मुग्लानी खबर २८ भाद्र
प्रवासी भुजेल समाज कतारको आयोजनामा (नवौं) स्थापना दिवस, चेलिबेटी भेटघाट तथा तिज विशेष कार्यक्रम सम्पन्न भएको छ ।
गत १३ सेप्टेम्बर शुक्रबारको दिन सनैया स्थित लालिगुरास रेस्टुरेन्टको सभाहलमा सयौंको उपस्तिथमा भब्य तरिकाले कार्यक्रम सम्पन्न भएको हो ।
प्रवासि भुजेल समाज कतारका अध्यक्ष
मिलन कुमार भुजेलको सभापतित्वमा र नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका अध्यक्ष शिव कुमार भुजेलको प्रमुख आथित्यमा भएको कार्यक्रममा कतारमा रहेका मात्री सस्थाका प्रमुख हरु, बुद्धिजिवि,बैचारिक संघ सस्थाका प्रमुखहरु ,सामजिक ब्याक्तित्व हरु लगायत पत्रकारहरुको बाक्लो उपस्थित रहेको थियो ।
ब्यानर उट्घाटन, दिप प्रज्वनन पच्छाद (नवौं) स्थापना दिवसको अवसरमा उपस्तिथि अतिथि हरु बाट केक "काट्दै" सुभारम्भ गरिएको थियो भने उपस्थित सम्पुर्णमा समाजका बरिस्ठ उपाध्यक्ष वीर बहादुर भुजेलले स्वागत मन्तव्य बाट र सस्थाका कलाकार तथा कार्यसमिति सदस्य माया भुजेल र साथीहरुको स्वागत नृत्य बाट आगन्तुक पाहुना हरुलाइ स्वागत गरिएको थियो ।
कार्यक्रममा सस्थाका संरक्षक नियम भुजेल,जनजाति महासंघ कतार प्रमुख सल्लाहकार देवराज राई, बिशेष सल्लाहकार सियाराम चौधरी,तमु समाज कतार अध्यक्ष भाइ काजी गुरुङ,तामाङ समाज कतार बाट अस्मिता घिसिङ लगायतले बोल्दै कार्यक्रम सफलताको कामना गरे ।
प्रवासमा विशेष गरि वैदेशिक रोजगारीमा आएका हामी नेपाली हरुले हप्ताको एकदिन मिल्न्ने छुट्टी शुक्रबारलाई सदुपयोग गर्दै यसरी आफ्नो अस्तित्व,पहिचान,सस्कार सस्कृती लाई जोगाउन लागि पर्नुनै महान कुरा हो । आगामी दिनमा पनि यसरी नै एकआपसमा हातेमालो गर्दै अगाडी बढ्नुपर्छ भन्ने कुरामा एकमत रहेको बताए ।
चेलिबेटी भेटघाट तथा तिज विशेष कार्यक्रम
रहेको हुँदा सयौं चेलीबेटी हरु रातो साडी, चुरा पोते,तिलहरि,म्येहेन्दीमा सजिएर आउँदा माहोल छुट्टै बनेको थियो ।
कार्यक्रममा स्थानिय कलाकारको बेजोड प्रस्तुति रहेको थियो,जस अनुसार लोक दोहोरी गायक हुमकान्ता पराजुलीले बोल फुक्यो चोली तुनामा, रमेश भुजेल गोर्खा मन कामना,अर्का गायक लोकेन्द्र बिस्वकर्माको कहिले होला म घर फर्किने,सबिन मगरको सालको पात टपरि हुने, रम्जान निर्दोश कति मिठो मादलुको ताल बरिलै,सुबाश पौडेल माफी मुस्किल लगायत अन्य कलाकारले आफ्नो स्वरिलो भाकामा गीत गाउदै उपस्थित सम्पुर्णलाई भरपुर मनोरंजन दिलाउन सफल रहे ।
भने नृत्य प्रस्तुतगर्ने कलाकार हरुमा बिरुशा वाइबाको तीजको गीत चिटिकै भाछु रे, आशा राईको फुलबुटे सारि, रचना थापा मगरको तिज आयो,माया भुजेल र पुस्पा लिम्बुको उत्कृष्ट नृत्यले कार्यक्रमको माहोलनै तातिएको थियो ।
कार्यक्रमको अन्त्यमा सभापति मिलन कुमार भुजेलले बोल्दै कार्यक्रमलाई सफल पार्न साथ सहयोग गर्ने सम्पूर्णमा आभार ब्याक्तगरे । आगामी दिनमा यस्तै साथ र सहयोगको कामना गर्दै प्रवास बाट भएपनी आफ्नो पहिचान सस्कार सकृती जोगाउन कतिबद्द्ता भएको जनाउदै कार्यक्रम समापन भएको बताए ।
उक्त कार्यक्रमको सहजिकरण सस्थाका महासचिव युवराज भुजेलले कुसलतापुर्वक सम्पन्न गरेका थिए ।
सन २०१० मा कतारमा स्थापना भएको भुजेल समाज कतार (भुजेल) हरुको साझा सस्थाको रुपमा चिरपरिचीत रहेको छ भने स्थापना काल देखीनै हरेक कार्यमा सक्रिय रहेको पाइन्छ ।