मुग्लानी खबर डट कम
सन्तोष कुवर
11 मार्च 2017
नेपाली महिला समाज कतारले-१० मार्च २०१७ शक्रबारका दिन “
BE BOLD FOR CHANCE “ परिबर्तनको लागि साहस भन्ने नाराको साथ १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस दोहा स्थित ढाका रेस्टुरेन्टको सभाहलमा भव्यताका साथ सम्पन्न गरेकोछ ।
समाजका अध्यक्ष श्रीमती सुस्मिता भुसालको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि ब्यावसायी तथा समाज सेवि मायाँ के.सी थिईन भने बिषेश अतिथिहरु गैर आवसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका नविन पोखरेल,नेपाली महिला समाजकि प्रमुख सल्हाकार रेखा राई ,एनआर एनए एनसिसि कतार महिला विभाग पुर्व संयोजक संम्जना पुडासैनि, जनसम्पर्क समितिबाट रामजि खत्रि, प्रवािस नेपाली मंन्च कतारका अध्यक्ष रामहरि गैरे,जन प्रगतिशिल मंन्चका काबा अध्यक्ष रकमधोज राई,महिला समाजका मानार्थ सदस्य तिल बिक्रम थेबे,चर्चित लोक गायिका देविका के.सि, सन्ध्याग्रुपका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वा,नेपाल पत्रकार महासंघ कतारका सचिव नवराज़ बि.क,कतार नेपाली एकता समाजबाट महिला प्रतिनिधि सन्जु सुन्दास,नेपाल प्रबासी तामाङ समाजका महिला बिभाग प्रमुख मिना तामाङ,मगर संघ कतार सास्कृतिक संयोजक पुर्णिमा मगर,तराई मदेश लोकतान्त्रिक पार्टीका हुसेन खान,इलाम सेवा समाजबाट रेणुका कार्की,महिला प्रतिनिधि जुना पन्त,महिला इन्जिनियर सुमित्रा शर्मा,पत्रकार उषा वाग्ले, हजिरी अलि खान,जिल्लागत संस्था लगायत दोहामा रहेका विभिन्न संघसंस्थाका प्रतिनिधीहरु,बुद्धिजिवि,समाजसेवी,ब्याबसयीहरुको बाक्लो आतिथ्य रहेको कार्यक्रमलाई सभापति,प्रमुख अतिथि,बिशेष अतिथिहरु र अन्य अतिथिहरुका संयुक्त रुपमा व्यानर अनावरण,दिप प्रजलन,तथा राष्ट्रिय गितद्धारा समुत्घाटन गरिएको थिए ।
उपस्थित अतिथिहरुले सुभकामना दिने क्रममा अन्तर्राष्ट्रिय नारी दिवस २०१७ ले तय गरेको नारालाई सार्थक तुल्याउन विशेष गरेर विभिन्न तह र तप्काका दिदिबहिनीहरु,राजनितिक कर्मीहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नु पर्ने विचार राख्दै पृथ्वीमण्डल ५०-५०को समानता हुनुपर्ने र नेपालको बिध्यमान सन्धर्भमा रास्ट्रपति महिला,सभामुख महिला,न्याधिस महिला रहेपनि अझै नेपाली नारिहरु पिडित रहेको र महिलाको सत्रु महिलानै रहेको भन्दै महिला बलात्कार गर्नेलाइ कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गरेका थिए । सधै तीज कार्यक्रममा मात्र उपस्थित हुने महिलाहरु यो पटक नारी दिवस मनाउन कतारमा बिबिध पेशा र ब्यबसाय जस्ता उच्च ओहोदामा रहेका नेपाली महिलाहरु देखि सर्बसाधारण श्रमिक महिलाहरुको पनि बाक्लै उपस्थिति रहेको थिइन तेस्तै प्रमुख अतिथि समाजसेवी तथा ब्यबसायी माया के.सीले प्रवासमा आएर महिलाहरुले गरेको कार्यक्रममा आउन पाउदा खुसि लागेको बताउदै महिलाहरु प्रति गरिने विभेदको अन्त्य गरिनु पर्ने र जसका निम्ति सम्बन्धित सवै सचेत भएर एकजुट हुनुपर्ने भनाई राखेकि थिईन भने कार्यक्रमको विटमार्दै अध्यक्ष भुसालले विभिन्न तह र तप्काबाट नेमस कतारको कार्यक्रमलाई सफल बनाउन अवहोरात्र खट्नुहुने सबै प्रति कृतज्ञता प्रकट गर्दै कार्यक्रम समापन भएको घोषण गरेकी थिइन ।
उक्त कार्यक्रममा उपस्थित सम्पूर्णलाई समाजकी प्रथम उपाध्यक्ष अमिना खानले स्वागत गर्नु भयको थिइन भने कार्यक्रमको औचित्य र अन्तर्राष्ट्रिय नारी दिवसको बारे दितिय उपाध्यक्ष जानुका बस्नेत खड्काले प्रस्ट पारेकी थिइन,महासचिव अम्बिका खत्रीले कार्यक्रम सञ्चालन गरेको थिए । सोहि दिन नेपाली महिला समाज कतारको हरेक कार्यक्रमलाई कतारबाट प्रकासन हुने दैनिक अंग्रेजीपत्रिका गल्फ टाईम्समा समाचार सम्प्रेषण गरिदिएकोमा धन्यबाद स्वरुप अध्यक्ष सुस्मिता भुसाल र प्रमुख अतिथि मायाँ केसीले दोसल्ला ओढ़ाई क़दर पत्रबाट सम्मान गरेका थिए भने कार्यक्रममा नृत्य प्रस्तुत गरेकोमा भरत केसी र मिना आचार्यलाई पनि समाजले खादा लगाई सम्मान गरेकि थिइन ।