मुग्लानी खबर- २८ भदौ
मुग्लानी खबरद्वारा ब्रेन ट्युमर पिडित ११ बर्षिय बालक हिमाल घलेलाई आर्थिक सहयोग हस्तान्तरण गरेको छ।
बिगत केही महिना देखि ब्रेन ट्युमर बाट ग्रसित भएका धादिङ जिल्लाको रुबिभ्याली गाउपालिका वडा न ३ निबासी हेम घलेका छोरा हिमाल घले ब्रेन ट्युमर बाट ग्रषित हुँदै आएकोमा उनको दयनीय अवस्था देखी मुग्लानी खबर टिमले आर्थिक संकलनको लागि अपिल गरेको थियो।उनको उपचारको लागि सबैको दायित्वलाई बोध गर्दै मुग्लानी खबरका इराक प्रतिनिधि श्याम मम्ब तामाङ्को अगुवाईमा इराकमा कार्यरत मनकारी दाताहरुको सहयोगमा संकलन गरिएको आर्थिक रकम नेपाली रुपैया ६६,१९८/ आज बिहान मुग्लानी खबरका अध्यक्ष थर्च लामा,प्रबन्ध निर्देशक दिलमाया तामाङ ( राना) र कार्यकारी प्रमुख सुरज तामाङ युवा समाज सेवा गोम्बो घले उपस्थितिमा पिडितका बुवा हेम घलेलाई उनकै निवासमा भेटी पारदर्शी तरिकाले हस्तान्तरण गरिएको हो।
उनको उपचारार्थ सहयोग गर्ने ब्यक्तिहरुमा श्याम मम्बा तामाङ-धादिङ,बिजय हिमरुङ तामाङ -धादिङ,पुर्णिमा दाम्राङ तामाङ- धादिङ ,पुनम घले-धादिङ ,लु माया थोकर तामाङ - धादिङ ,बुद्ध तामाङ -धादिङ ,सोच घले-धादिङ,मे घले -धादिङ,बिस्सु घले धादिङ,लाल माया तामाङ-धादिङ,को माया तामाङ -धादिङ ,मिना लामा ,धादिङ,रोजिन घले -धादिङ,ले माया तामाङ -धादिङ ,कुस्सा माया तामाङ -धादिङ ,निना गोम्जा -धादिङ, खम्बा जोम तामाङ -धादिङ ,पत्रुस तामाङ ,धादिङ,प्रताप तामाङ ,धादिङ ,सरेश तामाङ -धादिङ, हिरा तामाङ -धादिङ , पवन तामाङ -धादिङ, अमृत लामा -धादिङ, धने तामाङ -धादिङ ,सुबिन्द्र तामाङ -धादिङ रहेका छन त्यसैगरी बुद्धे ब्लोन तामाङ -धादिङ, राजु हिमरुङ तामाङ -धादिङ,समिरा ( मिरा) तामाङ -धादिङ,लक्ष्मी तामाङ ,धादिङ,बमरानी घले-धादिङ,तिमिती तामाङ -धादिङ,नवीन गदेल -धादिङ,सुक बहादुर तामाङ -धादिङ,अरुण तामाङ -धादिङ ,राजु थोकार तामाङ -सिन्धुपाल्चोक,सोनाम थमु -भुटान, प्रीति तामाङ -नुवाकोट, प्रीय तामाङ , चितवन,छिरिङ शेर्पा ,भोजपुर,पेमा तामाङ -सिन्धुपाल्चोक,कल्पना (डोलि ) शेर्पा -भोजपुर ,निमा शेर्पा -सिन्धुपाल्चोक,देकि शेर्पा- सिन्धुपाल्चोक , श्याम कार्की -सिन्धुपाल्चोक,अमान गुरुङ -गोर्खा ,भिम बजगाई-झापा गरि 597$ अमेरिकी डलर नेपाली रुपैया ६६,१९८/- आर्थिक राहत सङ्कल्न गरि पठाएका थिए।
पढ्ने लेख्ने उमेरमा रोगले थलिएका पिडित हिमाल घलेका परिवारको आर्थिक स्थिति समेत कमजोर भएकोले र उपचारको लागि अझै धेरै खर्च लाग्ने भएकोले सम्पुर्ण नेपाली दाजुभाई तथा दिदिबहिनिहरुलाई सहयोगको लागि अपिल गरेका छन।उनलाई सहयोग गर्नको लागि पिडित हिमाल घलेका बुवा हेम घलेको मोबाइल नम्बर ९८४०४०३३१२४७ तथा मुग्लानी खबरको सम्पर्क नम्बर ९८६६४४७७८१( थर्च लामा),९८४१४६८०९५ दिलमाया तामाङ(राना) लाई सम्पर्क गरि सहयोग गर्न सक्नुहुनेछ।