मुग्लानी खबर- ३ आसाढ २०७६
"उदय मनिला सोताङ युगल साङ्गेतिक साझ" साथै सुचना प्रवाह ब्यबस्थापन तालिम तथा सचेतना कार्यक्रम कतारको डल्ला ड्राभिङ हल थ्रीयटर मा गत १४ जुन शुक्रबारका दिन भब्यताका साथ सम्पन्न भएको छ।
नेपाल पत्रकार महासङ्घ कतार साखाको आयोजना तथा आनेसास कतार च्यापटर,नवोदित साहित्य वाचनालय कतार र लोक दोहोरी गीत प्रतिष्ठान कतार साखा र नेपाली कला केन्द्र कतारको सह आयोजनामा भएको उक्त कार्यक्रममा नेपाल पत्रकार महासङ्घ कतार साखाका अध्यक्ष करिम बकस मियाको सभापतित्व तथा नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यता भएको हो।त्यसै गरि बिशेष अतिथिमा नेपाल पत्रकार महासङ्घ कतार साखाका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार गणेश प्रसाद बन्जाडे,सल्लाहकार क्रान्ती सिंह ,पुर्ब अध्यक्ष कुमार कार्की,गण्डकी प्रदेश उपाध्यक्ष नारायण शर्मा, पत्रकार सन्तोष पौडेल लगाएत विभिन्न समाजिक बैचारिक धार्मिक जातिय सङ्घ सस्थाका प्रतिनिधिहरु, कलाकार, पत्रकार लगाएत नेपाली दाजुभाई तथा दिदिबहिनिहरुको बाक्लो उपस्तिथि रहेको थियो।
कार्यक्रममा प्रशिक्षक बिपुल पोख्रेलले सामाजिक सन्जाल र समाचारका बारेमा स्पष्ट पार्दै सुचना प्रबाहमा बिशेषत आफू रहेको भुगोल ,सस्कृती,देशको कानुन, मूल्य मान्यता र परम्पराहरुलाई ख्याल राखेर मात्र सूचना प्रवाह गर्न सकिने बताएका थिए ।समाचार लेखन सार्बजनिक महत्वको बिषय भएकोले पत्रकारले ब्यक्तिगत रोष प्रकट तथा पुर्बाग्राही रुपमा समाचार लेख्न नहुने बताए।त्यसैगरी सुचना र समाचार गलत नहुने धारणा हुनुपर्ने यसो गर्दा मात्र सबैले सहि र सत्य सुचना प्रवाह गर्न सकिने समेत बताए।प्रशिक्षण कार्यक्रम सहित अन्तरक्रिया कार्यक्रम रहेको हुँदा वरिष्ठ उपाध्यक्ष पोख्रेलले विभिन्न सहभागीहरूका जिज्ञासाहरुलाई स्पष्ट पार्दै गलत कुरालाई समाचारको रूप दिन खोज्ने ब्यक्ती पत्रकार हुन नसक्ने र भ्रामक समचार सम्प्रेषणको दुस्साहस गर्ने पत्रकारहरुलाई प्रेस काउन्सिललद्वारा कानुनी कार्बाही हुनेमा सबैलाई बिस्वस्त बनाए।कार्यक्रम उपस्थित भैई तालिम लिएका सम्पुर्णलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
प्रशिक्षण पश्चात् कार्यक्रमको दोश्रो चरणमा "युद्धका ती दिन एक पत्रकारको भोगाई" नेपाल पत्रकार महासंघ केन्द्रिय पुर्ब सचिब एबम पत्रकार संगीता खड्काद्वारा लिखित पुस्तक सार्बजनिक गरिएको थियो। दुई दशकदेखि पत्रकारितामा सक्रिय तथा प्रेस काउन्सिल नेपालको बोर्ड सदस्य समेत रहेकी सङ्गीता खड्काद्वारा लिखित उक्त पुस्तक मावोबादी जनयुद्धको उथलपुथलपूर्ण दिनहरुका अनुभव र अनुभुतिहरुलाई समाबेश गरिएको प्रतिनिधि मुलक पुस्तक को बारेमा बोल्दै देशको परिबर्तनका खातिर कलम चलाउने निडर र साहासी पत्रकार प्रती उपाध्यक्ष पोख्रेलले प्रसंशा गरेका थिए।
प्रत्येक महिनाको दोस्रो शुक्रबार दिउँसो अनेसास तथा नबोदित वाचनालय कतारको ९३ औ वाचन डबलीको सुअबसर पनि जुरेको हुँदा तेस्रो चरणमा कतारमा कार्यरत करिब दर्जन भन्दा बढी साहित्यकारहरुले गजल ,मुक्तक ,कबिता जस्ता साहित्यिक रचना वाचन गरी श्रवण गराईएका थिए। बिशेष स्रोता एक जना र भासन रहित बाचन हुने विशेषता रहेको उक्त डबलिमा विशेष श्रोता भने कार्यक्रमका प्रमुख प्रशिक्षक पोख्रेल रहेका थिए भने कार्यक्रमलाई अनेसास कतार च्याप्टरका महासचिव लेख कार्कीद्वारा सहजीकरण गरिएको थियो।
कार्यक्रमको चौथो तथा अन्तिम चरणमा नेपाल पत्रकार महासङ्घ कतार साखाद्वारा प्रथम पटक ऎतिहासिक सास्कृतिक कार्यक्रम “उदयमनिला सोताङ युगल साँस्कृतिक साँझ २०७६”प्रस्तुत गरिएको थियो।दिउसोको करिब ४ बजे बाट सुरु गरिएको उक्त कार्यक्रमलाई भरपुर मनोरञ्जन दिन नेपालबाट आमन्त्रीत नेपाली आधुनिक सुगम सङ्गीतका धरोहर चर्चित युगल जोडी उदय सोताङ र मनिला सोताङ रहेका थिए।आजसम्मकै फरक शैलीमा प्रस्तुत भएका युगल जोडी “आधी बाटो हिडेपछि ”बोलको गीत गाउदै हलको पछाडी र माथिल्लो स्टेपबाट राता र पहेला फुलहरु दर्शक र स्रोतालाई बाड्दै प्रस्तुत हुँदा हलको माहोल अत्यन्तै साङ्गितिक रौनकमय भएको थियो।दर्जनौ गीतहरुमा आफ्नो मीठो स्वर रेकर्ड गराईसकेका युगल जोडी उ र म ले आफ्ना रेकर्डिङ गीतहरु लगाएत दर्शक स्रोताहरुको फ्रोमाइस र रोजाईका गीतहरु समेत गायका थिए जस अनुसार तिमि बिना बाच्न गार्हो भो,उकाली चढौला,भिज्यो सिरानी, कालो लामो , गाजलु ति ठुला जस्ता दर्जनौ गित बाट दर्शकहरुलाई भरपुर मनोरञ्जन दिलाएका थिए l अनेसास कतार साखाका बिशेष सल्लाहकार तथा रेगिस्तानी कवि तिर्थ सङ्गम राई संयोजक रहेको उक्त सास्कृतिक कार्यक्रम पहिलो पटक कतारमा फरक शैली र सफल समेत रहेको छ भने कार्यक्रमको औपचारिक सन्चालन नेपाल पत्रकार महासंघ कतार शाखाका सचिब दिल कुमार श्रेष्ठले गरेका थिए।