मुग्लानी खबर डटकम
गणेश क्षेत्री 27 जनवरी 2017
"
तामाङ जातीको परिबर्तन शैक्षिक तथा आर्थिक सुदृढीकरण" भन्ने मुल अभिप्राय बोकेको नेपाल प्रबासी तामाङ समाज कतारले आयोजना गरेको मन्जु श्री सम्बत २८५३ सोनाम ल्होछार (ज्या ल्हो) चरा बर्ग कतारको उम सलाल स्थित अल दाना रिसोर्टमा चर्तित रास्ट्रीय कलाकार र स्थानीय कलाकारहरुको सम्योजनमा बृहत् सास्कृतिक कार्यक्रमका बिच आज भब्य रुपमा समापन भएको छ।
नेपाल प्रबासी तामाङ समाज कतारका अध्यक्ष थर्च लामा को साभपतित्वमा सन्चालन रहेको यो कार्यक्रमको प्रमुख अतिथी नेपाल राज दूतावासकि काउन्सिलर गिरिजा शर्मा हुनुहुन्थ्यो भने बिशेष अतिथीमा नेपाल प्रवासी आदिवासी जनजाति महासंघ कतारका कार्यबाहक अध्यक्ष श्री लीलाम चिडी मगर हुनुहुन्थ्यो त्यसैेगरी अतिथीहरुमा कतारमा रहेका विभिन्न संघ सस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्तिथि रहेको थियो।
- नेपाल प्रबासी तामाङ समाज कतारका महासचिब कमल तामाङ र सकृय सदस्य गुराँस घ्लान तामाङले सन्चालन गरेको यो कार्यक्रम दुई चरणमा चलाईएको थियो।उक्त कार्यक्रमको उद्घाटन कार्यक्रमका सभापति,प्रमुख अतिथि र विशेष अतिथीको हातबाट दीप प्रज्वलन गरेर भएको थियो।रास्ट्रीय गित सकिएपछी स्वागत मन्तब्य नेपाल प्रबासी तामाङ समाज कतारका सकृय सदस्य धिरेन्द्र तामाङले दिएका थिए भने कार्यक्रमको औचित्य र उदेस्यको बारेमा नेपाल प्रबासी तामाङ समाज कतारका प्रथम उपाध्यक्ष तिर्थ थिङ तामाङले प्रष्ट पारेका थिए।मन्तब्य दिनेक्रममा नेपाल प्रबासी तामाङ समाज कतारका संरक्षक सुक बाहादुर तामाङले यो सस्था सन २००५ देखि स्थापना भएको र आज कतारमा बसेर १३ औ ल्होछार यति ठूलो भिडका बिचमा मान्न पाउँदा अत्यन्तै खुसी रहेको बताउनुभयो।विशेष अतिथीको मन्तब्य श्री लीलाम चिडी मगरले दिएपछी कार्यक्रमकी प्रमुख अतिथी श्रीमती गिरिजा शर्माले नेपाल चार जात छत्तीस बर्णको फुलबारी रहेको र हामी सबैले हाम्रो धर्म सस्कार सभ्यता र परमपरालाई बचाउनु हाम्रो कर्तब्य रहेको र बचाउन सके मात्र सक्षम तथा सुन्दर नेपालीको रुपमा बिस्वभरी चिनिने कुरा बताउनुभयो।त्यसैगरी यो महान चाडकोअबसरमा कार्यक्रम गर्नदिएकोमा कतार सरकारलाई धन्यबाद दिदै यहाँ कार्यरत सम्पुर्ण नेपाली दाजुभाई तथा दिदीबहिनिहरुलाई यहाको कल्चर र कानुनको पालना गरेर काम गर्न र्आग्रह गर्दै सम्पुर्ण उपस्थित तथा देस बिदेसमा रहनुभएका सम्पुर्ण दाजुभाई तथा दिदी बहिनिहरुलाई उत्तरोत्तर प्रगतीकोकामना गर्दै सुभकामना ब्यक्त गर्नुभयो।
- कार्यक्रमका सभापति थर्च लामाले यो कार्यक्रमलाई सभ्यभब्य पार्नकोलागी प्रदा पचाडिबाट सहयोग पुर्याउनुहुने सबैमा धन्यबाद ब्यक्त गर्दै पहिलो चरणको कार्यक्रम औपचारिक रुपमा सकिएको घोषणा गर्नुभएको थियो।
- दोस्रो चरणको कार्यक्रममा स्वागत गीत उत्तर सङुल तामङ र साथीहरुले गाउनुभएको थियो।तेसैगरी बिरेन्द्र दोङ,पासाङ मोक्ताङ,भिम तामाङ,कुमार उख्रेलीले गाउनुभएको थियो र स्वागत नृत्य स्थानिय कलाकार तथा नृत्य निर्देशक श्री पाख्रीन तामाङ,सिर्चेन तामाङ,अमृत लामा,मनिशा तामाङ,बिष्णु लिम्बू, बिमला कार्की,जङ्गे लोप्चनले प्रस्तुती दिनुभएको थियो।यो कार्यक्रमलाई भब्य सब्य रुपमा मनाउनकोलागी नेपालबाट कलाकारहरु म्हेन्दोमाया गायिका शान्ती माम्बा तामाङ,तामाङ चलचित्रकी चर्चित नायिका तथा निर्देशक निर्माता सुकु मोक्ताङ तामाङ,सङीत्कार तथा म्हेन्दोमाया गाएक रोशन फ्युबा तामाङ,वरिष्ठ सङीतकार तथा गाएक टीका बम्जन तामाङ,लोक गायिका तथा सेलो गायिका ईन्दिरा गोले गुरुङ र सैलुङे गाएक प्रेम लोप्चन तामाङले गित गाएर दर्शक स्रोताहरुलाई छमछमी नचाएका थिय।अझै दर्शक स्रोताहरु नाच्नको लागि वन्स मोर भन्दै थिए ।
- आफ्नै मौलिक रितिथिती कला सस्कृती र झाकीमा रहेको उक्त कार्यक्रमको लागि श्री बाबू योन्जन,श्री सोमन तामाङ,श्री असोक सिङ्दन,इन्द्र पाख्रीन,एसिएन गोल्ड,अलि बिन अलि पेप्सी लगाएत ब्यक्ती तथा सस्थाहरुले प्रायोजन गरेका थिए।
यसै कार्यक्रमका बिचमा गाएक नेपाल प्रबासी तामाङ समाज कतारका सदस्य भिम लामा तामाङको पहिलो गीति एल्बम "
मेरो रहर" को बिमोचन पनो भएको छ।