मुग्लानी खबर असोज ४
अर्घाखाँची सेवा समाज कतारले आफ्नो मातहतमा रहने गरि सहकारी सस्था "
सुनौलो बिहानि बचत तथा सहकारी" को सुभारम्भ गरेको छ ।
वैदेशिक रोजगारीको सिलसिलामा प्रवास कतारमा रहेका जिल्ला वासीहरुलाइ संगठित गर्दै भइपरि आउने समस्याको निराकरण,आर्थिक समस्याको समाधान, आपसी आत्मीयता,सद्भाव कायम राख्न सकियोस् भन्ने हेतुले सहकारी निर्माण गरिएको जनाइएको छ ।
हिजो शुक्रबार कतारको सनैया स्थित रोटना होटलको सभाहलमा भएको कार्यक्रममा अर्घाखाँची जिल्ला बासीहरुको उल्लेखनीय उपस्तिथि रहेको थियो । भने सस्थाका अध्यक्ष टेकराज थापाको सभापतित्व,समाजकै संरक्षक क्रान्ति सिंहको प्रमुख अतिथि थिए ।
तेस्तै विशेष अतिथिहरुमा संस्थाका प्रमुख सल्लाहकार ठाकुर कुमार परियार,सल्लाहकार केदार नाथ भुसाल, राम प्रसाद पराजुली प्रदेश नम्बर पाँच समन्वय समिति कतार अध्यक्ष बुद्ध पान्डे, गुल्मी सेवा समाजका अध्यक्ष झबिन्द्र आचार्य,अभियान रुपन्देही सेवा समाज कतार अध्यक्ष डिल्लीराम भट्टराई ,नवलपरासी सेवा समाज कतारका महासचिव दुर्गा हमाल ,बुद्धभुमी कपिलवस्तु सेवा समाज अध्यक्ष केशव खनाल लगायत थिए ।
अन्य अतिथिहरुमा बागी सेवा समाज कतारका अध्यक्ष कुल बहादुर केसी,संस्थाका पुर्व सहकोषाध्यक्ष सुदिप पान्डे , युवा समाजसेवी बिमल अधिकारी,पुर्व सचिवालय सदस्य कृष्ण शाह, साझा नेटवर्कका प्रधान सम्पादक कुमार अविरल, विभिन्न सामाजिक संघ सस्था जिल्लाका अग्रज ब्याक्तित्व हरु लगायत पत्रकार हरुको पनि उपस्थिति रहेको थियो ।
कार्यक्रममा ब्यानर अनावरण, दिप प्रज्वन पस्चाद रास्ट्रिय गान गाएर सुरुगरिएको कार्यक्रममा सुनौलो बचत तथा ऋण समुह" सहकारी सस्था उट्घाटन गरिएको खुसियालीमा केक काट्दै सम्पुर्णलाई बाडिएको थियो ।
सस्थाका प्रथम उपाध्यक्ष बिष्णु कुवरले उपस्थित सम्पुर्णलाई स्वागत मन्तव्य बाट स्वागत गरे भने कार्यक्रममा बोल्ने बक्ताहरुले अर्घाखाँची सेवा समाज कतारले सुरु गरेको सहकारी लाई सफलताको सुभकामना दिए ।
प्रवासी भुमी कतारमा आएर अर्घाखाँची बासीहरुले जिल्ला र रास्ट्रको लागि धेरैनै योगदान दिएको चर्चा गर्दै सहकारी बाट ब्याक्तिगत लाभदायिक संगै भैपरेको खण्डमा देशलाई पनि आर्थिक लाभ पुराउन सकिने बताए । कतारमा स्थापना भएको सुनौलो बिहानि बचत तथा सहकारी " ले भोलिको दिनमा नेपाल लगायत अन्य देशहरुमा पनि सस्था बिस्तार हुँदै जावस भन्ने कामना गरे ।
कार्यक्रमको बिच बिचमा कलाकार हरु सन्देश राई र दिपेन्द्र सुनारले साङितिक प्रस्तुती पस्किदा निकैनै मनोरञ्जन मिलेको थियो ।
त्येस्तै सस्थालाई स्थापनाकाल देखि माया गर्नुहुने, हरेक कार्यहरुमा साथ सहयोग दिनुहुने आजिवन सदस्य हरुलाइ
आजिवन सदस्यता प्रमाण- प्रत्र बाट सम्मान गरिएको थियो ।
अन्त्यमा सभापती टेकराज थापाले बोल्दै कार्यक्रममा उपस्थित हुने र सहयोग गर्ने प्रति आभार ब्याक्त गर्दै सहकारी सस्था सञ्चालन गर्नाले अर्घाखाँची सेवा समाज कतारले सामाजिक कार्य गर्न थप उर्जा मिलेको बताए । आगामि दिनमा नेपालमा नि बिस्तार गर्ने लक्ष्य रहेको बताउदै कार्यक्रमको समापन गरे ।
कार्यक्रमको सहजीकरण कुशलतापुर्बक समाजका महासचिव बलाराम पाण्डेले गरेका थिए । सुनौलो बिहानि बचत तथा सहकारी सस्था स्थापना भएकै दिनमा ३७ जना सेयर सदस्य बनेको पनि उक्त कार्यक्रममा बताइएको थियो ।
प्रवासमा अर्घाखाँची बासी एकहौं, नेपाली समाजको लागि केही गरौं भन्ने मुल नाराका साथ सन २००६ मा स्थापना गरिएको समाज जिल्ला बासीहरुको साझा सस्थाको रुपमा चिरपरिचीत रहेको छ भने जिल्लामा मात्र सिमित नरहेर नेपाली समुदाय माझ एककदम अगाडि बढ्डै सामाजिक, नैतिक र भौतिक रुपले सहयोग गर्दै आइरहेको छ ।