मुग्लानी खबर-२६ असार
प्रदेश न ५ रोल्पाको माडी गाउपालिका वडा न:३ का १२ बर्षे बालक दिपेन्द्र बुढाको आर्थिक अभावका कारण प्राणघातक रोग बोन म्यारोको उपचारमा समस्या उत्पन्न भएको छ।
तस्बिर पिडित दिपेन्द्र बुढा
मान्छेको जिवनमा कहिलेकाही यस्तो कहालीलाग्दो घटना घट्छ जुन शब्दमा ब्यक्त गर्न पनि कठिन हुन्छ।जुन कुराको कल्पना पनि गर्न सकिँदैन त्यही कुराको भुमरीले च्यापिदिन्छ जिन्दगीका काला बादलहरु मडारिन्छन बर्सिन्छन मोटा मोटा असिना दानाहरु सङ्गै जिन्दगीका सारा खुसीहरु क्षतबिछ्यद हुन पुग्छन हो त्यस्तै घटना घटेको छ प्रदेश न ५ स्थित रोल्पा जिल्लाको माडी गाउपालिका वडा न ३ तालाबाङ निबासी बुवा पन्चाराम बुढा र आमा हिमा बुढाको परिवारमा।
तस्बिर बोनम्यारो पिडित दिपेन्द्र बुढा
परिवारको सानो खुशी अनि बाल बच्चाको उज्वल भबिस्य, राम्रो पढाईको सपनाका खातिर साउदी अरबको तातो घामपानी सङ पौठे जोरी खेल्दै गरेका बुवा पन्चाराम बुढा र रोल्पाको बिकट गाउमा कुटो कोदालो घाँस दाउरा गर्दै जिबोकोउपार्जन गर्दै आयकी आमा हिमा बुढा मगर दम्पतीका दाङ तुल्सीपुरमा अध्यनरत एक्ला छोरा १२ बर्षिय दिपेन्द्र बुढा जब बोन म्यारो जस्तो प्राण घातक रोगबाट ग्रसित भएको थाहा भयो अनि छाङ्गाबाट खसे जस्तै भए। अहिले उनी काठमान्डौ स्थित टिचिङ हस्पिटलको बेडमा रोगसङ्ग लडिरहेका छन।तर भएको केही आर्थिक पनि सकिएपछी अबका दिनमा रोग सङ्ग लड्न उनी सक्छन या सक्दैनन त्यो अनिस्चितता सङ्गै रोग सङ्ग लड्न देश तथा बिदेशमा छरिएर रहेका लाखौ सहयोगी मनका धनि ब्यक्तिहरुको आशा सिवाय अरु केही छैन।
गाउपालिकाबाट उपलब्ध सिफारिस
छोराको उपचारका लागि रोल्पाबाट काठमाडौ आइपुगेकी आमाका आँखा ओभाएका छैनन।आफ्नो मुटुको टुक्रा १२ बर्षे छोरा यसरी आफ्नै आँखा अगाडी मृत्युसङ लड्दै गर्दा उनको मन कस्तो भईरहेको होला त्यो शब्दमा ब्यक्त गर्न सकिँदैन।सर्बप्रथम स्कुल जाने क्रममा खुट्टा चलाउन नमिल्ने चक्कर लाग्ने दम बढ्ने ,गिजा सुन्निने,गिजा तथा मुखबाट खुन निस्किने जस्ता रोगको लक्षणबाट शुरूवात भएको बिरामी दिपेन्द्र बताउछन।अहिलेपनी आवस्यकता अनुसार खुन नचढाउदा मुख तथा गिजा बाट खुन आउदछ।उनिलाई हेरिरहेका डक्टरको भनाई अनुसार उनिलाई औसधिले नभई बोन म्यारो ट्रन्सप्लान्ट गर्नुपर्ने र जस्को लागि करिब १० लाख धरौटी राख्नुपर्ने बताएका छन अन्य खर्च कति लाग्ने बारेमा परिवारजन अनभिज्ञ रहेका छन भने अहिले सम्म ८ लाख सकिसकेको परिवार बताएका छन।
टिचिङ अस्पताल रिपोर्ट
गरिब परिवार र आर्थिक समस्याका कारण बालक दिपेन्द्रको ज्यान नै खतरा भैसके पछि आमा हिमा बुढा विभिन्न सामाजिक सन्जाल तथा मिडिया द्वारा छोरा बचाईदिन सहयोगको अपिल गरिरहेकी छिन।उनिलाई सहयोग गर्न चाहने महानुभावहरुले एभरेस्ट बैन्क लिमिटेडको आमा हिमा बुढाको नाममा रहेको खाता नम्बर (०३३००५२५२०००७७) मा केही आर्थिक सहयोग पठाई मद्धत गर्न सक्नुहुनेछ।बाकी जानकारीको लागि आमा हिमा बुढाको मोबाइल नम्बर (९८६३१३५७९४) मा सम्पर्क गर्न सक्नुहुनेछ।
सहयोगको लागि बैन्क खाता
उक्त दुखद घटनालाई भिडियो बनाई लेकाली अनलाईन टिभिले प्रशारण गरेपछी बिगत लामो समयदेखी कतारमा कार्यरत दुचिमार्ग १० बुद्धचोक पोखरा निबासी बिष्णु कुमार श्रेष्ठको पनि आखाबाट आँसु बर्सियो,पिडाबोध भयो र दयालु मनका समाजसेवी श्रेष्ठको अगुवाइ तथा तालाबाङ रोल्पा निबासी दल बहादुर बुढा मगर,भानु नपा चुदीरम्घा तनहुँका गणेश गहतराज, ताराखोला ५ बाग्लुङका चिरण रोका,गजुरी ६ धादिङका भुवन लामिछाने मगर र बनगाड कुपिन्डे सल्यानका मेघ बहादुर गिरीको सकृयतामा पीडित दिपेन्द्र बुढाको उपचाररत आर्थिक सहयोगका लागि जुट्नुका साथै करिब नेपाली रुपैया १,११,०००/- नेपाल पठाउन सफल भएका छन।अनलाईन मिडिया मुग्लानी खबरलाई जानकारी गराए अनुसार जम्मा भएको रकम मध्ये १०१०००/- रुपैया चर्चित कार्यक्रम इन्द्रेणी मार्फत छिट्टै पिडितलाई हस्तान्तरण गरि केही मलम पट्टि लगाउने बताएका छन भने नेपाली १०,०००/ रुपैया दुखी र पीडितको सहारा बनेको चर्चित कार्यक्रम इन्द्रेणीका लागि समेत पठाईएको श्रेष्ठले बताएका छन।साथै देश देखि बिदेश सम्म छरिएर रहेका विभिन्न सामाजिक संघ सस्था,बुद्धिजीवी,ब्यक्ती लगाएत सम्पुर्ण नेपालीहरुले सहयोग गरिदिन समेत अनुरोध गरेका छन।
भिडियो हेर्न तल छ।
https://youtu.be/1n57CjPJepk