मुग्लानी खबर-१५ असार
मुग्लानी सौगातको ७२ औ साहित्यिक वाचन डबली का साथै सन्ध्या फिल्म्स एन्ड मिडिया प्रा लीद्वारा निर्मित दोश्रो म्युजिक भिडियो " ओए काले" कतार स्थित अल्खोरमा बोमोचन भएको छ।
सन्ध्या ग्रुप अल्खोर कतार मुग्लानी सौगातको आयोजनामा भएको उक्त कार्यक्रममा सस्थाका कार्यबहाक अध्यक्ष गणेश क्षेत्रीको सभापतित्व तथा एन आर एन ए( एन सी सी) कतारका अध्यक्ष नवीन पोख्रेलको प्रमुख आतिथ्यता भएको थियो।उपस्थित हुुुुनेहरुमा सस्थाका सल्लाहकारहरु राम प्रसाद पराजुली,राम जि अधिकारी रहेका थिए।त्यसैगरी विशेष अतिथिहरुमा अनेसास कतारका अध्यक्ष प्रेम प्रसाद भट्टराई,नबोदित साहित्य वाचनालय कतारका सदस्य सागर भन्डारी "बिभोर",प्रबाशी नेपाली मंचका का वा महासचिब प्रभात त्रिपाठी,कतार नेपाली एकता समाजका कोषाध्यक्ष राम इन्द्र थिङ,नेपाल प्रबाशी तामाङ समाज कतारका अशोक सिङ्तान,नेपाली जन प्रगतिशिल मंच कतारका का वा महासचिब प्रभात त्रिपाठी,बिबेकशिल नेपाली कतारबाट टीका दुलाल,जेस्ठ नागरिकहरु नारायण अधिकारी,हरिकला अधिकारी आधुनिक चर्चित गायिका रमा अर्याल लगाएतको उपस्थिती रहेको थियो त्यसैगरी अतिथिहरुमा म्हेन्दोमाया समाज कतारका सह- कोषाध्यक्ष रबिन तामाङ,नेपाल तामाङ कलाकार संघ कतारका अध्यक्ष सबिना लोप्चन,गीतकार तथा सङ्गीतकार घनश्याम तिवारी,कलाकार तथा मोडल केशब भट्टराई ,सस्कार नेपाल कतारका कृष्ण रिमाल,जरोकिलो कतार संयोजक दिलिप शर्मा,समाजसेबी सुदिप पान्डे,समाजसेबी तथा डक्टर राजेश कुमार पौडेल,राजधानी अन्तरास्ट्रिय साप्ताहिक पत्रीकाका कतार प्रतिनिधि दिल कुमार श्रेष्ठ लगाएत सङ्गीतप्रेमी साहित्यप्रेमी नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको उल्लेखनीय सहभागिता रहेको थियो।
दिप प्रज्वलन तथा राष्ट्रिय गान बाट शुरु भएको उक्त कार्यक्रममा सस्थाका उपाध्यक्ष अर्जुन कुमारले सम्पुर्ण उपस्थितलाई स्वागत मन्तब्यबाट स्वागत गरेका थिए। त्यसको लगत्तै बिशिस्ट ब्यक्तिहरुका हातबाट सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको दोस्रो प्रस्तुती " ओए काले" को बिमोचन गरिएको थियो।सबैजनालाई उक्त भिडियो बजाएर सम्पुर्ण उपस्थित हरुलाई देखाईएको थियो।उक्त भिडियो निर्देशक सुरज तामाङ द्वारा निर्देशन ,मोडल तथा डान्सर राज गुरुङ द्वारा कोरियोग्राफर गरिएको छ।जस्लाई मोडल राज गुरुङले भिडियो बनाउदाका चुनौती अवशर र म्युजिक भिडियोका बारेमा आफ्ना शब्द राख्दै भिडियो निर्माणका बेला सहयोग पुर्याउने सम्पुर्णमा धन्यबाद दिएका थिए।त्यसैगरी सन्ध्या फिल्म्स एन्ड मिडिया प्रालीको ब्यानरमा बनेको यो भिडियो पहिलाको भन्दा धेरै राम्रो बनेकोमा उनी बिस्वस्त समेत थिए।उनले यो कार्यमा आफुसङ्ग सहकार्य गर्ने कलाकारहरुलाई यो आफ्नो मात्र सफलता नभई सम्पुर्ण कलाकारहरुको सफलता रहेकोले सबैको पक्षबाट अझै मिहिनेत गर्दै एकता हुनुपर्नेमा जोड दिएका थिए।भने मोडल तथा कलाकार केशब भट्टराईले म्युजिक भिडियो विभिन्न बाधा अड्चनका बिच पनि अत्यन्तै राम्रो भएको र अझै पनि प्रयास गर्नुपर्ने सुझाब दिदै अहिले नै सफलता नसोची शुरूवात सोच्नुपर्ने बताएका थिए।
बिशेष गरि मुग्लानी सौगातको ७२ औ साहित्यिक वाचन डबली भएकोले कतारका विभिन्न क्षेत्रमा रहेका साहित्यकारहरुले आफ्ना साहित्यिक कोशेलीहरु वाचन गरेर सुनाएका थिए जस अनुसार राम जि पौडेल क्षेत्री,कृष्ण रिमाल,राम आचार्य " सायर",खेमराज सुवेदी,पामेल उपाध्याय ,सागर बिभोर भन्डारी,प्रभात त्रिपाठी,नारायण निर्जल,बिन्दा लामा,शुकबिर ओली,सन्जीव खाती लगाएतका स्रस्टा तथा सर्जकहरुले रचना बाचन गरिएका थिए।त्यसैगरी चर्चित गायिका रमा अर्यालको स्वर तथा नवीन पोखेरेलको शब्द तथा सङ्गीत रहेको "तिमी त हौ नि मलाई सबै भन्दा माया गर्ने" बोलको आधुनिक गीतको अडियो सुनाउदा दर्शक स्रोताहरु छमछमी नाचेका थिए भने यो गीतको भिडियो छिट्टै बन्ने र बजारमा रिलिज हुने गायिका अर्यालले बताएकी थिइन।
कार्यक्रम मुग्लानी सौगातको ७२ औ साहित्यिक बाचन डबली तथा म्युजिक भिडियो "ओए काले" को बिमोचन "को सफलताको लागि शुभकामना दिनेहरुमा राम इन्द्र थिङ,अशोक सिङ्तान,सबिना लोप्चन,दिलिप शर्मा, सस्थाका सल्लाहकार राम प्रसाद पराजुली लगाएतका ब्यक्तित्वहरुले दिएका थिए साथै सन्ध्या ग्रुप अल्खोर कतार तथा मुग्लानी सौगातको निरन्तर सफलता साथै म्युजिक भिडियो "ओए काले" को अपार सफलताको शुभकामना समेत दिएका थिए।
कार्यक्रमका बिशेष अतिथी अनेसास कतार का अध्यक्ष तथा म्युजिक भिडियो ओए कालेका समिक्षक प्रेम प्रसाद भट्टराईले बोल्दै प्रबासी भुमीमा विभिन्न डिउटीका बबजुद पनि यसरी क्रमिक रुपमा भिडियो निर्माण गर्नु ठूलो सफलता रहेको र कलाकार भाइ बहिनिहरुले गरेको मिहिनेत तथा परिस्रम सह्रानिय रहनुका साथै आगामी दिनमा अझै राम्रा भिडियो बनुन भन्ने शुभकामना दिनुकाका साथै "पृयाले दिईन पिए हल्का हल्का" भन्ने गजल बाचन गरेर सबै उपस्थित दर्शक स्रोतालाई सुनाएका थिए।
त्यसैगरी कार्यक्रमका प्रमुख अतिथी नवीन पोख्रेल बोल्दै आफुपनी साहित्य र सङ्गीत प्रती रुचि राख्ने भएकोले पनि यो ७२ औ बाचन डबलीमा आउन पाउँदा खुशी भएको बताउदै आगामी दिनमा मुग्लानी सौगातलाई अझै ससक्त रुपमा अगाडी बढाउनको लागि आफुबाट हुने साथ सहयोग गर्न सधै तयार रहेको प्रतिबद्धता जनाएका थिए।त्यसैगरी यो कार्यक्रमलाई अल्खोर केन्द्रीत निरन्तर रहोस भन्ने पनि सुझाब दिएका थिए।
कार्यक्रमको अन्त्यमा सभापती गणेश क्षेत्रीले हाम्रो निमन्त्रणा लाई स्वीकार गरि सफल बनाईदिन उपस्थित सम्पुर्ण संघ सस्थाबाट प्रतिनिधित्व गरेर आउनुहुने ब्यक्तित्वहरु,समाजसेबी, पत्रकारहरु प्रायोजकहरु,कलाप्रेमी मित्रहरु र साहित्य अनुरागी मित्रहरुमा धन्यबाद दिदै आगामी दिनमा पनि यसरी साथ सहयोग पाउनेमा सन्ध्या ग्रुप अल्खोर कतार बिस्वस्त रहेको भन्दै आफ्नो गजल बाचन गर्दै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण सस्थाका सह सचिब अर्जुन पौडेल र सदस्य आरोही सुनुवारले गरेका थिए।