मुग्लानी खबर डट कम 12 फेब्रुअरी 2017
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च,संघीय लिम्बुवान मञ्च नेपाल अन्तर्गतको प्रवास कार्यसमिति `संघीय लिम्बुवान सामाजिक मञ्च´कतारका केन्द्रिय अध्यक्ष नरेन्द्र एभेङ्ग को अध्यक्षतामा भर्खरै समापन भएको दोश्रो अधिबेशनको समिक्षा तथा संगठनको पहिलो केन्द्रिय बैठक यही 10 फेब्रुअरी 2017 शुक्रबारका दिन दोहा स्थित रोटना रेस्टुरेन्टमा भब्यताका साथ सम्पन्न भएको छ । सस्थाका केन्द्रिय महासचिब डम्बर लिवाङ मिसेक द्वारा सन्चालन गरिएको उक्त कार्यक्रम समिक्षा तथा केन्द्रिय पहिलो बैठकमा सन्ध्या ग्रुप दोहा कतारका अध्यक्ष बिरेन्द्र कु.याक्थुङ्बा(सुबाश),संघीय लिम्बुवान सामाजिक मन्च कतारका बरिस्ठ उपाध्यक्ष तिलबिक्रम थेबे,उपाध्यक्ष रेखा राई,उपाध्यक्ष किरण लिङ्देन, उपाध्यक्ष चन्द्र आङ्देम्बे,उपाध्यक्ष सागर तुम्बाम्फे, उपाध्यक्ष युबराज बेघा ,महासचिव डम्बर लिबाङ मिसेक,उपमहासचिव सुमन सहयात्री योङहाङ,प्रवक्ता तथा सचीव प्रेम हुक्पा चोङ्बाङ,अर्थसचिव कुमार सिं योङहाङ ,के.सहरु.नगेन पाक्सावा ,तेज थेबे , मेघराज इजम,मिथुन सिगु,नेत्र केरुङ,होम फियाक,सन्जय फियाक पुर्ण,राज सिसाम लिम्बू,डिकेन लिम्बू मानबहादुर पाहिम,हर्क खजुम, बिस्णु ताम्लिङ लगायतको बाक्लो उपस्थिति रहेको थियो।
यो दोस्रो अधिबेशन एतिहासीक रुपमा सभ्य र भव्य सम्पन्न भएको समिक्षा तथा पहिलो केन्द्रिय बैठकमा उपस्थित सम्पुर्ण पदाधिकारीहरूले बताउनुभएको थियो ।संगठनलाई सुदृढीकरण गरेर अझ थप उचाइमा पुर्यािउनका लागि सबैका सकारात्मक सुझाबको पनि उत्तिकै आवस्यक्ता रहेको संगठनका प्रमुख सल्लाहकार देउकुमार नेम्बाङ,विशेष सल्लाहकार धनप्रसाद सावा र सल्लाहकार श्यामसुहाङ हुक्पा चोङ्बाङ लगायत सल्लाहकारहरुले प्रष्ट पार्नुभएको थियो। संघीयता,पहिचान र अस्तित्वको लागि जुनसुकै देशमा रहेर पनि बुलन्द आवाज उठाउन सकिने र उठाउनुपर्ने आजको आवस्यकता रहेको बताउनुभएको थियो। अधिबेशनको समिक्षा पश्चात् विभिन्न पदहरुको कार्यभार हस्तान्तरण गरिएको थियो । कार्यभार हस्तान्तरण संगै सल्लाहकार समिति पनि मनोनय गरियो।कार्यक्रममा बोल्दै सन्ध्या ग्रुप अलखोर कतारका अध्यक्ष बिरेन्द्र याक्थुङ्बाले नव चयन कार्यसमितिलाई सफल कार्यकालको सुभकामना सहित कार्यक्रमको दोश्रो एतिहासिक अधिबेशनको समिक्षा गरेको थियो भने कार्यक्रको अनत्यमा सभाका अध्यक्ष नरेन्द्र इभेङ्ले आफुलाई सबैको बिश्वास र साथ् भएकोले दोश्रो कार्यकालको जिम्मेवारी फेरीपनी दिएकोमा सबैलाई धन्यबाद दिदै समीक्षामा उठेका कुराहरुलाई आत्मासाथ गर्दै अगी बडने प्रतिबद्यता जनाउदै कार्यक्रम समाप्त गरेका थिए ।