मुग्लानी खबर डट कम
वि.स.२०३८ साल माग १० गते वुवा भुवन सिंग गुरड् र माता सुनकुमारी गुरुड्को कोखवाट लम्जुङ् जिल्लामा जन्म लिनुभएका माधव गुरुड् १० कक्षा पास गरेपछि पढाईलाई छोडेर संगितिको क्षेत्रतिर लागनु भएको थियो र ३-४ महिनाको संगित कलास लिएपछि हिमाल साँस्कृति परिवार कला केन्द्र पोखरामा नै कामगर्दै आउनु भएको थियो तर पछि देशको स्थिति र बेरोजगारले गर्दा सवैलाई छोडेर खाडी मुलुक कतारमा धनकमाउन आउनु भएको थियो यशै क्रममा मुग्लानी सौगातले वहाँलाई भेटपछिको कुराकानीमा मुग्लानी सौगातका बिशेष प्रतिनिधि संगको कुराकानी ...।
मु- तपाईले आफ्नो भोगाईमा साँगितिक क्षेत्रको यात्रामा के पाउनु भयो र के गुमाउनु भयो ?
माधव- पाउने सवालमा आफ्नो कला सस्कृर्ति र विदेशी सस्कृर्तिमा धेरै बुज्न पाईयो र गुमाउने स्वालमा खासै केहि गुमाए जस्तो मलाई लाग्दैन्।
मु- कहिले देखि यो क्षेत्रमा लाग्दै आउनु भइको हो ?
माधव- त्यस्तै ११,१२ बर्षदेखि म यो क्षेत्रमा लाग्दै आएको हो तर मेरो ईच्छा भनै सानै देखि नै थियो ।
मु- नेपाल बहुजाति,बहुभाषिक र धेरै सस्कृर्तिकको धनि देश हो हाम्रो देशभित्रको विभिबिध पहिचान पनि हो र अमुल्य सम्पति पनी हो भने यसलाई बास्तिविक रुपमा टर्लड्ड पार्ने साधान नै संगित हो त्यसमा पनि तपाई जुनसुकै भाषाको नृत्य सिकाउनु हुन्छ । तपाईले कस्तो अनुभव र हौसला पाउँनु भयो ?
माधव- नेपाल बहुभाषिक र बिभिन्न जातजाती भएको देश ह । सबैको आ आफ्नै मौलिक बोकेको संस्कृर्ति छ भने संगित पनि यसैको सार र रुप हो यसरी विभिन्नि जातजातिको नृत्य सिकाउदा मैले अझ धेरैको मायाँ र हौसला पनि पाँए ।
मु- त्यसो भए तपाईको आफ्नो विचारमा संगित केहो ?
माधव- मेरो विचारमा आफुलाई चिनाउने र सुख दुःखको साथी हो वा अर्को अर्थमा जीवननै संगित हो यो जुनशुकै देशका मानिशहरुमा एउटै बुजै हुन्छ ।
मु- तपाईले त गित पनि गाँउनु हुन्छरे रचना पनि गर्नु हुन्छरे साथै संगीतपनी दिनु हुन्छरे तर तपाँईको खास विधाचै केहो ?
माधव- हो सबै सत्य हो मैले कडा मिहिनेत पस्चात अलि अलि सबै क्षेत्रमा सिक्ने मौका पाँए मेरो मनले रोजेको क्षेत्र नृत्य नै हो ।
मु- के नेपालमा यो क्षेत्रमा लगेर गुजरा चल्छ ?
माधव- सबैलाई त नभनौ केही ब्यतिmहरु छन् जो यहि क्षेत्रमा पनि खुशि नै छन् ।
मु- देश अहिले नयाँ धु्रविकरण तिर गई रहेछ। त्यस्तै संगितमा पनि अर्ध परिवर्तन भईरहेछ । के पुराना गितहरुमा नयाँ हिपहप संगित दिदाँ संगितमा परिवर्तन भएको मानिन्छ र ? यसमा तपाँईको विचार केछ ?
माधव- यो सव अधुनिकताको नाममा पुरै बिकृर्ति हो यसमा हामी संगित प्रेमिहरु र संगितलाई चिनेकाहरुले पुरा-ध्यान दिएर सहि नृर्णय गर्नुपर्छ अन्यथा पछी नेपाली संगितमै यसले पुरै असर पुग्न सक्छ ।
मु- नेपाली संस्कार राष्ट्रिय गौरवमय बोकेको नेपाली भेष-भुषा अहिले देशका शंसद मंन्त्री र केही ब्याक्तिले मात्र पहिरिन्छन् । तर युवा पुस्तामा भने सिमित कार्यक्रमको प्रस्तुतिमा मात्र देख्न पाईन्छ । कतिले त यो जेनेरे’शनलाई पाँखेको साग्य पनि दिन्छन् । यो पुस्तालाई आक्रर्षण गराउन तपाईको विचारमा राण्ट्रको कस्तो भुमिका निर्माण गर्नु पर्दछ ?
माधव- सर्वप्रथम हामीले हामी नेपाली हौँ र हाम्रो सस्कृर्ति कदापी भुल्नु हुदैन,सबैले यसलाई सहि ढड्ले बुझ्नु पर्दछ र सरकारले पनि संस्कृर्तिको जगेर्ना गर्दै कलाकारहरुलाई हौसला र प्रोत्साहन दिने खालका कार्यक्रम गराउनु पर्दर्छ ।
मु- भन्छन् पढे लेखेका शिक्षित ब्यतिmहरु लाई आक्रसित गराउलाई आधुनिकिकरण गराउदै आयोजक प्रायोजकहरुले बास्ताविक रुपमै ध्यान दिएर लगानी गर्न सके नेपाली फेशन पनि प्रतिशप्रदा गर्न सक्छ तर पश्चिमि संस्कृर्तिले दिनौ आक्रमण गरिरहेको हुदा कसरी टिक्न सक्छ होला ?
माधव- यसको वारेमा तपाई आअफै भन्नुहोस उदाहरणको लागि कास्मिरी भेषभुषा पाकिस्तान,भारत हुदै नेपाल मलेशियाहरुमा पनी ब्यापक रुपमा पाईन्छ भने हाम्रो पनि एकमत भएर सबै लागिपर्ने हो भने अवस्य फेशन एब्वल हुन्छ ।
मु- नेपाली भेषभुषा, संगित र नृत्य एक अर्कामा परिमक्क हुनमा के गर्नुपर्छ यसमा तपाईको के भनाईछ ?
माधव- आवस्यकतालाई पुर्तिले पुरा गर्छ बस त्यति मात्र हो मेरो भनाई ।
मु- पोखरामा हिमाली नेपाली साँकृति कलाकेन्द्र मा काम गर्दा-गदैपनि यहाँ आउनु भयो त्यस्तो के बाध्यता थियो जसले गर्दा कतार आउनुपर्यो ?
माधव- देशको बिग्रदो स्थिति, बेरोजगार अनि मुख्यत आर्थिकको कारणले नै आज हामी सम्पुर्ण नेपाली बिदेशिन बाध्य भएका छौँ ।
मु- के कतारबाट फर्के पछि पनि यो पेशालाई निरन्तरता दिनु हुन्छ त ?
माधव- अवस्य पनि दिनेछु र हामी सवैले दिनुपर्छ ।
मु- तपाईको बुझाईमा सन्ध्याग्रुपले नेपाली कला र साँकृतिप्रति कस्तो भुमिका नृर्बाह गर्नु पर्दछ ?
माधव- मलाई लाग्,छ सन्ध्याग्रुपले आजसम्म आफ्नो उदेश्य अनुरपनै काम गरि राखेको छ, र नेपाली कला र साँकृतिप्रति त कतारका सबै सस्था लाई पछिनै छोडेको पाए, अज्ज यसमा पनि खासकुरा सिगों नेपाल र नेपनलीलाई नै समेटिएको यो सस्थालाई हामी सबै प्रवासीहरुले नै साथदिनुपर्छ यो हामी सवैको साझा संस्था हो ।
मु- अन्त्यमा यो मुग्लानी सौगात मार्फत प्रवासी दाजुभाई र दिदिबैनिहरुमा कही भन्न चाहानु हुन्छ की ?
माधव- कतार मा हामी जतिपनि नेपाली दाजुभाई तथा दिदिबैनिहरु आएका छौ, हाम्रा आ—आफ्नै बाध्यता र समस्याहरु ले आएपनि हामीले कहिल्य पनि हाम्रो माटोलाई भुल्नु हुदैन हामी जहाँ भएपनि हाम्रो कला र संस्कृतिलाई भुल्नु हुदैन । बैदेशिक रोजगार वाट बचेको समयलाई आफ्नो कला संस्कृतको दिगो राख्नको लागि वा संरक्षण गर्नको लागि दिनु पर्छ ।
मु- धन्यवाद, मुग्लानी सौगात मार्फत आफ्नो कुरा राख्दिनु भएकोमा ।