मुग्लानी खबर- ४ साउन
धादिङ जिल्लाको "रुबिभ्याली गाउँपालिका"को पाँचौ गाउँसभाले आर्थिक वर्ष २०७६/७७ को लागि २८ करोड ४ लाख ७१ हजार बजेट प्रस्तुत गरेको छ ।
गाउपालिका उपाध्यक्ष बिना लामाले आर्थिक वर्षको नीति तथा कार्यक्रम सहित बजेट प्रस्तुत गरेकी हुन्।रुबिभ्याली गाउँसभाले आर्थिक विकासतर्फ ६ करोड ५१ लाख,१२ हजार कुल बजेटको २३.२३%, पूर्वाधार विकासतर्फ १४ करोड १० लाख १६ हजार ५०.२७% र सुशासन तथा अन्तर सम्बन्धित क्षेत्रतर्फ ७ करोड ४३ लाख ४३ हजार २६.५०% बिनियोजन गरिएको गाउँपालिका उपाध्यक्ष बिना लामाले बताए ।
रुबिभ्याली गाउपालिकालाई समृद्ध बनाउनको लागि विभिन्न क्षेत्र र निर्माण र बिस्तार र ब्यबस्थापनमा आर्थिक बर्ष ७५/७६ को बजेट बिनियोजन गरिएको छ जस अनुसार कुल बिनियोजन मध्ये भवन निर्माण मा रु ४ करोड ९६ लाख ३९ हजार,फर्निचर सवारी साधन तर्फ रु.३४ लाख ५० हजार,कृषि तथा पशुधन अन्तर्गत रु. ३० लाख,सडक तथा पुल निर्माण तर्फ रु.२ करोड ७२ लाख, बिधुत तथा संरचना निर्माण तर्फ रु.४९ लाख ५० हजार,खानेपानी तथा संरचना निर्माण तर्फ रु.५४ लाख,बाताबरण तर्फ रु.५ लाख,सार्बजनिक निर्माण तर्फ रु.१ करोड ९२ लाख ५० हजार,पर्यटन पुर्बाधार तर्फ रु. ४२ लाख,पुजिगत अनुसन्धान तथा परामर्श तर्फ रु. २५ लाख,भैपरी आउने पुजिगत खर्च तर्फ रु.३० लाख,समपुरक कोष तर्फ रु. १ करोड ७० लाख २७ हजार,कार्यक्रम खर्च रु. ८ लाख,चालू खर्च तर्फ रु. ६ करोड ५१ लाख १२ हजार ,ससर्त अनुदान तर्फ रु. ७ करोड ४३ लाख ४३ हजार गरि कुल २८ करोड ४ लाख ७१ हजार बजेट बिनियोजन गरिएको प्रस्तुत गरिएको थियो।
“खनिज,जटिबुटि,पर्यटन,जलस्रोत र विपद प्रतिरोधी पुर्वाधार: सुन्दर रुविभ्यालीको आधार" भन्ने मान्यतालाई स्थापित गरिने नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ, उपाध्यक्ष बिना लामाले बताइन् आफ्नो कार्यकाल भित्र प्रत्येक टोल टोलमा सडक,गुणस्तरीय शिक्षा,स्वास्थ्य,स्वच्छ वातावरण तथा मदिरा मुक्त गाउपालिका बगैचा र फूलबारी सहितको घर, सरसफाई युक्त सुन्दर वस्ती भन्ने मान्यतालाई स्थापित गरी वैकल्पिक उर्जाको प्रयोगमा प्रेरित गरिनेछ ।
जैविक उर्जा,वैकल्पिक उर्जा,जलविद्युत लगायतका उर्जाहरुको विकास र आयात गरी “उज्यालो रुबिभ्याली” अवधारणा लागू गरिनेछ,अध्यक्ष चेरुङ तामाङले बताए ।
रुबिभ्याली गाउँपालिका ३ का जेष्ठ नगरिक यहरुङ तामाङ प्रमुख अथिती कार्यक्रम संचालक सिवा प्रसाद पौडेल स्वागत मन्तब्य प्रमुख प्रशासकीय अधिकृत धनेश्वर पौडेलले गरेका थिए।