मुग्लानी खबर-२५ असोज
नेपाल प्रहरीको ६४ औ दिवस २०७६ देशैभरी भब्यताका साथ सम्पन्न भएको छ।
६४ औ दिवस २०७६ को शुभ अवसरमा नेपाल प्रहरीले विभिन्न ब्यक्तिहरुलाई सम्मान समेत गरेको छ।जसनुसार:
चौसाठीऔँ प्रहरी दिवस २०७६ को अवसरमा शुक्रबार धुलिखेलमा आयोजित कार्यक्रममा जिल्लामा शान्ति सुरक्षा कायम राख्न अपराध नियन्त्रण तथा रोकथाम गर्न उल्लेखनीय योगदान पु¥याएको भन्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकमा कार्यरत प्रहरी हवलदार रिता लामा तामाङलाई सम्मान गर्दै संघीय प्रहरी एकाइ बागमतीका प्रमुख भोजजंग शाह ।
इलाका प्रहरी कार्यालय बनेपाको भवन निर्माण गर्न जग्गा प्रदान गर्ने बनेपा नगरपालिका प्रमुख लक्ष्मीनरसिंह बादे श्रेष्ठलाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका प्रहरी प्रमुख प्रहरी उपरीक्षक जयराज सापकोटा ।
राजविराजमा आयोजित कार्यक्रममा अमर प्रहरी स्मारकमा फूलमालको गुच्छा चढाउँदै प्रहरी ।
६४ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमको प्रारम्भमा प्रदेश नं. १ का मुख्यमन्त्री शेरधन राईले अमर प्रहरी स्•मारकमा मल्यार्पण गर्दै ।
प्रदेश नं.१ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा शुक्रबार यहाँ ६४ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मतकुमार कार्कीले सम्बोधन गर्दैै ।
प्रदेश नं.१ प्रदेश प्रहरी कार्यालय विराटनगर रानीद्वारा शुक्रबार यहाँ ६४ औँ प्रहरी दिवसको अवसरमा आयोजित कार्यक्रमलाई मुख्यमन्त्री शेरधन राईले सम्बोधन गर्दै ।
जिल्लामा शान्तिसुरक्षा कायम राख्न अपराध नियन्त्रण तथा रोकथाम गर्न उल्लेखनिय योगदान पुरयाएको भन्दै ईलाका प्रहरी कार्यालय मंलगलटारमा कार्यरत प्रहरी निरीक्षक धर्मजंग थिङलाई सम्मान गर्दै संघीय प्रहरी एकाइका प्रमुख भोजजंग शाह ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा सगरमाथा बेस क्याम्पसम्म साइकल यात्रा गरेका रञ्जित साहलाई सम्मान गर्दै ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतद्वारा जनकपुरका समाजसेवी पवन सिंघानियालाई सम्मान गर्दै ।
प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत द्व्वारा कलेजका संस्थापक वीरेन्द्र साहलाई सम्मान गर्दै ।
शहीद परिवारका सदस्यलाई सम्मान गर्दै जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक दिनेश आर्चाय ।