मुग्लानी खबर डटकम
बिजय कुमार मगर , दोहा कतार
मगरहरुको प्रमुख राष्ट्रिय सास्कृतिक चाड माघ्या सकराटी—२०१७ नेपाल मगर संघ, शाखा कतारका सचीव रविन मगरको संयोजकत्वमा मगर संघ कतारका केन्द्रिय अध्यक्ष महेन्द्र थापा मगरको सभापतित्वमा, नेपाल प्रवासी आदिवासी जनजाती महासंघ कतारका का.वा अध्यक्ष लिलम्बर चिदी मगरको प्रमुख आतिथ्यमा र संस्थाका केन्द्रिय महासचिव बिजय मगरको सञ्चालनमा माघ्या सकराटी — २०१७ बनभोज तथा बिविध सास्कृतिक कार्यक्रम २०७३ गरेर मिति २० जनवरी २०१७ मा मगर तथा गैरमगरहरुको ब्यापक सहभागितामा मगर परिकारहरु बारा , तरुल, अचार, फलफुल, खाना लगायतका खानपिनका साथमा समाल पब्लिक गार्डनमा करिव १२०० जनाको हाराहारीमा बृहत रूपमा माघ्या सकराटी २०१७ सम्पन्न भएको छ ।
कार्यक्रममा बिशिष्ट अतिथिहरुमा नेपाल मगर संघ, शाखा कतारका प्रमुख सल्लाहकार भिम तरामु मगर, नेपाल प्रवासी आदिवासी जनजाति महासंघ, कतारमा आबद्ध मातृसंस्थाहरु,बैचारिक संघ संस्थाका प्रतिनिधिहरु हुनुहुन्थ्यो भने अथितिहरुमा नेपाली महिला समाज कतार तेसैगरि बुद्धिजिवि, समाजसेवी, र ब्यबसाहीहरु कतारमा स्थापित विभिन्न जिल्ला स्तरिय र सामाजिक संस्थाहरु, अन्य जातीय तथा धार्मिक संघ सस्थाहरु, कला तथा साहित्यिक सस्थाहरु, नेपाल मगर संघ,शाखा कतारका संस्थापक सदस्यहरु, सल्लाहकारहरु र एरिया समितिहरुका अध्यक्ष तथा प्रतिनिधिहरु रहेका थिए ।
अतिथीहरुको आशन ग्रहण भईसके पश्चात कार्यक्रमका प्रमुख अतिथी तथा अतिथिहरुद्धारा संयुक्त रुपमा व्यानर अनावरण अनि द्धिप प्रज्वलन गर्नुभएर कार्यक्रमको उद्घााटन गर्नुभएको थियो । कार्यक्रममा राष्ट्रप्रेम भावले राष्ट्रिय गान र मगर गान गाईसकेपछी प्रथम शहिद लखन थापा मगर र ज्ञात अज्ञात सहिदको सम्झना गर्दै मौन धारणा गरेको थियो भने उपस्तिथि सम्पुर्णलाई स्वागतका साथै मगर माघ्या सकराटी — २०१७ कार्यक्रम र माघ्या सकराटीको बारेमा जानकारी गराउदै कार्यक्रममा उपस्तिथिहुनु भएका सम्पुर्ण कतारवासी मगर तथा गैरमगर नेपालीहरुलाई स्वागत मन्तव्य राखेर कार्यक्रम संयोजक रबिन मगरले स्वागत गर्नुभएको थियो ।
कार्यक्रम सफल बनाउनका निम्ति केन्द्रिय सचिव रविन मगरको संयोजकत्वमा नौ सदस्यिय उपसमितिको टोली गठन भएको थियो
कार्यक्रममा सम्पुर्ण जिल्ला स्तरिय संस्थाको प्रतिनिधि गर्दै रोल्पा जलजला सेवा समाज कतारका अध्यक्ष वसन्त थापाले माघ्या सकराटीको शुभकामना ब्यक्त गर्नु भएको थियो । त्येसैगरि प्रमुख अतिथि आदिवासी जनजाति महासंघ कतारका का.वा अध्यक्ष लिलम्बर चिदी मगरले माघ्या सकराटी मगरहरुको विशेष पर्व भएको र यो पर्व मगरहरुले मात्र नभएर थारु, नेवार, किंरातीहरु, हिन्दुहरुको पनि एकदमै महत्व राख्ने चाड रहेको साथै नेपालमा सबै समुदायहरुले बृहत रुपमा मनाउने जानकारी गराउनु हुँदै माघ्या सकराटीको शुभकामना दिनु भयो ।
रेशम आले मगर कतारको मगरहरु को निम्ति २०१७÷१८ का लागि बाङ ( राजा ) चुनिए ।
मगरहरु को ऐतिहासिक दौडेर बाङ (राजा) छान्ने परम्परालाई नेपाल मगर संघ, शाखा कतारले निरन्तरता दिदै आइरहेको छ । नेपाल मगर संघ, शाखा कतारले माघ्या सकराटी— २०१७ को अवसर पारेर मिति २० जनवरी २०१७ मा आयोजना गरेको कार्यक्रम माघ्या सकराटी–२०१७ मा यस परम्परालाई निरन्तरता दिदै राखेको दौड प्रतियोगितामा केन्द्रिय समितिका सदस्यहरु एरिया समिति कार्यसमितिका सदस्यहरु १५ जना सहभागीहरुलाई पछि पार्दै सनैया “ए“ एरिया समितिका सचीव रेशम आले मगरज्यू २०१७÷१८ का लागि बाङ (राजा) हुन सफल हुनु भयो भने प्रकाश रोका मगर द्धितिय हुनु भएको थियोे । बाङ ( राजा ) चुनिएका आले मगर र द्धितिय हुनु भएका रोका मगरलाई नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले फेटा लगाएर सम्मान गर्नु भयो भने प्रमुख अतिथिवाट प्रमाण पत्र प्रदान गरेर हार्दिक बधाई तथा शुभकामना दिनु भयो ।
सांस्कृतिक कार्यक्रमको रौनक
कार्यक्रममा विविध मगरहरुको सास्कृतिक झल्काउने नृत्यहरु हुर्रा, कौराह, सालैजो, चुडका, भुम्या, लोक गीत र फिल्मी गितमा नेपाल मगर संघ, शाखा कतारको कला तथा सास्कृतिक बिभागका कलाकारहरु र एरिया समितिहरुका कलाकारहरुको प्रस्तुत गरेका थिए भने उक्त नृत्यहरुलाइ निर्देशन जनक थापा मगर, भुपेन्द्र रिखाम मगर, टेक रसाइली , तिल बिक्रम मगर र अभिमत पुन मगर गर्नु भएको थियो भने सांस्कृतिक संयोजक भुपेन्द्र रिखाम मगरले संपुर्ण सास्कृतिक प्रस्तुतिहरु जिम्मेवार लिनु भएको थियो ।कार्यक्रममा गायक,सोम थापा मगर, देबिन पुन मगर, डि .एन मगर, सुस्मा पून मगरको सुमधुर स्वरमा दर्शकहरुको मन जित्न सफल भए भने डिजे अरबिन्दले दर्शकहरु लाई कार्यक्रममा नचाए । भने सास्कृतिक कार्यक्रमको संचालन डि.एन मगर, इशोरा थापा मगर, आशा थापामगरले सञ्चालन गरेका थिए ।
राष्ट्रिय आविष्कार केन्द्रको सहयोगर्थ आर्थिक संकलन
डा. महाबिर पून मगरको राष्ट्रिय आविष्कार केन्द्रको सहयोगार्थ माघ्या सकराटी २०१७ को अवसर पारेर गरिएको आर्थिक संकलन, कार्यक्रमका सहभागि अतिथि तथा दर्शकहरुवाट संकलित रकम क.री.२५८० राष्ट्रिय आविष्कार केन्द्रको लागी सहयोग संकलन भएको छ । उक्त्त रकम यथाशिघ्र आविस्कार केन्द्रलाई हस्तान्तरण गरिने जानकारी अध्यक्ष महेन्द्र थापामगरले दिनु भयो ।
कार्यक्रममा खेलकुद को रमाइलो
माघ्या सकराटी २०१७ मा उपस्तिथि रहेका जनमानस सम्पुर्णलाई मनोरञ्जन दिने उद्देश्यले महिलाहरु लागि हाडी फुटाउने र पुरुषहरुका लागि रस्सी तान्ने प्रतियोगिता आयोजना गरेको थियो उक्त प्रतियोगितामा हाडी फुटाउनेमा १३ जाना प्रतियोगीहरु लाई पछि पार्दै उदयपुरका शर्मिला बस्नेत प्रथम बनिन तेसैगरि रस्सी तान्ने प्रतियोगिता तर्फ ७ समूह लाई पछि पर्दै पदम थापा मगरको नेतृत्वमा रहेको अल्फा बेट्न समुह प्रथम भएको थियो भने बिजेताहरु लाई प्रमुख अतिथी, बिशिष्ट अतिथी र कार्यक्रमका सभापतिले पुरस्कार, प्रमाणपत्र प्रदान गर्नु भयो ।
अन्तमा, बोल्नुहुँदै कार्यक्रमको सभापति नेपाल मगर संघ, शाखा कतारका अध्यक्ष महेन्द्र थापा मगरले कार्यक्रम सफल पार्न सहयोग गर्ने सहयोगीहरुलाई उपस्तिथि प्रमुख अतिथी, बिशिस्ट अतिथी , अतिथी र कार्यक्रममा उपस्तिथित सम्पुर्ण लाई कार्यक्रम सफल पार्न सहयोग गर्नु भएकोमा धन्यवाद दिदै माघ्या सकराटी २०१७ को शुभकामना दिदै फेरी अर्को बर्षको कार्यक्रममा भेटहुने बाचा सहित कार्यक्रमको समापन गर्नु भयो ।