मुग्लानी खबर डटकम
सन्तोष कुवर 18 मार्च 2017
तामाङ जातिको परिवर्तन आर्थिक तथा शैक्षिक सुदृढीकरण भन्ने नाराका साथ २००५ मा स्थापना भएको नेपाल प्रवासी तामाङ समाज कतारले गत शुक्रवारको दिन कतारको निकै रमणीय स्थान साहानिया स्थित अल दोसरी गार्डेनमा भब्यरुपमा बनभोज तथा भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
तामाङहरुको महान चाड २८५३आैँ सोनाम ल्होछार गत २७ जनवरि २०१७ दोहामा नेपालबाट राष्ट्रीय कलाकार ल्याई कार्यक्रम गर्दा सफल भएको अवसरमा भएको बनभोज कार्यक्रममा दोहादेखि टाढा भए पनि तामाङहरु,ग़ैर तामाङ समुदायको पनी बाक्लो उपस्थिति रहेको थियो । दुई चरणमा सम्पन् भएको कार्यक्रममा संस्थाका अध्यक्ष थर्चा लामा तामाङको सभापतित्वमा र प्रमुख अतिथि सोहि संस्थाका संरक्षक तथा पुर्ब अध्यक्ष सुकबहादुर तामाङ रहेका थिए भने अतिथिहरु प्रमुख सल्लाहकार कुमार मोक्तान तामाङ ,बिशेष सल्लाहकारहरु शंखलाल तामाङ,माईला वाइबा तामाङ,सल्लाहकारहरु रोशन दोङ तामाङ,सुमन लामा,लक्ष्मान लामा तामाङ,सन्ध्याग्रुप का अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वा,अशोक सिङदन तामाङ,बाबुलाल तामाङ,तिर्थ थिङ तामाङ लगायत समाज सेवि, बुद्दिजिवी बिभिन्न संस्थाबाट उपस्थिती रहेको थियो ।
कार्यक्रमको शुभाअरम्भ सम्पुर्ण उपस्थित जनहरुबाट राष्ट्रिय गानबाट शुरु गरिएको थियो भने समाजका प्रथम उपाध्यक्ष तिर्थ थिङ तामाङले उक्त कार्यक्रम किन र केको लागि गरिएको भन्ने बारेमा प्रस्ट पार्दे संस्थाको अधिवेसन नजिक आउँदै गरेको र सदस्य बन्नको लागि फारम खुलि सकेको जानाकारि पनि गराएका थिए । तेस्तै प्रमुख सल्लाहकार कुमार मोक्तान तामाङले संस्थाले समय समयमा यस्ता कार्यक्रम गरेकोमा खुसिलागेको र आगामी दिनमा पनि यस्तै कार्यक्रम गर्दे अंगाडि बढोस भन्दै आफ्नो मन्तब्य राखेका थिए, प्रमुख अतिथि सुकबहादुर तामाङले नेपाल प्रवासी तामाङ समाज कतारले गत दोहामा गरेको महान चाड २८५३आैँ ल्होछार कार्यक्रम सफल भएको अवसरमा गरेको यो बनभोज तथा भेटघाट कार्यक्रम सभ्य र भब्य सफल भएको भन्दै आउदो दिनमा यस संथाले अझै धेरै प्रगतिको शुभकामना दिएका थिए भने सभापति थर्चा लामा तामाङले कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै पहिलो चरणको कार्यक्रम समापन भएको घोषणा गर्नु भएको थिए ।
नेपाल प्रवासी तामाङ समाज कतारको ब्यानर र बिभिन्न रङ्का धर्जोहरुले सजाइएको मन्चमा पहिलो सांगीतिक कार्यक्रमको सुरुमा गायक रुस्ता तामाङले सेलो गित सङ्गै नेपाली गित ए तुलसि बोलको गित गाउँदा दर्सकहरुले नाच्दै मनोरन्जन लिएका थिए । तामाङ सेलो गित नाम त मेरो अक्कले गाउँ र घरको नक्कले बोलको गितमा नृत्य गर्दै सबिना तामाङ,मनिषा तामाङ,बिमला कार्कि,श्री पाख्रीन तामाङ,सिर्चेन तामाङ र सन्जिव खातिको समुहले सामुहिक ग्रुप नृत्यले उपस्थित दर्सकहरु माझ हलचल नै ल्याएका थिए ।
सेलो गित र चल बतास चलको गितमा डान्सरहरु अमर लामा, जलजोला दोङ, नरेन्द्र मगर लगायतका कलाकार ले पनि राम्रै स्टेज तताए, मणिमायाँ लामाले ग़ज़ल वाचन गर्दा गजल पारखि हरुले हुटिङ गर्दे उनलालाई साथमा साथ दिँदा एकैछिन कार्यक्रम गजलमय बन्यो तेसपछि म्हेन्दोमायाँ गित बर्माचेतकी लापाचे बोलको गितमा सिर्चेन तामाङ,अमृत तामाङ,सबिना लामा,बिमला कार्किको आर्कषक नृत्यले उपस्थित दर्शकलाई भरपुर मनोरन्जन दिएका थिए,। हाँस्य कला प्रस्तुत गरेर जित बोम्जन तामाङले दर्शकहरुलाई थप मनोरन्जन दिएका थिए । कलाकारहरु सिर्चेन तामाङ र बिमला कार्किको युगल जोडिले घुमाउँला तिमिलाई ठमेल बजार बोलको गित, त्यस्तै अर्को युगल जोडी बिरेन्द्र याक्थुम्वा (सुबाश) र ईसा घतानीले लोक गित फुल फुलेर पहेँलै भयो बोलको गित नुर्त्यले सबैमा निकै हलचल मचाएको थियो साथै सेलोमा सबिना र राज मगरको युगल जोडिले पनि दर्सक माँझ राम्रो नृत्य पस्किन सफल भएका थिए ।
गायकहरु शिशिर थोकर तामाङ,प्रतिप थिङ तामाङ,राज लोप्चन तामाङले म्हेन्दोमायाँ गित जोरदार प्रस्तुत गर्नु भयो भने सानु घिशिङले सेलो गित,गाउँदा दर्शकहकु कुर्सी छोडेर नाँच्न बाध्य भएका थिए । सबिना तामाङले टुना र डम्फु बजाउँदै बोलको गित, राज मगरले रातो रानि लगायतका कलाकारहरुले सिङ्गल नृत्य र दिनेश तामाङ र अक्कल जिम्बा तामाङको कमेडि प्रश्तुती ले दर्शकलाई थप मनोरन्जन मिलेको थियो ।
अन्त्यमा तामाङ जातिको संस्कृति तर लोपोउन्मुख अवस्थामा रहेको फापरे गित र मनेदोरा गित प्रश्तुत गर्दे कार्यक्रम सन्चालक तथा सन्चालिका धिरेन तामाङ र सुस्मिता तामाङले समापन गरेका थिए भने कार्यक्रम मौसमले अत्यन्तै साथ् दिएको थियो भने समग्राम बनभोज कार्यक्रम सौर्हादपूर्ण र पारिवारिक वातावरणमा सम्पन्न भएको र परिवार सहित उपस्थित भएका स्वदेशी तथा बिदेशी दर्शकहरु साथै कतारमा कार्यरत नेपाली चेलीबेटीहरुको समेत बाक्लै उपस्थीतीले कार्यक्रम आकर्षक बनेको थियो भने कार्यक्रममा स्वागत मन्तब्य संयोजक गणेश तामाङले र कार्यक्रम संन्चालन धिरेन तामाङले गरेका थिए ।
प्रमुख सल्लाहकार कुमार मोक्तान तामाङ आफ्नो मन्तब्य दिंदै ।
प्रमुख अतिथि संस्थाका संरक्षक तथा पुर्ब अध्यक्ष सुकबहादुर तामाङ आफ्नो मन्तब्य दिंदै ।
सभापति अध्यक्ष थर्चा लामा तामाङ कार्यक्रम सफल बनाउन सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै ।