मुग्लानी खबर डटकम
सन्तोष कुवर :
11 मार्च 2017
"BE BOLD FOR CHANCE " परिबर्तनको लागि साहस भन्ने नारालाई आत्मासाथ गर्दै संघिय लिम्बुवान मञ्च कतार अन्तर्गत
महिला बिभागद्धारा हिजो सुक्रबारको दिन सल्वारोड स्थित ग्रिन रेस्टुरेन्टमा १०७ औं अन्तर्राष्ट्रिय नारी दिवस भव्यताका साथ सम्पन्न गरेको छ ।
महिला बिभाग प्रमुख बविता नेम्बाङ तुम्बापोको सभाध्यक्षमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथि संघिय लिम्बुवान सामाजिक मञ्च कतार प्रवासका अध्यक्ष नरेन्द्र कुमार एभेङ ,बिषेश अतिथिहरु गैर आवसिय नेपाली मञ्च राष्ट्रिय समन्वय परिषद कतारका सचिव उद्दिम साह,जनसम्पर्क समिति कतारका अब्दुल अलि,जन प्रगतिशिल मञ्चका उपाध्यक्ष कर्ण लिम्बु, कतार नेपाली एकता समाजबाट महिला प्रतिनिधि रेनुका चाैलागाई, संघिय समाजवादि फोरम कतारबाट चन्द्र सेर राई,अन्तराष्ट्रीय नेपाली समाज ( नयाँ सक्ति) बाट वि वि खराल, तराई मदेश लोकतान्त्रिक पार्टी कतारका अध्यक्ष हुसेन खान, अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज,कतार च्याप्टरका अध्यक्ष तिर्थ संगम राई, सन्ध्याग्रुप कतारका अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्वा, दलित नेपाली एकता मञ्चका स्याम नेपाली, तमु प्हेले संघ कतार कमला तमु गुरुङ, नेपाल प्रवासी तामाङ समाज कतारबाट तेज बहादुर तामाङ, तमु (गुरुङ) सेवा समाज कतार महिला प्रतिनिधि मायाँ गुरुङ, किराँत राई यायोख्खा सिता राई,सलिसाम कतार क्षेत्रिय कमिटिबाट तेन्जीङ शेर्पा, संखुवा सेवा समाज ज्ञानु राई लगायत विभिन्न संघ संस्थाका प्रतिनिधी,बुद्धिजिवि,समाजसेवी,ब्याबसायीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
सभाध्यक्ष,प्रमुख अतिथि बिशेष अतिथिहरु लगायत संयुक्त रुपमा ब्यानर उद्घाटन र दिप प्रज्वलन गरी कार्यक्रम राष्ट्रिय गितद्धारा समुउत्घाटन गरिएको थियो भने ज्ञात अज्ञात सहिदहरुप्रती एक मिनेट माैनधारण पनि गरिएको थियो । सो-कार्यक्रममा उपस्थित अतिथि गणहरुले सुभकामना दिने क्रममा अन्तर्राष्ट्रिय नारी दिवस २०१७ ले तय गरेको नारालाई सन् २०३० सम्ममा सार्थक तुल्याउने कुरा आशा राख्दै पृथ्वीमण्डल ५०–५०को समानता हुनुपर्ने र नेपालको सम्बिधानमा महिलाहरुको हक-अधिकारको सुनिश्चित हुनुपर्ने माग गर्दे यसको लागि विशेष गरेर विभिन्न तह र तप्काका दिदिबहिनीहरु र राजनितिक कर्मीहरुले महत्वपुर्ण भुमिका निर्वाह गर्नुपर्ने विचार राखेका थिए । कार्यक्रममा महिलाहरुले पम्प्लेटमा देशब्यापि रुपमा हुने महिला हत्या-हिंङ्सा र शोषण बन्दगर महिला सम्बन्धी शैक्षिक,राजनीतिक सामाजिक रोजगार जस्ता कुराहरुमा साम्मान अधिकर लागुगर भन्ने नाराहरु उक्त पम्प्लेटमा उलेख थिए । जुन नारामा सबै सहाभागी श्रामिक महिलाहरु स्वगर्बिक रुपमा बुलन्द आवाजमा नारा लगाएका थिए ।
संघिय लिम्बुवान सामाजिक मञ्च अन्तरगत महिला विभागले आयोजना गरेको कार्यक्रममा एति धेरै महिला सहभागी मात्रै हैन अकसर सास्कृतिक एबम सांगीतिक,बनभोज जस्ता मनोरंजन कार्यक्रमहरुमा पनि कहिल देखा नपरेका नया नया अनुहार नारीहरुको उपस्थितिमा एउटा कतारमा आउने महिला श्रमिकहरु मनोरजन गतिविधिममा मात्रै हैन नारी केन्द्रित श्रमिक दिवसहरुमा पनि उपस्थित हुने रहिछन भन्ने एउटा बलियो उदारण भएको थियो संघिय लिम्बुवान पार्टी भने पनि सबै जातिका महिलाहरुको सम्मान उपस्थितीले सबैमा एकता र सद्भाबभ पस्किएको थियो ।
सो कार्यक्रमका प्रमुख अतिथि संगठनका अध्यक्ष नरेन्द्र कुमार एभेङले महिलाको हक अधिकारका लागी आफ्नो पार्टी संघीय सामाजिक मञ्च कतारले सधै भरि लागि पर्ने र साथ सहयोग रहने बिचार राख्दै संगठनको महिला बिभागले नारि दिवस मनाएकोमा खु:शी ब्याक्त गरेका थिए । कार्यक्रमको विटमार्दै महिला सभाध्यक्ष बविता नेम्बाङ तुम्बापोले विभिन्न तह र तप्काबाट सहयोग गर्ने सम्पुर्णलाई धन्यवाद दिदै पहिलोचोटी यतिधेरै महिलाहरुको सहभागीताप्रति र प्रत्यक्ष अप्रत्यक्ष कार्यक्रमलाई सफल बनाउन सहयोगगर्ने सबैलाई धन्यबाद दिदै अागामि दिनहरुमा पनि यस्तै सहयोग पाउने आशा राख्दै कार्यक्रम समापन भएको घोषण गरेकी थिइन । उक्त कार्यक्रममा प्रमिला बस्नेतको स्वागत मन्तव्य र उपाध्यक्ष रेखा राईले कार्यक्रम सञ्चालन गरेकि थिईन ।