मुग्लानी खबर भाद्र १८
१ सेप्टेम्बर २०१९ का दिन, वैदेशिक रोजगारीको सिलसिलामा साइप्रस मा कार्यरत लिम्बुवान र पहिचान चाहने प्रगतिशील बिचारका युवाहरुको बिशेष भेला गरि संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च , लिम्बुवान मञ्च नेपाल अन्तरगतको प्रवास समिती "संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) साइप्रस" पुनर गठन भएको छ।
बाल कुमार लिम्बुको अध्यक्षतामा पुनर गठित सो समितिमा उपाध्यक्षहरु सबिन सिगु, सपना लिम्बू , शान्ता खापुङ्, डोलि योङ्हाङ, महासचिव मन्जु खुदाङ, उपमहासचिब प्यारिता आङ्देम्बे, सचिबहरु मुकुम इजम, देबि लावती, प्रतिमा सुब्बा, दिलु लिम्बू , अर्थसचिब नानू इजम, सहअर्थ सचिबदय दिपा योङ्हाङ, कौशिला लिम्बु रहेका छन भने केन्द्रिय सदस्यहरु क्रमश लिला लिम्बु , बबिना सुनुवार, सजनि तामाङ , सानो नाल्बो, एन्जि शेर्पा गरि १९ जनाको कार्य समिती गठन भएको छ। र, यसैगरी आशिका तुम्बापो, माया लिम्बू, कल्पना तोङ्हाङ, कबिता योङ्हाङ लगायत सल्लाहकार समितिमा रहेका छन।
विगतमा गठित सलिसाम साइप्रस समिती विविध कारण निष्क्रिय रहेकोले देशमा पहिचान र समनताको लागि आन्दोलन चर्की रहेको बेला? साइप्रसका प्रगतिशील युहारुले सो परिवर्तनको आन्दोलनमा प्रवासबाट सम्भव हुने सबै खाले सहयोग गर्न युवाहरुको दायित्व रहेको ठहर गर्दै सलिसाम साइप्रस पुनर गठन गरि तदारुकता का साथ अघि बड्ने भएका हुन।