मुग्लानी खबर- २६ असार
दोहा- कतार , म्हेन्दोमाया समाज दोहा कतारको आयोजनामा “दोस्रो म्हेन्दोमाया साँझ २०१९” बृहत साँस्कृतिक कार्यक्रम हुने भएको छ।
तामाङ समुदायमा गायन क्षेत्रबाट आफ्नो पहिचाहन बनाउन सफल नेपालबाट आमन्त्रित अतिथि कलाकारहरुमा चर्चित म्हेन्दोमाया गायक आशिष गोङ्बो तामाङ,चर्चित सेलो गायिका बबिता पाख्रीन तामाङ,चर्चित म्हेन्दोमाया गायिका सीता लामा तामाङपनि उक्त कार्यक्रमलाई सभ्य तथा भब्य रुपमा सफल पार्न कतार आउने भएका छन।
आगामी अगस्ट १६ तारिख शुक्रबारका दिन दोहा स्थित गल्फ प्याराडाइज होटेलमा हुन लागेको उक्त कार्यक्रममा उपस्थित तामाङ तथा गैर तामाङ नेपाली दाजुभाई दिदिबहिनिहरुलाई भरपुर मनोरञ्जन दिनको लागि नेपालबाट ख्याती प्राप्त तामाङ कलाकार हरुलाई आमन्त्रण गरिएको हो । साथै नेपाल प्रवासी तामाङ समाज कतार, म्हेन्दोमाया समाज कतार, नेपाल तामाङ कलाकार संघ कतारमा क्रियासिल कलाकारहरु सुन्दर मोक्तान, कुमार ओख्रेली, सिर्चेन तामाङ, लगायतले तामाङ समुदायको संस्कृति झल्किने गायन, नृत्यहरु प्रदर्शन गर्ने आयोजक समितिले जनाएको छ ।
“भाषा, धर्म, लिपी, भेषभुषा र संस्कार संस्कृतिको जगेर्ना म्हेन्दोमायाको अभियान” भन्ने मुल नाराका साथ नेपाल प्रवासी तामाङ समाज कतारको प्रत्यक्ष संरक्षकत्वमा सन् २०१६ मा स्थापना भएको म्हेन्दोमाया समाज कतारले दोस्रो पटक “म्हेन्दोमाया साँझ” कार्यक्रम आयोजना गर्न लागिएको समाजका अध्यक्ष प्रकाश मम्ब तामाङले बताए । पछिल्लो समय निकै चर्चामा रहेको म्हेन्दोमाया गित संगीतलाई अझै विश्वब्यापिकरण बनाउनको निमित्त म्हेन्दोमाया साँझ कार्यक्रमलाई निरन्तरता दिदै आएको अध्यक्ष तामाङको भनाइ रहेको छ ।
अन्त्यमा कार्यक्रमको आयोजना भैरहेको हुँदा दोहा कतार बासी सम्पुर्ण तामाङ तथा गैर तामाङ दाजु भाइ दिदी बहिनिहरु समाजमा आबद्ध व्यक्तित्वहरु बुद्धिजीवी, पत्रकारहरुमा उपस्थित भै भरपुर मनोरञ्जनको लागी उपस्थित भैइदिनको लागि आयोजक टिम हार्दिक अनुरोध गरेको छ।