मुग्लानी खबर- २३ साउन
काभ्रेको रोशी गाउँपालिका थान्सिङ–७ र नमोबुद्ध नगरपालिका–६ जोड्ने पुल १० वर्ष पुग्दा सम्म पनि पुर्णरुपमा निर्माण हुन नसक्दा त्यहाँका स्थानीय जनतामा निरास छाएको छ ।
१० बर्षको अबधिभरी वारी र पारी पुलको पिलर मात्रै उठाएर ठेकेदारले चरम लापरबाही गरेको प्रष्ट भएको छ ।रोशी गाउँपालिकाका अध्यक्ष डिवि मोक्तानले आफू निर्वाचित भएर आएदेखि पुल निर्माणका लागि पहल गर्दै आएको बताए पनि उक्त पुल निर्माणको लागि इलाइट कन्ट्रक्सनले टेण्डर पाएको रहेछ । निर्वाचित भएदेखि नै पटक–पटक निर्माण व्यवसायी राम वनलाई अनुरोध गरीरहेका छौं,’गाउँपालिका अध्यक्ष मोक्तानले भने,‘अनुरोध गरे पनि यसको सुनुवाइ भएको छैन । यसकारण स्थानीयले समस्या झेल्दै आउनु परेको बताएका छन।
उनका अनुसार आफूले यस विषयमा सम्बन्धित निकायमा समेत जानकारी गराइसकेको बताएका छन।यस्तै, तेमाल गाउँपालिका र रोशी गाउँपालिका जोड्ने अर्को पुल पनि वनकै कम्पनीले निर्माण थालेको एक दशक भइसकेको छ । यो पुल भने निर्माणको अन्तिम चरणमा पुगेको रोशी गाउँपालिकाका अध्यक्ष मोक्तानको भनाई छ ।
तत्कालिन जिल्ला विकास समितिले उक्त पुल निर्माणका लागि टेण्डर आह्वान गरेको थियो । २०६४ मा भएको टेण्डरमा पनि कुनै काम हुन सकेको देखिदैन । सुरुवातमा जापानिज कम्पनीले उक्त पुलको अवधारणा ल्याएको थियो । जापानिज कम्पनीले नै पुलको पिलर उठाएका हुन् । तर, काम शुरु भए पनि विभिन्नका कारणले निर्माण कार्य रोकिएको थियो ।
इलाइट कन्ट्रक्सन सुकेधारा, काठमाडौंले ठेक्का पाए पनि उसले जलप नेपाल प्रालिलाई काम गर्न जिम्मा दिएको छ । सम्झौता अनुसार दुई वटा पुल यही भदौ १५ गतेभित्र निर्माण भइसक्नु पर्ने हो । तर, पुल निर्माण कार्यले गति लिन सकेको छैन ।गत वर्ष असार मसान्तदेखि पुल निर्माणको काम शुरु गरिएको उनको भनाई छ । तल्लो क्षेत्रको पुल निर्माण अन्तिम चरणमा छ । तर, पुल निर्माण सम्झौता आगामि भदौं १५ गते सकिने भएका कारण म्याद थप मागेको उनको भनाई छ ।
‘प्राविधिक कारणले गर्दा काम गर्न सकेनौं । जापानिजले तयार गरेको यो प्रोजेक्टपछि मात्रै हामीले लिएका हौं,’उनले भने,‘निर्माणका लागि राखिएको सामान व्यक्तिको जग्गामा राखिएको थियो । यसको भाडा विवाद र सामान हेर्ने चौकिदारको पारिश्रमिकको पनि समस्या भएको कारण तोकिएको समयमा काम फत्ते गर्न नसकेको उनको भनाई छ।
भिडियो हेर्नु होस
https://youtu.be/yLBGojHOz80