मुग्लानी खबर डट कम
गणेश क्षेत्री-11 जनवरी 2017
हिलिहाङ हाक्पारे पालाम सयङ नामक संस्थाको बार्षिक उत्सव तथा लिम्बु समुदायको मौलिक चाड कक्फेक्वा तङ्नाम, येले तङबे (नयाँ बर्ष)५०७७ को उपलक्ष्यमा वेश्मा लाङ्योक (फरक पाइला) विशेष सांस्कृतिक धमाका कार्यक्रम गत विहिवार राष्ट्रिय नाच घर जमलमा भब्यताका साथ सु-सम्पन्न भएको छ।
सताव्दी पुरुष सांस्कृतिकविद् सत्य मोहन जोशीको प्रमुख अतिथ्यिमा भएको उक्त कार्यक्रम हिलिहाङ हाक्पारे पालाम सयङ नामक सस्था र सांस्कृतिक संस्थानको संयुक्त आयोजनामा लिम्बु भाषा, कला, सांस्कृतिक संरक्षण तथा सम्बर्द्धन गर्ने उदेश्यले यो सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको अध्यक्ष प्रदिप लिम्बुले बताउनुभएको छ।संस्कृतिबिद् सत्यमोहन जोशीले च्याब्रुङ बजाएर सुरु गरिएको यो कार्यक्रममा लिम्बु भाषाको पहिलो गीत रेकर्ड गराउने अग्रज गायक भगत सुब्बालाई सम्मान गरिएको थियो । भगतले लिम्बु गीतको क्षेत्रमा चार दशकभन्दा बढी योगदान गरेवापत सम्मान गरिएको आयोजकले जनाएको छ।हिलिहाङ हाक्पारे पालाम सयङ लिम्बु भाषा, कला, सांस्कृतिको संरक्षण र सम्बर्द्धन गर्नको लागि सकारात्मक भुमिका खेल्ने एउटा बिशुद्ध सामाजिक सस्था हो।
अधिकांस सबै ब्यक्तिहरु ढाकाको पहिरनमा सजिएका थिए।महिला कलाकारहरुको शिरमा शिरफुल ढल्किएको थियो र पुरुष कलाकारहरुको गलामा गलबन्दी।यो कार्यक्रमको लागि भेषभूषाको प्रायोजन द हाइल्याण्ड आर्ट तथा कल्पना ढाका बुटिक गोकर्णले गरेको थियो र उपस्थित हुनुभएका कलाकार, बाद्यवादकदेखि दर्शकसम्म सबैले द हाइल्याण्ड आर्टकी प्रोपाइटर तथा फेसन डिजाइनर कल्पना योङहाङले तयार गरेका ढाकाको पहिरनमा सजिसजाव थिए ।
निशुल्क प्रवेशको ब्यबस्था गरिएको यो कार्यक्रम लिम्बू भासा र नेपाली भासा सयुक्त रुपमा संचालन गरिएको थियो।लिम्बु गीतसंगीतको एरेन्जरमा सबैभन्दा बढी योगदान दिने हिलिहाङ हाक्पारे पालाम सयङका सदस्य तथा सङगीतकार प्राज्ञ श्री अशोक लोहोरुङ राईद्वारा सङगीतबद्ध लिम्बु भाषाका गीतहरु प्रस्तुत गरिएको थियो।कार्यक्रममा लिम्बु गीतसंगितका धरोहर फेदापहाङ लाजेशा भगत सुब्बालाई अभिनन्दन र प्रज्ञा संगितकार अशोक लोहोरुङ राइलाई सम्मान गर्नुका साथै उक्त कार्यक्रमलाई सफल बनाउन विशेष सहयोग गर्ने ब्यक्तित्वहरुलाई पनि सम्मान गरिएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि सत्यमोहन जोशीले पूर्वी नेपालमा प्रमुख पहिचान भनेकै लिम्बू पहिचान हो र यो विविधतालाई जोगाउन संरक्षन सम्बर्द्धन गर्न सके देश बिदेशमा पनि नेपाललाई लोक सस्कृतीको धनी देश भनेर चिनाउनु का साथै रास्ट्रलाई सक्षम र सबल बन्नको लागि टेवा पुग्ने बिचार ब्यक्त गर्दै सम्पुर्ण राजनितिक पाटीले यतातिर ध्यान दिन आवस्यक रहेको बताउनुभयो। कार्यक्रममा थुप्रै चर्चित र ख्याती प्राप्त लिम्बु गायक गायिका र कलाकारहरुले मौलिक गीत नृत्य र नेपाली भासाका गीतहरुमा दर्शक हरुलाई छमछमी नचाएका थिए भने दर्शक हरुले पनि ताली सुस्केरा र हुटिङले साथ दिदा त्यहाँको सास्कृतिक माहोल अत्यन्तै फरक देखिन्थ्यो।ख्याती प्राप्त कलाकारहरु दिपक लिम्बू, श्रेयसी चेम्जोङ,गायिक सुनिता थेबे, कुशल थलङ, सुसन साम्सोहाङ,सुनिता थेगिम,मनु नेम्वाङ, गायक सञ्जय तुम्रुक,मोहन मादेन,सञ्जय, देशु, सुसन, मोडल तथा अभिनेत्री निशा पोमु, सुक्मिता केरुङ, रुपा आङबुहाङ, लक्ष्मी योङहाङ,गायिका बिष्णु चेम्जुङ लगाएत अन्य कलाकारहरुले गीत नृत्यमा दर्शकहरुलाइ छमछ्मी नचाएका थिए।
कार्यक्रमका अन्त्यमा सञ्जय,मोहन,दिपा,सुसन,अमृता लिम्बूलगायतले आजुप्से आम्बी…गीत प्रस्तुत गर्दा सम्पूर्ण लिम्बु नृत्य कलाकारहरुले सामुहिक लिम्बु नृत्यमा साथ दिएका थिए।कार्यक्रमकाअग्रज संगीतकार शिला बहादुर मोक्तानको संयोजकत्वमा गिटार बादक आकाश गोर्खाली लगायत सांस्कृतिक संस्थानका विभिन्न कलाकारहरुले प्रत्यक्ष रुपमा बाद्यबादननमा साथ दिएका थिए ।