मुग्लानी खबर असोज ७
सिंगापुरमा आयोजना हुने टी २० त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली भोलि सिंगापुर जाँदैछ।
टेस्ट राष्ट्र जिम्बाबे, आयोजक सिंगापुर र नेपालबीच हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली टोली सिंगापुर जान लागेको हो। नेपाली क्रिकेट टिमका म्यानेजर रमन शिवाकोटीका अनुसार नेपाली टोली सिल्क एयरको फ्लाइटबाट सवा १० बजे सिंगापुर जानेछ।
त्रिणोणात्मक सिरिजका लागि असोज २ गते नेपाली टोलीको घोषणा गरिएको थियो। यसपटक खेलाडीहरु उपकप्तान ज्ञानेन्द्र मल्ल, शरद भेषवाकर, बसन्त रेग्मी जस्ता नियमित खेलाडीहरु टिममा छैनन्। त्यस्तै, नेपाली टोलीको उपकप्तानमा दीपेन्द्र सिंह ऐरी छन्।
नेपाली टिममा दुई नयाँ अनुहारहरु रहेका छन्, जसमा इशान पाण्डे र कुशल मल्ल रहेका छन्।
नेपालले सिंगापुरमा आयोजकसँगै टेस्ट राष्ट्र जिम्बाबेसँग त्रिकोणात्मक टी २० सिरिज खेल्ने छ। नेपालले असोज १० गते जिम्बावेसँग खेल्ने छ। त्यस्तै, आयोजक सिंगापुरसँग ११ गते प्रतिस्पर्धा गर्ने छ। त्यस्तै १४ गते जिम्बावे र १५ गते सिंगापुरसँग खेल्ने छ।
नेपाली टिम
पारस खड्का (कप्तान), दीपेन्द्र सिंह ऐरी (उपकप्तान), इशान पाण्डे, कुशल मल्ल, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, ललितनारायण राजवंशी, आरिफ शेख, सन्दीप जोरा, विनोद भण्डारी, रोहितकुमार पौडेल, सुशन भारी, पवन सर्राफ र अभिनाश बोहोरा