मुग्लानी खबर- २३ असार
दोहा- गत ५ जुलाई २०१९का दिन, कतारको औधोगिक क्षेत्र स्थित अलडल्ला ड्राइभिङ स्कुलको सभाहलमा संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) कतारको ऐतिहासिक तेस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको छ ।
संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च (सलोराम), लिम्बुवान मञ्च नेपालका अध्यक्ष कुमार लिङदेन मिराक को प्रमुख आतिथ्यमा सम्पन्न सो कार्यक्रममा सलिसाम कतारकी निर्वतमान कार्यवहाक अध्यक्ष रेखा राईको सभाध्यक्ष रहेको थियो भने उपाध्यक्ष कुमारसिं योङहाङ को स्वागत मन्तव्य र महासचिव डम्बर लिबाङले कार्यक्रम संचालन गरेका थिए ।
एकात्मक राज्य व्यबस्थाले कुठित गरेर राखेको देश र जनताको मुक्तिका लागि विगत लामो समय देखि आन्दोलनरत सलोराम लिम्बुवान मञ्च अन्तरगतको प्रवास समिति लिम्बुवान मञ्च कतार, कतारमा कार्यरत नेपालीहरुको साझा संस्थाका रुपमा स्थापीत एक क्रियाशिल संस्था हो । सो संस्थाको ऐतिहासिक तेस्रो महाधिवेशनमा गैर आवसीय नेपाली संघ अन्तराष्ट्रिय समन्वय समितिका सदस्य विमल सुबेदी, राष्ट्रिय समन्वय परिषद कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल, सलिसाम कतारका सल्लाहकारहरु देवी थेगुवा, मंगलसिं वनेम, राम चन्द्र ग्याबा तामाङ, नरेन सावाँ, नेपाल प्रवासी मञ्चका अध्यक्ष चानक पोखरेल, नेपाली जनसम्पर्क समितिका महामन्त्रि अजिज अलि, नेपाली जनप्रगशिल मञ्चका संयोजक रकम ध्वोज राई, नेपाली संघीय समाजका अध्यक्ष हिराधन राई, कतार नेपाली एकता समाज प्रथम उपाध्यक्ष धनबहादुर विक, नेपाली जनप्रगतिशिल मोर्चा का संयोजक रेशम पौडेल, लिम्बुवान महिला मञ्चका अध्यक्ष विनिता राई, अदिवासी जनजाती महासंघ कतारका प्रथम उपाध्यक्ष पुरुषोतम सुनुवार, नेपाली महिला समाजकी कार्यवहाक अध्यक्ष अमिना खान, समाजसेवीहरु सियाराम चौधरी, अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाजका अध्यक्ष तथा समाजसेवी महमद मुक्तादा, धिरज चाम्लीङ राई, सुमन चाम्लिङ राई, तिर्थ संगम राई, संखुवासभा समाजका अध्यक्ष तथा समाजसेवी लोक बहादुर राई, सीता सापकोटा, तिलक कुमाल, श्याम नेपाली नारायण हमाल, सन्ध्या ग्रुप अलखोरका कोषाध्यक्ष राज रुचाल, मुग्लानी खबर का सम्पादक गणेश क्षेत्री, किरात याक्थुङ चुम्लुङ कतारका अध्यक्ष राजेन्द्र साम्याङखाम, नपाल प्रवासी तामाङ समाजकी उपाध्यक्ष कुमारी तामाङ, थारु कल्याणकारी समा च्याटरका प्रथम सभापति श्यामलाल चौधरी, सुनुवास रेवा समाजका अध्यक्ष, प्रवासी भुजेल सेवाका अध्यक्ष मिलन भुजेल, नेपाल तामाङ घेदुङ समाजका अध्यक्ष योगेन्द्र तामाङ, खसक्षेत्री सेवा समाज का प्रवक्ता सन्तोस क्षेत्री, बागलुङ सेवा समाजका अध्यक्ष सागर पौडेल, अडल्ला ड्राइभिङका हल म्यानेजर सलिमखान, इलाम सेवा समाज का अध्यक्ष सन्तोष वान्तावा, धनकुट्टा सेवा समाजक का अध्यक्ष ललित लिम्बु, मोरङ सुनसरी सेवा समाजका सचिव नियम भुजेल, सिन्धुली सेवा समाजका प्रथम उपाध्यक्ष निरबहादुर सुनुवार, पर्वत युवा समाजका अध्यक्ष सविन्द्र श्रेष्ट, व्यावसायी तथा समाजसवी रेणु कार्की, कास्की आर्दश सेवा समाजका अध्यक्ष विश्वबन्धु थापा, दलित एकता समाजका अध्यक्ष किरण परियार, महिला समाजसेवी पुष्पा बस्नेत,पाल्पाली सेवा समाजका अध्यक्ष महल क्षेत्री, अर्घाखाची सेवा समाजका महासचवि वालाराम पाण्डे, गुल्मी सेवासमाजका अध्यक्ष अविन्द्र आर्चाय, प्रदेश नं. ३ समन्वय समितिका अध्यक्ष समिर केशी, स्याङजा सहयोग समाजका अध्यक्ष अजमद अलि, मोना म्याग्दी का अध्यक्ष तिलु शर्मा पौडेल लगायत अतिथि रहेको सो कार्यक्रममा दर्जन बडिले शुभकामना मन्तव्य राखेका थिए ।
शुभकामना मन्तव्यको क्रममा सलिसाम कतारको ऐतिहासिक तेस्रो राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्न नेपाल बाट आएका पार्टी अध्यक्ष लिङदेनले आफ्नो पार्टी नेपालमा पहिचान, संघीयता, समानता र राष्ट्रियताका पक्षमा निरन्तर लडिरहने पार्टी भए पनि प्रवासको हकमा हाम्रो सामाजिक स्वरुप भएकोले कतारमा कार्ययत नेपालीहरुमा कुनैखाले समस्याहरु आइ लागे? कुन जाति? कुन पार्टी? कुन क्षेत्रको? नभनी नेपालीको हैसीयतले सबै भन्दा पहिले त्यस किसिमका समस्या संग जुध्नका लागि सलिसाम कतार पुग्नु पर्ने भनि आफ्ना कार्यकर्तालाई सुजाए । यसैगरि देशमा लामो समय देखि सत्ता र शक्ति हातमा जमाएकाहरुले देश र जनताको भविश्यलाई भन्दा आफ्नो भविश्य निर्माणमा मात्र तल्लिन देखिएले अव यी शासक वर्ग संग कुनै खाले आसा गर्न गलत हुने भन्दै देश विदेशमा छरिएर रहेका युवाहरु सचेत हुनु पर्ने भन्दै अब देश र जनताका लागि बैकल्पीक शक्तिका रुपमा सलोराम नेपालले निक्कै उचाई लिई सकेकोछ, यस संगठनको अभियानमा सबैले साथ सर्मथन गर्न सके? छोटो समयमै नेपालीहरुका हरेक खाले सपाना पुरा हुने जिकिर गरे । त्यसैगरि अहिले शासकहरुले प्रवासी युवाहरुलाई उपयोग गरि उनिहरुको निजि समस्या समाधानका लागि रेमिटेन्स भित्रउने कार्यमात्र गरेको र प्रवासी युवाहरुका लागि कुनै खाले नया एजेण्डाहरु ल्यान नसक्ने लाचर शासकहरुको कार्यशैली प्रति गम्भिर रहनुपर्ने भन्दै अवका चुनावहरुमा रेमिटेन्स भित्राएर देश धान्ने सघाउने प्रवासी युवाहरुलाई प्रवासबाटै मताधिकार प्रयोग गरी आफुले चाहेको उम्मेदवारी चयन गर्न पाउने व्याबस्था हुनुपर्ने र त्यसका लागि प्रवासी युवाहरु सकरात्मक बन्नुहोस, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ले शसक्त अभियान चाल्नेछ, लिङदेनले भने ।
सम्पन्न अधिवेशन द्धारा र्निविरोध रेखा राईको अध्यक्षतामा ५१ जनाको (२०१९–२१) कार्य समिति बनेकोछ । सो कार्य समितिमा बरिष्ठ उपाध्यक्ष डम्बर लिबाङ मिसेक, उपाध्यक्षहरु सागर तुम्बाङफे, तेजबहादुर थेवे, नेत्र केरुङ, लोक बहादुर कुरुम्बाङ रहेकाछन् भने, महासचिव नगेन पाक्सावा, उपमहासचिव द्वय देवी प्रसाद आङदेम्बे, सुजन पराहाङ लिम्बु, अर्थसचिव कुमार सिं योङहाङ, सह–अर्थससचिव महेश राई, सदस्यहरु विनिता राई, ललित सन्यक्पा लिम्बु, होम खेसेहाङ फियाक, मेघराज इजम, खगेन्द्र नेम्बाङ, अमृत कुरुम्बाङ, भुमिराज योङहाङ लिम्बु, संयोज योङहाङ लिम्बु, मोहन याक्केक योङहाङ, श्रीहाङ जबेगु लिम्बु, बुद्ध लक्सम्बा, अमिर लावती लिम्बु, मिथुन प्रसाद लिम्बु, सुनिता चेम्जोङ, मञ्जु सावाँ, सुजता लावती, मौसम लिङदम, हर्क खजुम, दिपेन चम्जोङ, रुपा लिम्बु चेम्जोङ “ए”, रिता कुमारी आङदेम्बे, राज रुचाल, विष्णु ताम्लीङ, देउ प्रसाद आङदेम्बे, याम बहादुर काङबा, मोहन केदेम, भिम पराहाङ, रविन कुरुम्बाङ, तुलसि मिभक, रुपा चेम्जोङ “वि”, सजता लावती, डिकलाल लिम्बु, रविन विश्वकर्मा, देउ बहादुर सम्बाहाङफे, प्रकाश हाङगाम, हेम लिबाङ, मिलन ब. तुम्सा, रण ब. लिबाङ, विशाल लिम्बु, महन केदेम र नविन धामी रहेका छन् ।
सो अधिवेशन कार्यक्रमलाई थप रोचक बनाउन विविध सांस्कृतीक प्रस्तुतीहरु समेत रहेको कार्यक्रममा अमृत कुरुम्बाङ, राज गुरुङ, उर्मिला लामा, विविसा लुइटेल, गणेश दर्नाल, संगिता धल्लान, दिनेश गुरुङ, मौसम लिङदम, रुपा चेम्जोङ, देउ प्रकाश आङदेम्बे, सुजता लावती, सुरेश आङदेम्बे, रिना “जेनि” आङदेम्बे, देउ बहादुर सम्बाहाङफे, पुर्णिमा योङहाङ, सुनिता चेम्जोङ, शिसाल लिम्बु, खगेन्द्र लिम्बु लगायतले विभिन्न कला प्रस्तुत गरि कार्यक्रमलाई थप रोचक बनाएका थिए । साथै सो कार्यक्रममा कलाकार, खेलाडी र अन्य सहयोगी व्यक्ति तथा संस्थाहरुलाई सम्मान कार्यक्रम समेत रहेको थियो ।