मुग्लानी खबर- ११ श्रावण
सन्ध्याग्रुप अल्खोर कतारको आयोजनामा २०५औ भानु जयन्ती, मुग्लानी सौगातको ७३ औ वाचन शृङ्खला गत २५जुलाई बिहिबार बेलुका कतारको अल्खोरमा सम्पन्न भएको छ।
सन्ध्याग्रुप अल्खोर अतर्गत रहेको मुग्लानी सौगातको ७३ औ बाचन डबली र २०५ औ भानुजयन्तिको अवसरमा कतारमा स्थापित साहित्यिक संस्था नवोदित साहित्य वाचनालय कतारको ११ औ अधिबेसनबाट निर्बिरोध दिलिप पराजुलीको अध्यक्षतामा निर्बाचित १५ सदस्यीय कार्यसमितिलाई सुभकामना पत्र हस्तान्तरण गरी बधाई तथा सफल कार्यकालको शुभकामना समेत दिइएको थियो।
कार्यक्रम संस्थाका का. वा. अध्यक्ष गणेश क्षेत्री को सभापतित्व तथा अनेसास कतार च्यापटरका अध्यक्ष प्रेम प्रसाद भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो साथै बिशेष अतिथिहरुमा सस्थाका सल्लाहकार राम प्रसाद पराजुली,समाजसेवी तथा सिनिएर विमान परिचालिका पबित्रा खड्का लगाएतको उपस्थित रहेको थियो त्यसैगरी अतिथि हरुमा सन्ध्या ग्रुप पुर्ब महिला बिभाग संयोजक सावित्री गीरी,समाजसेबी सुदिप पान्डे लगाएत कतारमा कार्यरत विभिन्न क्षेत्रका साहित्यिक ब्यक्तित्वहरुको उपस्थिति रहेको थियो।
दिप प्रज्वलन तथा ब्यानर उद्घाटन पश्चात् रास्ट्रीय गान बाट शुरु गरिएको उक्त कार्यक्रममा नेपाली साहित्यका सिखर पुरुष भानुभक्त आचार्यको तस्बिरमा टीका तथा माल्यार्पण गरि २०५ औ भानु जयन्ती मनाईएको थियो।सोही अवसरमा विभिन्न साहित्यिक सर्जक तथा श्रस्टाहरुले आफ्ना रचनाहरु बाचन गरि माहोललाई थप रमणीय बनाएका थिए।सस्थाका सदस्य शुकबिर ओलीले भानुभक्त आचार्य को जिवनी पढेर सुनाएका थिए।रचना बाचन गर्नेहरुमा राम आचार्य "सायर",दिलीप पराजुली,चक्र कार्की ,तिलु शर्मा पौडेल,दीप प्रदीप कुमार,शेखर बस्नेत ,महेन्द्र खड्का ,लीलानाथ घिमिरे, पबित्रा खड्का,सावित्री गीरी,राम प्रसाद पराजुली लगाएतले आफ्ना रचनाहरु बाचन गरि श्रवण गराएका थिए।
विशेष अतिथी नवोदित साहित्य वाचनालय कतारका निर्बिरोध निर्बाचित दिलिअप पराजुलिले बोल्दै कतारमा स्थापित संस्थाहरुमा अनेसास कतार च्याप्टर, नवोदित वाचनालय र मुग्लानी सौगात तीन साहित्यिक संस्थाहरु रहेको सर्बबिद्वितै छ भने अबका दिनमा पनि तिनै संस्थाहरु मिलि प्रबासमै रहेर पनि नेपाली साहित्यको लागि केही गर्न सकिने भन्दै आफुहरुलाई बोलाएर बधाई तथा सफल कार्यकालको शुभकामना दिएकोमा सन्ध्या ग्रुप मुग्लानी सौगात प्रती आभार प्रकट गरेका थिए।र आगामी दिनमा प्रत्येक डबलिमा आफुहरु उपस्थित हुनेमा प्रतिबद्धता जनाउदै आफ्नो मीठो गजल वाचन गरेका थिए। कार्यक्रमका प्रमुख अतिथी प्रेम प्रसाद भट्टराईले बोल्दै कार्यक्रममा प्रस्तुत गरिएका सबै रचनाहरु उत्कृष्ट रहेको र आगामी दिनमा पनि यसरी नै अगाडी लैजानको लागि सबैको हातेमालोको आवस्यकता रहेको जनाउदै नवोदित साहित्य वाचनालय कतारका नवनिर्बाचित कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आफ्नो गजल बाचन गरेका थिए।
संस्थाका सहसचिब अर्जुन पौडेलको सन्चालन तथा भेष धिमालको स्वागत मन्तब्य रहेको उक्त कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापती गणेश क्षेत्रीले यो कार्यक्रमलाई सफल बनाईदिनुहुने प्रत्यक्ष / अप्रत्यक्ष अहोरात्र खट्ने सम्पुर्ण सदस्यहरुलाई धन्यवाद ब्यक्त गर्दै हाम्रो निमन्त्रणालाई सहस्र स्वीकार गरि बधाई तथा शुभकामना लिन उपस्थित भैईदिनु भएकोमा नवोदित साहित्यिक वाचनालय कतारका ११औ अधिबेसनबाट निर्बिरोध नयाँ कार्यसमितिलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिदै आफ्नो साहित्यिक रचना गजल बाचन गरी कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।