश नेपालका पर्वतारोहीले विदेशीको किर्तिमानी लाई छोटो समयमै तोडेपछि नेपालभित्र सामाजिक सञ्जाल रंगिएको अवस्थामा विश्वभरका सञ्चारमाध्यमले समेत निकै प्राथमिकताका साथ स्थान दिएका छन् ।नेपाल भ्रमण बर्ष २०२०को पुर्वसन्ध्यामा पर्वतारोहमा नयाँ किर्तिमानीले नेपालको पर्यटन प्रर्बधनमा समेत ठूलो सहयोग पुग्ने अनुमान गरिएको छ ।
आरोहणका क्रममा सगरमाथा हिमालमा पूर्जाले खिचेको तस्वीरलाई आवरण तस्वीर बनाएर समेत विश्वभर चर्चा गरिएपनि त्यसलाई नेपालको वदनाम गर्ने प्रयास गरेको अवस्थामा पूर्जाले नै त्यसबारेमा स्पष्ट पारेका छन् । सगरमाथामा ट्राफिक जाम भन्दै गलत प्रचार फैलिएपछि पूर्जाले दिएको प्रतिक्रियालाई समेत विश्वभरका सञ्चारमाध्यमले स्थान दिएका थिए ।पूर्जाको विषेश गरी नेपाल र बेलायती सञ्चारमाध्यममा अधिक चर्चा छ । धौलागिरी हिमालको आरोहणमा उनले अतिरिक्त अक्सिजनको सिलिन्डर नै प्रयोग नगरी चुचुरोमा पुगेका पूर्जाले सगरमाथा, केटु, कञ्चनजंगा, ल्होत्से,मकालु,च्होयो, मनास्लु, नांगा पहाड, गशेरब्रुम, ब्रोड पिक, गशेरब्रुम दोस्रोको आरोहण गरेका थिए ।
हेर्नुस भिडियो
https://www.facebook.com/muglanikhabar/videos/1423823447781960/