मुग्लानी खबर असोज २५
स्याङ्जा सहयोग समाज कतारको आयोजनामा सुभकामनाको एवं भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली चाडबाडहरु बिजया दशमि,दिवापली र छठ पर्वको सुभ अवसर पारेर हिजो कतारको सनैया स्थित नेपाली रेस्टुरेन्ट लाली गुराँसमा स्याङ्जावासि एवं गैर स्याङ्जावासिहरुको भब्य उपस्थितिमा कार्यक्रम सम्पन्न भएकाे हो ।
संस्थाका अध्यक्ष अजमत अलिको सभापतित्व र समाजका सस्थापक सदस्य तथा पुर्व अध्यक्ष
गुरु नारायण रानाभाटको प्रमुख आथित्यमा संचालन भएको कार्यक्रममा पुर्व अध्यक्ष वर्तमान सल्लाहकार टुकराज अर्याल , विभिन्न इकाइका अध्यक्ष समाजका विशेष सल्लाहकार, सल्लाहकार तथा समाज सेवि ब्याक्तित्व हरु लगायत पत्रकार कलाकारहरुको बाक्लो उपस्तिथि रहेको थियो ।
दिप प्रज्वलन एवम रास्ट्रिय गान बाट सुरुवात गरिएको औपचारिक कार्यक्रममा उपस्थित सम्पुर्णमा सस्थाका प्रथम उपाध्यक्ष घनश्याम जैसिले स्वागत मन्तव्य बाट स्वागत गरे भने स्याङ्जालि चेली टौमाया गुरुङले उत्कृष्ट स्वागत नृत्य प्रस्तुत गरिन् ।
कार्यक्रममा सुभकामना मन्तव्य राख्ने बक्ताहरु चोला कान्त बिक,पुस्पलाल , टुकराज अर्याल, टौमया गुरुङ, अर्जुन घिमिरे,गुरु नारायण रानाभाट लगायतले बोल्दै प्रवासमा रहेर पनि छुट्टीको सदुपयोग गर्दै जिल्ला बासीहरु बीच महान चाड बाड मनाउनु, सुभकामना आदानप्रदान गर्नु अत्यन्तै सकारात्मक कार्य भएको बताए ।
दसैं तिहार छठले सम्पुर्ण नेपाली हरुको घर आगनमा खुशीयाली ल्याउदै, एक आपसमा भाइचाराको सम्बन्ध अझै बलियो होस भन्ने कामना गर्दै सुभकामना ब्यक्त गरे ।
कार्यक्रममा सुभकामना आदानप्रदान संगसघै सास्कृतिक कार्यक्रम पनि आयोजना गरिएको थियो जस्मा नेपाल बाट आएकी रास्ट्रिय कलाकार तथा लोकदोहोरी प्रस्तिस्ठान उपत्यका समन्वय परिषदमा आबद्द लोकदोहोरी गायिका तथा मीठो स्वरकि धनी बबिता माझीले औंठि बेरुवाको लगायतका गीतमा गित गाउँदा उपस्थित दर्शकलाई भरपुर्ण मनोरञ्जन दिइन भने कार्यक्रम संचालक शिवराम ढकाल सङ्गकाे दोहोरीले कार्यक्रमको झनै राैनक थप्यो । तेस्तै आयुस केसि,प्रेम गुरुङ,इमान सिङ ठकुरी लगायतका कलाकारले पनि आफ्नो प्रस्तुती पस्के ।
कार्यक्रममा सस्थालाई विभिन्न समयमा सहयोग गर्ने समाजका सल्लाहकार भेषराज पराजुली ,चिरञ्जिवि ढकाल, याम प्रसाद श्रेष्ठ साथै स्याङ्जालि कलाकार बबिता माझिलाई दोसल्ला र सम्मान पत्रका साथ सम्मान गरिएको थियो ।
अन्त्यमा सभापति अजमत अलिले बोल्दै
प्रवाशमा रहेर पनि जिल्लाबासि बिचकाे सद्भाव अात्मियता कायम राख्ने हेतुले दशै विशेष भेटघाट तथा शुभकामना अादानप्रदान राखेको बताउदै कार्यक्रममा उपस्थित साथै आर्थिक नैतिक र भौतिक रुपमा सहयोग गर्ने सम्पूर्णमा आभार ब्यक्त गर्दै देश बिदेशमा बस्ने सम्पुर्ण नेपालीहरुलाई चाडबाडको सुभकामना दिए ।
उक्त कार्यक्रम समाजका महासचिव शिवराम ढकालले कुसलता पुर्वक संचालन गरेका थिए ।
" स्याङ्जा सहयोग समाजको चाहाना" बिसुद्द सामाजिक भावनाको कामना भन्ने मुल नारालाई लिएर सन २००५ मा स्थापना भएको समाजले कतारमा स्थापनाकाल देखीनै जिल्ला बासीमा मात्र सिमित नभइ सम्पुर्ण नेपाली हरुको लागी सामाजिक,आर्थिक तथा नैतिक पक्षमा काम गर्दै आइरहेको छ ।