मुग्लानी खबर-२७ भदौ
काठमान्डौ- फरेष्ट्री कलेज काठमान्डौमा ने.बि.संघको छैटौ अधिबेशनबाट सर्ब सम्मतले करन गुर्धामी सभापतित्वमा १५ सदस्यीय कार्यसमिती गठन भएको छ।
निर्बाचित १५ सदस्यीय कार्यसमितिमा वरिष्ठ उपसभापतिमा प्रवेश अधिकारी, उपसभापतिमा जीवन रेग्मी, ममता तिमिल्सेना निर्बाचित भएका छन।त्यसैगरी सचिवमा वैज्ञानिक भूसाल, सह–सचिवमा अमृत थापा ,कोषाध्यक्षमा श्रृष्टी रेग्मी निर्वाचित भएका छन्।निर्बाचित सदस्यहरुमा ऋषिकेश यादव, दुर्गा अम्गाई, खगेन्द्र जोशी, आशिस भण्डारी, मनोज नौन्याल, सञ्जिब खड्का, प्रकाश पराजुली र सञ्जय मरासिनी निर्विरोध निर्वाचित भएका छन।
बिहिबार सम्पन्न छैठौ अधिबेसन कलेजको छैठौं अधिवेशन नेविसंघका केन्द्रीय निवर्तमान अध्यक्ष नैनसिं महर तथा बिशिस्ट अतिथिहरुमा निवर्तमान केन्द्रीय सह–महामन्त्री अम्बिका चलाउने, निवर्तमान केन्द्रीय सदस्य विपिन भट्टराई, सुमन पाण्डे, प्रेम शाही, त्रिचन्द्र क्याम्पस नेविसंघका नेता पदम सिं ठकुरी, सिटिभिटी उपाध्यक्ष उत्तम खड्का, एनइसी पूर्व सभापति भुवन भट्ट, डोटी नेविसंघका नेता दिपेन्द्र सिंह, काठमाडौ फरेष्टी कलेजका पूर्व सभापति टंक रावल र निवर्तमान सभापति सतिस भूसाल, निवर्तमान कार्यबाहक सभापति विवेक पाैडेलको उपस्थित रहेको थियो।