मुग्लानी खबर- १ भदौ २०१७६
धनकुटा – तामाङ पत्रकार संघ १ नम्वर प्रदेश समितिले २५ औं तामाङ प्रसारण दिवश तथा रजत जयन्तीको अवसर पारेर धनकुटाको हिलेमा आईतवार शुभकामना आदन प्रदान गरि मनाएको छ।
नेपाल तामाङ घेदुङका संघिय समितिका सदस्य लालचन्द्र गोङ्गवा तामाङको प्रमुख आतिथ्य र नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद धनकुटाका अध्यक्ष संजय सन्तोषी राईको विशेष आतिथ्यमा सम्पन्न शुभकामना आदन प्रदान कार्यक्रम आयोजना गरिएको थियो ।
शुभकामना आदन प्रदान कार्यक्रमलाई सम्वोधन गर्दै तामाङ घेदुङका केन्द्रिय सदस्य प्रमुख अतिथि लालचन्द्र गोङ्गवा तामाङले प्रदेश नं.१ मा वसोवास गर्ने तामाङ समुदायको साझा मुद्धा र सवाललाई पत्रकारिताको माध्यामवाट माथि उठाउन तामाङ पत्रकारहरु एक भएर अघि वढ्नु पर्नेमा जोड दिए ।
तामाङले तामाङ संचारकर्मीहरुले हराउँदै गएको तामाङ समुदायको भाषा, संस्कार, संस्कृतिलाई जोगाउन पत्रकारिताको माध्यामवाट भुमिका निर्वाह गर्नु पर्नेमा समेत जोड दिएका छन् । त्यसैगरी नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्ताषी राईले शुभकामना मन्तव्य व्यक्त गर्दै पहिचान र संघियताको पक्षमा कलम चलाउन सम्पुर्ण तामाङ पत्रकारहरुलाई आग्रह गरेका थिए । साथै उनले सो अवसरमा तामाङ पत्रकारहरुले २५ औं तामाङ प्रसारण दिवश मनाउनु पाउनु आफैमा गर्वको विषय भएको वताए । राईले तामाङ पत्रकारहरुले जस्तो राई,लिम्वु लगायत अन्य जातिय पत्रकार संगठनहरुले पनि अघि वढाउनु पर्नेमा जोड दिए ।
तामाङ पत्रकार संघको १ नम्वर प्रदेश समितिका अध्यक्ष सन्तवीर मोक्तान तामाङको अध्यक्षतमा सम्पन्न शुभकामना अदान प्रदान कार्यक्रममा तामाङ घेदुङका पुर्व केन्द्रिय सदस्य विरवहादुर तितुङ तामाङ, जिल्ला घेदुङका अध्यक्ष विष्णु मोक्तान तामाङ, पुर्व अध्यक्ष सिताराम थिङ्ग तामाङ, प्रेस युनियनका केन्द्रिय उपाध्यक्ष विजय सन्तोषी राई, नेपाल पत्रकार महासंघका अध्यक्ष राजेश्वर वहादुर श्रेष्ठ, आदिवासी जनजाति पत्रकार महासंघ फोनिजका प्रदेश नं.१ का हालै निर्वाचित महासचिव विदुर खवास, फोनिज प्रदेश सदस्य टिएल राई, धनकुटा नगर घेदुङका अध्यक्ष कुलवहादुर तितुङ तामाङ, छथर घेदुङका अध्यक्ष मनकुमारी गोले तामाङ, युवा घेदुङ प्रदेश नम्वर १ का संयोजक धिरेन थिङ तामाङ, प्रदेश सदस्य धनवहादुर तामाङ, किराँत राई पत्रकार संघ धनकुटाका अध्यक्ष नगेन्द्र राई लगायतले शुभकामना मन्तव्य व्यक्त गरेकाथिए ।
सो अवसरमा कार्यक्रमको संचालन तामाङ पत्रकार संघका संघिय सदस्य मानवी मोक्तान तामाङले गरेका थिए भने स्वागत मन्तव्य तामाङ पत्रकार संघ प्रदेश समितिका सदस्य मोहन तामाङले राखेका थिए । शुभकामना आदन प्रदान कार्यक्रमको संयोजन तथा व्यावस्थापन नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति, धनकुटाले गरेको थियो ।