मुग्लानी खबर असोज ४
मिलिजुली एकता परिवार कतारको दोस्रो अधिबेशन भब्य र सभ्य तरिकाले सम्पन्न भएको छ । साथै उक्त अधिबेशन बाट श्याङ्जा जिलाका प्रखर ब्याक्ति अर्जुन घिमिरेको अध्यक्षतामा १९ सदस्यीय कार्यसमिती चयन भएको छ ।
"प्रबासि तथा देशबासिकाे हात मिलिजुली एकता परिवारकाे साथ" भन्ने मुल नारालाई लिएर सन २०१२ मा कतारमा स्थापना भएको सस्थाको दोस्रो अधिबेशन गत शुक्रबार सनैया स्थित ह्वाईट हाउस रेष्टुरेण्टमा सम्पन्न भएको थियो ।
सस्थाका सँयाेजक दिलमान गुरुङकाे सभापतित्वमा सप्पन्न कार्यक्रममा प्रमुख अतिथि सामाजिक, बुद्धिजिवि ब्याक्ती बिल गुरुङ रहेका थिए ।
अन्य विशेष अतिथि हरुमा स्याङ्जा सहयाेग समाज कतार प्रथम उपाध्यक्ष घनश्याम जैसि तमु समाज कतारका महासचिब तेज गुरुङ, दलित एकता सँजाल कतारका अध्यक्ष किरण परियार,भेषराज पराजुली,माया के सि, चाेलाकान्त बि क , टेक ग्रैह्रे, राेषन न्याैपाने लगायतकाे आतिथ्यता रहेकाे थियाे ।
ब्यानर अनावरण, दिप प्रज्वनन पस्चाद सबै उपस्तिथ हरुलाइ गाेबिन गुरुङले स्वागत मन्तब्य बाट स्वागत गरे । तेस्तै सँस्था के हो र किन स्थापना गरियो भन्ने बारेमा परिचय र सँस्थाकाे गतिबिधि बारे ० मेख गुरुङले सबैलाई स्पट बताए ।
कार्यक्रमा बोल्ने बक्ताहरुले मिलिजुलि सस्थाको योजना सुन्दा सबैले प्रशंसाका सब्द सुनाए । मिलिजुलि एकता परिवारले नेपाल देखि कतार सम्म सामाजिक,धार्मिक र साँस्कृतिक कार्यक्रमहरुमा गरेकाे कार्यहरुको सराहना गर्दै आगामी दिनमा अझै ससक्त ढङग्ले अगि बढन्न सुझाव सल्लाह दिदै नयाँ बन्ने कार्य समितिका लाइ प्रगतिको शुभकामना ब्यक्त गरे।
प्रमुख अतिथि गुरुङले बोल्दै सँस्थाकाे आर्थिक सँकलन गर्ने विधि र सहयाेगकाे प्रकृया अनुकरणिय रहेकाे र यसकाे धेरै सँस्थाहरुले सिको गर्दैजानू पर्ने भन्दै नयाँ बन्ने कार्यसमिति लाई बधाई सहित सुभकामना दिए ।
कार्यक्रम लाई मनोरञ्जनात्मक साँस्कृतिक कार्यक्रम बनाउन कलाकार टाैमाया गुरुङकाे स्याङ्जाकि नानि चुलबुले बानि बोल्को गीतमा मनमाेहक नृत्य प्रस्तुत गर्दै दर्सक लाई छ्म छम्ती नचाइन, कलाकार हरु लक्ष्मि सुनुवार,लक्ष्मि गिरि , मुना गिरि, सुमि केसिकाे नृत्य तमु समाज कतारका कलाकार बिश्णु प्र गुरुङ बिर्ख गुरुङ , शरण पुन , टिकराज गुरुङ , लिल गुरुङ , बिश्णु गुरुङ ,पुष्पा गुरुङ, गँगा श्रेष्ठ, पुजा थापा , सुजन राई , शिला गुरुङ र रञ्जना गुरुङकाे सामुहिक नृत्य साँच्चिकै हेर्न लायक थियाे । गुरुङ सँस्कृति झल्किने पाेषाकमा सजिएकाे समुहले नेपालमै कुनै गाउकाे कार्यक्रम हेरिरहेकाे महसुस गरायाे ।
सन्ताेष बराइलीकाे आधुनिक गित निनल गुरुङको सालैज्युले नि सबैलाई नचाउन सफल रहे ।
कार्यक्रममा कलाकार सँयाेजक मदन गुरुङले गरिरहेका थिए भने पहिलो चरणको कार्यक्रम लाई सभापतिले उपस्थितलाइ धन्याबाद दिदै कार्यसमिति बिघटन गरि नया कार्यसमिति गठन गर्न बिल गुरुङकाे सँयाेजकत्वमा भेषराज पराजुली र किरण परियार सदस्य रहने गरि ३ सदस्य निर्बाचन टिम रहेको थियो ।
जस अनुसार अर्जुन घिमिरेकाे नेतृत्वमा पछि 2 जना सदस्य थपिने गरि निम्न सदस्य टिमलाई निर्बाचन टिमले पारित गरेको छ ।
कार्य समितिकाे नाम लिस्ट
अध्यक्ष- अर्जुन घिमिरे
उपाध्यक्ष - गाेबिन गुरुङ,
उपााध्यक्ष- बेल ब गुरुङ
उपाध्यक्ष- साेम गुरुग
महासचिव -मेख राज गुरुङ
सचिब -अशाेक गुरुङ
सह सचिब- रिम ब गुरुङ
काेषाध्यक्ष -ख्याम प्र गुरुङ
सह काेषाध्यक्ष - भिम राज गुरुङ
सह काेषाध्यक्ष -खेम ब हिताङ
सदस्य हरु
कुमार गुरुङ,टाैमाया गुरुङ,तक ब गुरुङ,सुमन बि क,जाेगेन्द्र गुरुङ,राम ब गुरुङ,बल ब गुरुङ,समीर गाेतामे
खर्क गुरुङ रहेका छ्न ।
कार्यक्रमको सहजीकरण भने अर्जुन घिमिरे र ज्ञानु गुरुङले गरेका थिए ।