मुग्लानी खबर डट कम
सन्तोष कुवर-18-फेब्रुअरी 2017
"
नेपाली महिला समाजको चाहना,एकता र सहयोगको बिशुद्ध सामाजिक भावाना" को मुल नारा बोकेको नेपाली महिला दिदिबहिनीहरुको एक मात्र साझा सस्था नेपाली महिला समाज कतारको दोस्रो अधिबेशन कतारको सनैया स्थित रोटाना रेस्टुरेन्टमा सफलताका साथ सम्पन्न भएको छ।
नेपाली महिला समाज कतारकी अध्यक्ष श्रीमती रेखा राइको सभापतित्वमा सन्चालन भएको उक्त कार्यक्रमको प्रमुख अतिथी गैर आवासीय नेपाली संघ रास्ट्रीय समन्वय समितिका अध्यक्ष श्री बिनेश तामाङ हुनुहुन्थ्यो भने विशेष अतिथीमा सन्ध्या ग्रुप दोहा कतारका अध्यक्ष बिरेन्द्र कु. याक्थुङ्बा,नेपाली जनसम्पर्क समिति कतारका सदस्य अबुर अली, प्रवाशी नेपाली मञ्च कतारका अध्यक्ष राम हरि गैरे, नेपाली जन प्रगतीशिल मञ्च कतारका मोहन केसी, कतार नेपाली एकता समाजका धन ब.परियार,पत्रकार तिल बिक्रम थेवे, समाज सेवि कमल मणि गुँरागाई, अन्तराष्द्रिय नेपाली साहित्य समाज कतार च्याप्टरका उपाध्यक्ष प्रेम प्रकाश भट्टराई, संघिय लिम्वुवान सामाजिक मञ्चका देउकुमार नेम्वाङ, गुरुङ समाज बाट महिला प्रतिनिधि टौमाया गुरुङ ,समाज सेवी चानक पोखेरेल, मोरङ सुनसरी सेवा समाजका चिरन्जीवी तिमिल्सिना, महिला व्यवसायी अम्बिका खत्री, धिरज राई, मुस्लिम सेवा समाजका अब्दुल हसिम,मगर समाज कतारकी कलाकार संयोजक गायित्री थापा मगर लगाएतका अन्य नेपाली संघ सस्थाबाट उपस्थित अतिथिहरुले सस्थाको प्रसंशा गर्दै सुभकामना पनि दिनुभएको थियो।
नेपाली महिला समाज कतारकी महासचिब जानुका बस्नेतद्वारा संचालन गरिएको कार्यक्रमलाई सभापति प्रमुख अतिथी र विशेष अतिथिहरुबाट दीप प्रज्वलन र ब्यानर उद्घाटन गर्दै रास्ट्र सम्मान स्वरुप रास्ट्रीय गीत गाएर कार्यक्रम औपचारिक रुपमा अगाडी बढाएकी थिइन र स्वागत मन्तब्य सस्थाकै उपाध्यक्ष अमिना खानले दिएकी थिईन।विभिन्न महिलाहरुका हक हितको लागि सहादत प्राप्त गर्नुभएका ज्ञात अज्ञात महिला सहिदहरुको सम्झनामा मौनधारणा पनि गरिएको थियो।
सस्थाको बार्षीक गतिविधि र प्रतिबेदन सस्थाकी महासचिब जानुका बस्नेत र आर्थिक प्रतिबेदन चुस्त दुरुस्त रुपमा कोषाध्यक्ष श्रीमती सुस्मिता भुसालले प्रस्तुत गर्नुभएको थियो।पहिलो पटक महिला समाज कतारलाई सहयोग पुर्याउनुहुने करीब ८० ओटा जति संस्था सहित जम्मा १०२ जना ब्यक्तित्वहरुलाई कदर सम्मान गरिएको थियो साथै समाजसेबी डम्बर मिसेक लाई भने दोसल्ला ओढाई सम्मान गरिएको थियो।
विभिन्न संघसस्था बाट नेपाली महिला समाज कतारलाई धेरै सहयोग मिलेको जानकारी गराउदै कार्यक्रमकी सभापति सस्थाकी अध्यक्ष श्रीमती रेखा राइले आफ्नो मन्तब्यको क्रममा उठेको सवालहरुको जबाफ कडा तरिकाले दिदै स्टेजमा आएर भाषण गर्दा महिला दिदिबहिनिहरुलाई समेट्न सक्नु भएन भन्नुहुन्छ, तर आफ्नै दिदि,बहिनि श्रीमती लाई त्यो कार्यक्रममा जानुहुन्न भनी घरबाट निस्कन दिनुहुन्न भन्दै आक्रोश पोख्नुभएको थियो। अन्त्यमा सभापति राइले स्थापना देखि हालसम्म सहयोग गर्ने सबैलाई सधन्यबाद प्रकट गर्दै आगमी नया कार्यसमितिलाई आफ्नो पुर्ण सहयोग हुने प्रतिबद्धता जाहेर गरी कार्यकाल सफलाताको सुभकामना दिदै प्रथम चरणको कार्यक्रम समापन भएको घोषणा गर्नुभएको थियो।
दोश्रो चरणको कार्यक्रममा निर्बाचन समिति तिर्थ सङ्गम राइको संयोजकत्वमा बिरेन्द्र कु.याक्थुङ्बा,तिलबिक्रम थेबे,कमल मणी गुरागाई र डम्बर लिवाङ मिसेक गरि पाच सदस्यीय टोली गठन गरिएको थियो।उक्त टोलीले अत्यन्तै नयाँ र समाबेशी रुपमा रहेर कतारका विभिन्न क्षेत्रमा कार्यरत श्रमिक गृहिणी र ब्यबसायिकरुपमा रहनुभएका सबै महिला दिदिबहिनिहरुबाट सर्बसम्मत रुपमा नया कार्यसमिती गठन गरिएको थियो।
नबगठित कार्यसमितिमा सुस्मिता भुसालको अध्यक्षतामा पन्ध्र सदस्यीय कार्यसमितिको गठन गरिएको छ। जसअनुसार अध्यक्ष - सुस्मिता भुसाल, प्र.उपाध्यक्ष-अमिना खान, दि.उपाध्यक्ष-जानुका बस्नेत खड्का, महासचिव-अम्विका खत्रि,सचिव-ईस्वरा थापा मगर,कोषाध्यक्ष-मिना गैरे,सह कोषाध्यक्ष-हिलारि तामाङ राई, सदस्यहरुमा-जानुका मगर,वाईदा खातुन,सिता राई,अनु राई,बबिता तुम्बाफे नेम्बाङ र सर्मिला भन्डारी,सानू थापा र सर्मिला जोसी रहेका छन।
नेपाली महिला समाज कतारको दोश्रो अधिवेशनको खुल्ला सत्र कार्यक्रमको अनात्यमा अध्यक्ष
रेखा राई ज्युले आफ्नो बिचार राख्नु हुँदै |
https://www.youtube.com/watch?v=zXegH_6fQTs