गत शुक्रबार "काड्स अर्गनाइजेसनको अभियान ,कृषि पर्यटन उद्योगमा लगानी आर्थिक समृद्धि र पुर्णनिर्भरता " भन्ने मुल नाराका साथ प्रथम अधिबेशन सम्पन्न भएको छ ।
सस्थाका अध्यक्ष विशाल भण्डारीको सभापतित्वमा कन्सुलेट एक्सन प्लान अफ रेस्पोसिबल डेभलपमेन्ट सोसाइटी प्रा लि नेपालका कार्यसमिति सदस्य एबम काड्स अर्गनाइजेसन कतार बिदेश बिभाग प्रमुख मोहन बहादुर कार्की छेत्रीको प्रमुख अतिथ्यमा सनैयाको प्लाजामलमा अवस्थित लालीगुराँस रेस्टुरेन्टमा सम्पन्न भएको छ ।
कार्यक्रममा कतारमा रहेका विभिन्न सस्थाका प्रतिनिधि, सामाजिक ब्याक्तित्व,बुद्धिजिवि पत्रकार लगायत बिभागका प्रमुखहरुको उपस्थित रहेको थियो ।
कार्यक्रमलाई सभापति, प्रमुख अतिथी, बिशिस्ट अतिथीहरु बाट ब्यानर अनावरण गरेर सुरु गरिएको थियोे । कार्यक्रममा नेपाली राष्ट्रिय गान र कतार राष्ट्रिय गान उपस्थित सम्पुर्णले गाएका थिए । नेपालबाट कतारमा श्रमिकमा आई शरीर घुमाउनु हुने सम्पुर्ण श्रमिक प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै एक मिनेट मौन धारण गरिएको थियो।
उपस्थित सम्पुर्णलाई उर्जाशिल कार्य-योजना जिम्मेवार बिकास समाज कतारका सस्कृतिक बिभाग प्रमुख रोसन बि.क.ले स्वागत मन्तव्य राखेर स्वागत गरेका थिए। खुल्ला सत्र कार्यक्रम सदस्य बिमल घले र बन्द सत्र कार्यक्रम सल्लाहकार असारमन राईले संचालन गरेका थिए ।
कार्यक्रममा उपस्तिथि अतिथि हरुले मन्तव्य राख्दै काड्स अर्गनाइजेसनको नयाँ बन्ने कार्यसमिती लाई बधाई तथा सुभकामना ब्याक्त गरे ।
प्रमुख अतिथि मोहन बहादुर कार्की छेत्रीले कार्यक्रमलाई सम्बोधन गर्दै दोहा कतारमा रहेको काड्स अर्गनाइजेसन र नेपालमा रहेको काड्स कर्पोरेसन बारेमा जानकारी गर्दै भाबि दिनमा हुने कार्ययोजना साथै छिटो नै नयाँ शेयर खुल्ला हुने बारेमा जानकारी गराउदै कार्यसमितिलाई सफलता पुर्वक आफ्नो कार्यकाल पूरा गरेकोमा धन्यवाद दिदै नयाँ चयन हुने कार्यसमितिलाई अग्रिम शुभकामना दिए ।
कार्यक्रममा संस्थाको प्रगति प्रतिबेदन सचिव भुपाल खड्का, आर्थिक प्रतिबेदन कोषाध्यक्ष राम कुमार राई, र बिधान संसोधन समितिका सदस्य बिमल घलेले प्रस्तुत गरे ।
कार्यक्रमका सभापति विशाल भण्डारीले संस्थाको निमन्त्रणा लाई स्विकार्दै उपस्थिति हुनुहुने प्रमुख अतिथी, बिशिस्ट अतिथीहरु, अतिथिहरु, समाजसेवी, बुद्धिजीवी,पत्रकार , ब्याबसायी र एकै पटक धेरै कार्यक्रमहरु एक अर्कोमा समय जुधियको भएता पनि कार्यक्रम सफल बनाउन ड्यासमा आसिन सम्पुर्ण दाजुभाइ तथा दिदिबहिनीहरु, पहिलो कार्यकाललाई सफल बनाउने सम्पूर्ण टिमलाई धन्यवाद दिदै पहिलो कार्यसमितिको बिगठन भएको घोषणा गर्दै निर्वाचन समिति गठनका लागि स्वीकृत गर्दै पहिलो औपचारिक कार्यक्रम समापन गरे ।
निर्वाचन समिति संयोजक : मोहन बहादुर कार्की छेत्री ,संचालक असारमान राई र सदस्य निम प्रसाद पौडेल हुने गरि तिन सदस्य निर्वाचन समिटी गठन गरियो । निर्वाचन समिति बाट सर्वसहमतिमा बिशाल भण्डारीको अध्यक्षता मा २१ सदस्यीय कार्यसमिति चयन गरियो ।
कार्यसमितिको नामावली क्रमश
संरक्षक मिकि माउस लिम्बु ,बरिस्ठ उपाध्यक्ष श्याम बहादुर लिम्बू ,प्रथम उपाध्यक्ष नानू घले ब्लोन, उपाध्यक्ष धर्मराज नेपाल, महासचिव बिमल घले,बरिस्ठ सचिव भुपाल खड्का , सचिव रमेश थापा, सह-सचिव अम्बर बहादुर राई ,कोषाध्यक्ष राम कुमार राई, सह-कोषाध्यक्ष प्रदिप राई ,युवा बिभाग प्रमुख तिर्थराज पोखरेल ,यातायात बिभाग प्रमुख तेज बहादुर बुढाथोकी, सञ्चार बिभाग प्रमुख लाल बहादुर हमाल,कला तथा साँस्कृतिक बिभाग संयोजक रोसन बि क, सदस्यहरु गणेश परियार, तारा प्रसाद जैसी ,अब्दुल खलिक शेक, माया राई, प्रमुख सल्लाहकार / बिदेश बिभाग प्रमुख मोहन बहादुर कार्की क्षेत्री ,सल्लाहकारहरु असारमान राई ,निम प्रसाद पौडेल रहेका छन।
नव निर्वाचित कार्यसमितिलाई कन्सुलेट एक्सन प्लान अफ रेस्पोसिबल डेभलपमेन्ट सोसाइटी प्रा लि नेपालका कार्यसमिति सदस्य, काड्स अर्गनाइजेसन कतारका बिदेश बिभाग प्रमुख मोहन बहादुर कार्की क्षेत्री बाट सपथ ग्रहण गराईयको थियो।