मुग्लानी खबर- १८ असोज
राष्ट्रिय प्रजातन्त्र पार्टी काठमान्डौ जिल्ला कार्यसमितिको आयोजनामा नवदुर्गा पार्टी प्यालेस सुखेधारामा नेपालीहरुको महान पर्व बडादशै तथा दिपावली,नेपाल सम्बत तथा छठ पर्बको सुखद अवसरमा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम सम्पन्न गरेको छ।
राप्रपा प्रदेश नम्बर ३ काठमाडौं कमिटीका अध्यक्ष नवराज सिंखडाको सभापतित्व तथा केन्द्रिय अध्यक्ष कमल थापाको प्रमुख आतिथ्यमा भएको थियो।त्यसैगरी उपस्थित ब्यक्तित्व हरुमा राप्रपा बरिस्ठ उपाध्यक्ष बुद्धिमान तामाङ, बिक्रम बहादुर थापा, प्रशुराम तामाङ, राधा कृष्ण श्रेष्ठ ,भुवन पाठक , सिर्जना बर्मा, प्रकाश रिमाल लगायत विभिन्न राजनितीक प्रतिनिधिहरु,समाजसेवी,बुद्धीजिबि लगाएत नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्थिति रहेको थियो।
नेपालीहरुको सुख शान्ति समृद्धिको कामना तथा नेपाली- नेपाली बिचको भाईचारा सम्बन्ध प्रगाढ गराउने नेपालीहरुको महान पर्व बडादशै तथा दिपावली जस्ता मौलिक पर्बहरुको उपलक्ष्यमा भएको शुभकामना आदानप्रदान कार्यक्रममा शुभकामना मन्तब्य दिनेहरुमा राधा कृष्ण श्रेष्ठ ,सिर्जना बर्मा ,
प्रकाश रिमाल ,भुवन पाठक ,राजु लगाएतका ब्यक्तित्वहरु रहेका थिए।
सुभकामना मन्तब्य राख्ने क्रममा बिक्रम बहादुर थापाले बिस्वभर छरिएर रहनु भएका सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सुख शान्ती समृद्धिको शुभकामना ब्यक्त गरेका थिए।
त्यसै गरि पुर्ब गृहमन्त्री तथा वरिष्ठ पार्टी उपाध्यक्ष बुद्धिमान तामाङले आफू बौद्ध धर्मालम्बी भएपनी हरेक मर्दा पर्दा बौद्ध धर्म शास्त्र अनुसार कर्मकाण्ड गरेतापनी नेपालमा हिन्दुराष्ट्र हुनुपर्नेमा जोड दिदै सम्पुर्ण नेपालीहरुप्रती शुभकामना ब्यक्त गरेका थिए।कार्यक्रममा विभिन्न नेताहरुले आफ्नो अभिव्यक्ति राख्दै कुनै पनि पार्टी तथा दलको मान्छेले नेपालका मन्दिरहरुको दर्शन गर्छ भन्दै प्रश्न गरेका थिए? गरेको छ भने मात्र राप्रपाले गर्छ र गर्दै आएको समेत अबगत गराएका थिए
आफ्नै विभिन्न नेताहरुले भर्खरै मात्र बलात्कार जस्तो आरोप लागेका नेकपाका सभामुख कृष्ण बहादुर महरालाई सरकारले कानुनी दायरामा नल्याई राजिनामाको भरमा मुक्ति दिएको समेत बताएका थिए।
कार्यक्रमका प्रमुख अतिथी तथा राप्रपा केन्द्रिय अध्यक्ष कमल थापाले पछिल्लो समय पार्टीका विभिन्न गतिबिधी लगाएत नेपालको राजनितिमा भएका उतारचढाव, आरोपप्रत्यारोप, सरकारले गरेका विभिन्न कार्यहरु जनताप्रतिको उत्तरदायित्व जस्ता कुराहरुलाई अबगत गराउदै आउदै गरेको बडा दशै तथा दिपावलीको सुखद उपलक्ष्यमा सम्पुर्ण नेपालीहरुलाई शुभकामना ब्यक्त गरेका थिए।स्वागत मन्तव्य भने प्रदेश न ३ महिला प्रमुख नानु नगरकोटी लामाले गरेकी थिईन।