मुग्लानी खबर डट कम
अर्जुन घिमिरे दाेहा 18फेब्रुवरि 2017
"स्याङ्जा सहयाेग समाजकाे चाहना बिशुद्द सामाजिक सेवाकाे भावना" भन्ने मुल नाराका साथ बैदेशिक राेजगारिकाे शिलशिलामा कतार आएका सम्पुर्ण स्याङ्जालि हरु लाई एकीकृत गर्दै स्वदेश तथा बिदेशमा स्याङ्जाली तथा समग्र नेपालीहरु माथि आउनसक्ने समस्याहरु मा हातेमालाे गरि समाधानकाे पहल गर्न गराउन साथै भाईचारा स्थायित्व गराउनका निमित्त सन् 2005 मा स्थापित समाजले आगामि छैटाैँ अधिबेशनकाे तयारि का लागि विशेष भेला तथा छलफल कार्यक्रम १७/०२/२०१७ शुक्रबार दाेहा स्थित अलसफिर रेष्टुरेन्टमा उल्लेख्य उपस्थितिका बिच समाजकाे गत कार्यकालकाे कार्यप्रगती बिबरण साथै आर्थिक प्रतिबदन पारित गराउदै सुसम्पन्न गरेकाे छ ।
समाजले स्वदेश तथा बिदेशमा बिबिध बिधाहरुमा गरेका सामाजिक कार्यहरु, सँगठन बिस्तार , साँगठनिक कृयाकलापहरु लगायत का समग्र बिषयबस्तुहरु समेटिएकाे कार्यकालकाे प्रगति प्रतिबेदन समाजका केन्द्रिय सदस्य उत्तम भट्टराईले प्रस्तुत गरेका थिए । जसलाइ भेलाले सर्वसम्मतिले पारित गरेकाे थियाे । त्यसैगरि समाजका काेषाध्यक्ष खड्क नेपालीले समाजकाे कार्यकालकाे पुर्ण आर्थिक प्रतिबेदन प्रस्तुत गरेका थिए जसमा सहयाेग, लेबि, लगायत विभिन्न बिधामा सँकलित कुल रकम कतारि रियाल 1,10,907 रहेकाे र विभिन्न बिधाहरुमा 99,084 रियाल खर्च भएकाे र सँस्थामा बक्याैता 11,823 रहेकाे प्रतिबेदन लाई सर्बसम्मतिले पारित गरिएकाे थियाे ।
साेहि कार्यक्रम मै मृगाैला पिडित स्याङजा किचानास ७ का तुलसिराम पाेख्रेलका छाेरा डाेलराज पाेख्रेल काे सिघ्र स्वास्थ्य लाभकाे कामना गर्दै सँकलित रकम कतारि रियाल 836 सम्बन्धित ब्यक्ति सम्म पुर्याउनका लागि ध्रुब पाेख्रेललाई हस्तान्तरण गरिएकाे थियाे ।
कार्यक्रममा बक्ताहरु कमलराज रेग्मिले देख्दा र सुनिदा तित्तता देखिएपनि त्याे तित्तता नै अन्तत मिठासमा परिणत हुने बताउदै हामी जहाँ जसरि रहेतापनि एकता काे सुत्रमा बाँधिनुपर्ने बताउनु भयाे , अर्का बक्ता भेषराज पराजुली ले समाजले कतारमा उल्लेख्य कार्यहरु गरेकाे र यसलाई निरन्तरता दिन हरेक गल्तिहरुबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताउनुभयाे । अर्का बक्ता टुकराज अर्यालले समाजकाे प्रगति बिबरण हरु हेर्दा र सुन्दा कार्यकाल सफल रहेकाे र आगामि नेतृत्व अझ बढि मेहेनतका साथ अग्रगमन तर्फ समाजलाई लैजान सक्ने नेतृत्व सर्बसहमतिमा चयन गर्न सुझाउनुभयाे ।
अर्का बक्ता बिल गुरुङले प्रस्तुत गरिएकाे प्रगति बिबरण उत्साहजन रहेकाे र समाज ले अझै मजबुतिका साथ अगाडि बढेर हरेक स्याङ्जाली हरु सम्म पुग्ने प्रयत्न गर्दै एकढिक्का भएर अगाडि बढ्नुपर्ने बताउनु भयाे ।
कार्यक्रमका प्रमुख अतिथि गुरुनारायण रानाभाट ले समाज स्थापना कालदेखि नै कतारकै अब्बल समाजका रुपमा रहेकाे र यसलाई निरन्तरता दिनका लागि नेतृत्व पँत्ति देखि साधारण सदस्य सम्मले समाजप्रति उत्तरदायी रहदै अगाडि बढ्नु पर्ने बताउनु भयाे । काम गर्दै जादा सानातिना कमिकमजाेरि हुने त्यसबाट पाठ सिक्दै अगाडि बढ्नुपर्ने बताउदै समाजकाे चाैथाे बिधान सँसाेधन प्रस्ताब प्रस्तुत गर्नुभएकाे थियाे । जसमध्ये पहिलाे प्रस्ताब समाजकाे नाममा रहेकाे दाेहा लाई कतार बनाईने प्रस्ताब सर्बसहमतिले पारित भएकाे थियाे ।
कार्यक्रम समाजका अध्यक्ष गाेप सुनारकाे सभापतित्व , सल्लाहकार गुरुनारायण रानाभाट काे प्रमुख आतिथ्यता साथै समाजका सल्लाहकारहरु क्रमश टुकराज अर्याल , भेषराज पराजुली, याम केशी, बिल गुरुङ, कमलराज रेग्मी, रत्नाखर ढकाल काे विशेष आतिथ्यता साथै अर्जुन चाैपारी , बिचारि चाैतारा, थुम पाेखरा, चापाकाेट, क्याक्मी, मग्याम चिसापानी, कालिकाकाेट लगायत ईकाइ प्रमुखहरुकाे आतिथ्यता रहेकाे थियाे । समाजका प्रथम उपाध्यक्ष धनन्जय लम्सालले स्वागत मन्तब्य राखेकाे कार्यक्रमकाे सँचालन समाजका केन्द्रिय सदस्य अर्जुन बि.क घिमिरे ले गरेका थिए ।
अन्तमा सभापति गाेप सुनार ले कार्यकाल मा गरिएका हरेक कार्य तथा कार्यक्रम हरुमा आर्थिक नैतिक भाैतिक लगायत हरेक तवरले सहयाेग गरि कार्यक्रम साथै कार्यकाल सफल पार्न महत्वपुर्ण भुमिका निर्वाह गर्नुभएकाे स्मरण गर्दै अग्रजहरु, सल्लाहकारहरु, कार्यसमिति सदस्यहरु, ईकाईहरु, साधारण सदस्य देखि देश बिदेशमा रहनुहुने समग्र स्याङ्जाली हरु सम्पुर्ण प्रति आभार तथा धन्याबाद ज्ञापन गर्दै कार्यकाल सफल हुनुकाे श्रेय सबैकाे रहेकाे बताउदै कार्यक्रम समापन गर्नुभएकाे थियाे ।