मुग्लानी खबर असोज २७
अर्जुन घिमिरे
घरमा पाहुना आउदा हतार हतार फाटेकाे गुन्द्रि र बिछ्याैना नयाँ तन्नाले ढाक्ने र सकेसम्म राम्रै देखाउन प्रयास गर्ने हामी प्राय नेपाली काे औकात नै त्यहि हाे । मैले यसाे भनिरहँदा आफुसँग जे छ त्यहि देखाउने हाे सत्य देखाउन के लाज भन्ने तर्क पनि बिद्वान मित्रहरुबाट नआऊला भन्न सकिन्न । म तिनै बिद्वान मित्रहरुलाई प्रतिप्रश्न गर्छु घर बस्दा लगाउने लत्ताकपडा लगाएरै पर्व मेला वा बिवाह व्रत अझ भनाैँ पाहुना हुन किन जानुहुन्न ?? आखिर आफुसँग जे छ त्यहि देखाउन के लाज ?
लामाे समयदेखिकाे ढुङ्गे युग बाईसे चाैबिसे राज्य , जहाँनिया राणा शासन, पन्चायति ब्यवस्था , राजतन्त्र , जातिय, लैङ्गिक विभेद , सामाजिक असमानता , राजनितिक अस्थिरता, अस्तब्यस्तता, अपारदर्शिता लगायत अनगिन्ति अफ्ठ्याराहरु पार गर्दै आजकाे दिनसम्म आईपुग्दा सम्म हामी नेपाली जनता र नेपाल देश समृद्द र सभ्य भईनसकेकाे अवस्था जगजाहेर छ । अझै पनि समृद्द नेपाल , सम्पन्न र सुखि नेपालीकाे सपना तपाईं हामिले देखेका छाैँ । यसक्रममा अगाडि बढ्दै गर्दा सम्पन्नता तर्फ उन्मुख हुने काउकुति लाग्नु बिपन्नता ढाकेर सम्पन्नता सभ्यता सुसज्जित देखाउने प्रयास गर्नु भनेकाे पनि सम्पन्नता तर्फ सभ्यता तर्फ सुन्दरता तर्फ उन्मुख हुनु हाे ।
आज पाहुना आँउदा फाटेकाे गुन्द्रि सिरक हतारहतार ढाक्नेले भाेली कहिल्यै पनि पाहुना आउन सक्छ भनेर पहिल्यै आफ्नाे क्षमताले भ्याए सम्म तन्ना हरु फेर्छ , गुन्द्रि नयाँ किन्छ , सरसफाई गर्छ , सके भित्ताहरुमा रङराेगन गर्छ नसके अखबार टाँसेरै भए पनि सजाउछ । के तपाई यसाे गर्नुहुन्न ??
एवम् रितले ,
आशा गराैँ सरकारले पनि अहिले हतारमै कृत्रिम रुख कृत्रिम सजावट र सुन्दरता बनाए पनि आगामि दिनमा यसलाई सुधार गर्दै लैजानेछ । यदि यसाे भएन भने हामी खबरदारि गराैँ ! सरकारले बनाएकाे भत्काउनु भन्दा हामिले पनि प्रयास गराैँ । हाम्राे घर , टाेल छिमेक ,वडा , गा पा , न पा , जिल्ला बाट सरकारकाे कृत्रिम र अस्थायि सजावट काे बिराेधमा प्राकृतिक र दिर्घकालिन सजावटमा लागेर देखाईदीऊँ सरकारलाई उदाहरण दिउँ, चुनाैति दिउँ , प्रतिप्रश्न गराैँ , हामि जनतले गरेर देखायाैँ सरकारले किन सकेन ।
हाेईन भने सरकारले लाज ढाक्नकै लागी तपाईं हाम्राे नेपाल आमालाई लगाईदिएकाे कृत्रिम गहना उतारिदिएर, च्यातिदिएर कुरुप गराउने र सरकारले कृत्रिम सारिकाे रुपमा लगाईदिएकाे तन्ना सरकारकाे बिराेध गर्दै (स)अचेत नागरिक भुमिका निभाउदै च्यातिदिदाँ तपाईं हाम्रि नेपाल आमाकाे लाज त देखिएन ????