मुग्लानी खबर- ४ असोज
काभ्रेपलान्चोक सेवा समाज कतारले आफ्नो तेस्रो बार्षिक उत्सव सङै बृहत सास्कृतिक कार्यक्रम गत ३ सेप्टेम्बर २०१९ शुक्रबारका दिन कतारको दोहा स्थित गल्फ होराईजन होटेलको सभाहलमा सम्पन्न गरेको छ।
"प्रबासी काभ्रेली एक हौ कतारमा काभ्रेली कोहि कतै नछुटौ" भन्ने मुलनारा साथ सन २०१६ मा स्थापित काभ्रेपलान्चोक सेवा समाज कतारले आफ्नो तेस्रो बार्षिक उत्सव संगै एउटा पुन्य सामाजिक कार्य एम्बुलेन्स सेवा संचालन सहयोगार्थ बृहत सास्कृतिक कार्यक्रम स्थानिय कलाकार तथा नेपालबाट आमन्त्रित लोक तथा दोहोरी गायिका शृजना हुमागाईका साथ भरपुर मनोरञ्जनका साथ कार्यक्रम गरेको हो।
कार्यक्रमका प्रमुख अतिथी नेपाली राजदुतावास कतारका श्रम सहचारी नगेन्द्र ज्ञवाली्ले बोल्दै श्रम स्वीकृती बिदेशबाट हुने बारेमा दुई पटक सम्मलाई सम्बन्धित दुताबासबाट गर्न सकिने नेपाल सरकारले निर्णय भएको बताएका थिए।तेस्रो पटक देखि नेपालबाट नै श्रम स्वीकृती लिनुपर्ने समेत बताएका थिए।यो सुबिधा कहिले देखि शुरुवात गर्ने भन्ने बिषयमा यसको बृहत तयारी भईरहेपनी पुर्ण रुपमा सुचारु गर्न केही समय लाग्ने समेत बताएका थिए। उनले नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई कार्यक्रम गर्दा कुनै पनि खलल पुग्ने अभद्र व्यबहार नगर्न सबैमा अनुरोध गरेका थिए। काभ्रेपलान्चोक सेवा समाज कतारले एम्बुलेन्स सन्चालन जस्तो पबित्र कार्य सङ्गै तेस्रो बार्षिक उत्सव तथा बृहत् सास्कृतिक कार्यक्रम गरेकोमा धन्यबाद दिदै सफलताको शुभकामना दिएका थिए। एम्बुलेन्स संचालनको ब्यबस्थापनमा ध्यान दिन समेत सुझाव दिएका थिए।
समाजका अध्यक्ष नारायण बिष्टको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरू लगाएत काभ्रेली गैर काभ्रेली बुद्धिजीवी पत्रकार कलाकार लगाएतको बाक्लो उपस्थित रहेको थियो।विभिन्न संविधान कार्यक्रममा शुभकामना दिनेहरुमा एनआरएनए आइसिसी सदस्य केबि हमाल, बिनोद भट्टराई, एनाअरएनए एनसिसि अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान, समाजसेवि सागर नेपाल, प्रदेश नम्बर ३ समन्वय परिषदका अध्यक्ष समीर केसी, काभ्रेपलान्चोक सेवा समाजका प्रमुख सल्लाहकार नन्द प्रसाद ढुंगाना, नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष धिरेन तामाङ लगाएतले शुभकामान मन्तव्य राखेका थिए ।औपचारिक कार्यक्रमको अन्त्यमा सभापति नारायण बिस्टले समाजको निमन्त्रणामा उपस्थित भएर कार्यक्रम सफल बनाउन प्रत्यक्ष अप्रत्यक्ष सहयोग पुर्याउनुहुने ब्यक्तित्वहरु लगाएत एम्बुलेन्स सेवा जस्तो पुन्य कार्यमा हातेमालो गर्नुहुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनी विभिन्न संघ सस्था,बुद्धिजीवी, समाजसेवी, पत्रकार, कलाकार लगाएत सम्पुर्णलाई धन्यवाद दिदै सास्कृतिक कार्यक्रम हेरी भरपुर मनोरञ्जन लिन आग्रह गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।
सास्कृतिक कार्यक्रम अन्तर्गत नेपालबाट आमन्त्रित चर्चित गायीका श्रृजना हुमागाइँले तामाङ सेलो, लोक दोहोरी लगाएत विभिन्न गीतहरु गाएर उपस्थित सम्पुर्णलाई छमछमी नचाईन।त्यसैगरी स्थानिय कलाकारहरुमा रमा तिमिल्सिना, सिर्चन तामाङ, कुमार ओख्रेली, आशा राई, जंगे तामाङ लोप्चन, दिल्पु मोक्तान, मणिराज तामाङ, इन्द्र तामाङ, सुन्तु तामाङ, अस्मिता पाख्रीन तामाङ, श्री पाख्रीन तामाङ, बाबुलाल घिसिङ (आदम), सुबिसा तामाङ लगायतका कलाकारले दमदार प्रस्तुति राखेका थिए।कार्यक्रमका संयोजक रमेश सापकोटाले स्वागत मन्तव्य राख्नुका साथै सहजिकरण प्रथम उपाध्यक्ष सागर अधिकारीले गरेका थिए ।