अर्जुन घिमिरे दाेहा १८ मार्च २०१७
"स्याङ्जा सहयाेग समाजकाे चाहना बिशुद्द सामाजिक सवाकाे भावना" भन्ने मुल नाराका साथ सन् 2005 मा कतारमा स्थापित स्याङ्जा सहयाेग समाजकाे छैटाैँ अधिबेशन दाेहाकाे मुन्ताजा स्थित बिक्रमपुर रेष्टुरेण्टमा 17 मार्च 2017 मा स्याङ्जाली हरुकाे उल्लेख्य उपस्थितिका बिच धनञ्जय लम्सालकाे नेतृत्वमा २७ सदस्सिय कार्यसमितिका साथ सर्बसम्मत चयन भएकाे छ ।
समाजकाे आर्थिक तथा साँगठनिक प्रगति प्रतिबेदन अघिल्लाे विशेष भेलाले पारित गरिसकेकाे हुदा औपचरिक कार्यक्रम शुरु हुन साथ सभापति तथा समाजकम अध्यक्षले आफ्नो कार्यकाल सफल पार्न प्रत्यक्ष तथा पराेक्ष रुपमा सहयाेग गर्नुहुने सम्पुर्ण प्रति आभार साथै धन्याबाद ज्ञापन गर्नुभएकाे थियाे साथै आगामी कार्यसमिति लाई अग्रिम बधाइ तथा सफल कार्यकालकाे शुभकामना ब्यक्त गर्दै पुरानाे कार्यसमिति बिघटन भएकाे घाेषणा गर्दै बिल गुरुङ, भेषराज पराजुली र पुर्ण नेपाली रहेकाे निर्वाचन समितिलाई नया समिति चयन तथा घाेषणाकाे जिम्मेवारी दिनुभएकाे थियाे ।
निर्वाचन समिति साथै समाजका अग्रज तथा समन्वयकर्ताहरु पुर्ण केशी, गुरुनारायण रानाभाट, टुकराज अर्याल लगायतले सबै उम्मेद्वारहरु बिच समन्वय र समझदारि गराउदै चुश्तदुरुष्त कार्यसमिति चयनमा उल्लेख्य भुमिका निर्बाह गर्नुभएकाे थियाे ।
निर्बाचन समितिले सर्बसम्मतिले नया कार्यसमितिकाे टुङ्गाे लगाईसकेपश्चात् निर्बाचन समितिका सँयाेजक बिल गरुङले नया कार्यसमिति लाई बधाइ साथै सफल कार्यकालकाे कामना ब्यक्त गर्दै पद तथा गाेपनियताकाे सपथग्रहण गराउनुभयाे ।
नवनिर्वाचित अध्यक्ष धनञ्जय लम्सालले सँस्थाले आफुलाई दिएकाे याे जिम्मेवारी लाई अवसरका रुपमा लिदै सँस्थाकाे मर्म भावना र बिधानमा रहि कार्यकालमा सबै कार्यसमिति, सल्लाहकारहरु, अग्रज, अनुज, तथा सदस्यहरु सँग परामर्श सल्लाह सुझाब लिदै अगाडि बढ्ने बताउनु भयाे । साथै सँस्थाकाे बार्षिकउत्सब, बृहत् बनभाेज साथै रमाइलाे साँस्कृतिक कार्यक्रम आगामि मार्च ३१ तारिक सम्पन्न गर्ने बताउनुभयाे ।
दिप प्रज्वलन सँगै राष्ट्रिय गान द्वारा समुद्घाटन लगत्तै ज्ञात अज्ञात सहिदहरुकाे स्मरण गर्दै एकमिनेट माैनधारण गरिएकाे थियाे । कार्यक्रममा
समाजका अध्यक्ष गाेप सुनारकाे सभापतित्व, सँस्थापक उपाध्यक्ष तथा सल्लाहकार पुर्ण केशिकाे प्रमुख आतिथ्यता, सँस्थापक सदस्य, भु पु अध्यक्ष तथा बर्तमान सल्लाहकार गुरुनारायण रानाभाट, भुपु अध्यक्ष तथा बर्तमान सल्लाहकार टुकराज अर्याल , सल्लाहकार भेषराज पराजुली, सल्लाहकारहरु चिरन्जिबि ढकाल, बिल गुरुङ , यम के शी , डाेलराज डुम्रे, रत्नाखर ढकाल लगायतकाे विशेष आतिथ्यता, स्याङ्जा सहयाेग समाज कतार मातहतका थुमपाेखरा, अर्जुन चाैपारी, बिचारिचाैतारा, चापाकाेट, क्याक्मि, रापाकाेट , मग्याम चिसापानि, कालिकाकाेट लगायत इकाइ प्रमुखहरु, नवप्रतिभा सँस्कृतिक परिवार लगायतकाे आतिथ्यता रहेकाे कार्यक्रममा समाजका उपाध्यक्ष धनन्जय लम्सालकाे स्वागत मन्तब्य र समाजका केन्द्रीय सदस्य अर्जुन घिमिरे काे सन्चालन रहेकाे थियाे ।
नवनिर्वाचित कार्यसमितिकाे नामावलि ।
अध्यक्ष - धनञ्जय लम्साल
उपाध्यक्ष - हेम राना
............... - घनश्याम अर्याल
..........;... - अजमत अली
सचिब - अर्जुन बि क ( घिमिरे )
सह सचिब - माेहन काफ्ले
काेषाध्यक्ष - सूर्य अर्याल
सह काेषाध्क्ष - प्रकाश परियार
महिला सदस्य - टाैमायाँ गुरुङ
सदस्यहरु - उत्तम भट्टराइ, केशब कुमार न्याैपाने, बन्धु घिमिरे , बल ब. थापा , लाेकेन्द्र सिग्देल, धन ब. बि क , दुर्गा सुनुवार, शेख नजर मिया, पुर्ण ब. नेपाली, भागिरथ पाैडेल, माधब लुईटेल, कल्याण पाैडेल, दिवान शिँ सिन्जाली, कृष्ण ब. क्षेत्री, कर्ण ब. बिक, शेखा बि क , टेकनाथ सुवेदी, बिष्णु प्रसाद पाैडेल ।