कमल तामाङ,दोह,कतार
१६,अगष्ट,२०१६ ,राम चन्द्र तिमल्सिना बचाउ अभियानमा कमान सिं लामा र CDC Construction Development कम्पनिका नेपाली साथीहरुबाट नगद रु.१,१०,०२१ सहयोग गरिएको जानकारी प्राप्त भएको छ।
कभ्रे जिल्ला कुशा देवी वाड न.९ का राम चन्द्र तिमल्सिना विगत १५ महिना देखी साउदी अरबको हायल जेल मा कैद रहेको छ । १५ महिना पहिले आफुले चलाएको सवारी दुर्घटनामा परी पाकिस्तानी नगरिकको मृत्यु भएको आरोपमा उनलाई जेलमा कैद गरिएको थियो ।
साउदी अरबको अदालतले उनलाई केहिदिन अगि जन्मकैद सुनुवाई गरे पनि त्यहाँको कानुनी प्रवधान अनुसार ब्लड मनी स्वरुप साउदी रियल ३ लाख ( लगबग ९० लाख नेपाली रुपैया) मृतकको परिवरलाई बुझाएमा जेलबाट रिहा हुन सकिने भएपछी कुशदेवी पुगेका इन्द्रेणी कार्यक्रमका समुहले इन्द्रेणी कार्यक्रम मार्फत यो कुरा खुले लगतै,फेसबुक तथा अन्न्य सन्चार माध्यम बाट आउन थाले पछी सन्सार भरिका नेपालीहरुले र विभिन्न सङघ सस्थाहरुले राम चन्द्र बचाउ अभियान चलाएका हुन ।
सोही अनुरुप राम चन्द्र तिमल्सिना बचाउ अभियान विविन्न सन्चार माध्यमहरु बाट आए लगतै सेवा नै धर्मा हो र आपत बिपतमा परेकाहरुलाई सहयोग गर्नु मानव जातिको कर्तव्य हो भन्ने कुरालाई मनन गर्दै कतारको CDC Construction Development कम्पनिमा कार्यरत कमान सिं लामा ,मिलन,प्रकाश,धन,बिनोद,निमा,गजेन्द्र,दुर्ग,मिन कुमार,राजेन्द्र घिसिङ साथिहरुले पनि (३७७० कतरी रियल) नगत रु.१,१०,०२१ राम चन्द्र तिमल्सिनाकी श्रीमती सरीता तिमल्सिनाको नाममा नेपाल पठाई सहयोग गरेको जानकारी कमान सिं लामाले दिनु भएको छ । www.tamangsamajqatar.com