मुग्लानी खबर- २ असार
काठमाडौं -राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले सरकारले गुठी व्यवस्थापनका लागि भन्दै ल्याएको गुठी विधेयक नेपालको धर्म, संस्कृति, परम्परा नष्ट गर्ने उद्देश्यबाट अभिप्रेरित रहेको भन्दै कडा रुपमा सडक आन्दोलन शुरु गरेको छ।
विभिन्न चरणोबद्ध रुपमा आन्दोलनका कार्यक्रमहरु गर्ने भएको छ जसअनुसार पहिलो चरणको आन्दोलनको कार्यक्रम अनुसार असार २ गते असनका कोणसभा गर्ने, ३ गते उपत्यकाको तीन वटै जिल्लाहरूमा विरोध प्रदर्शन गर्ने, ४ गते माइतीघर मन्डलामा बृहत् प्रदर्शन र ५ गते ललितपुरको मंगलबजारमा बृहत प्रदर्शन गर्ने कार्यक्रम रहेको सो पार्टीका नेत्री केन्द्रिय सदस्य तथा कार्यसम्पादन समितिका सदस्य दिलमाया तामाङ (राना)ले मुग्लानी खबरलाई जनाएका छन ।
सोही अनुसार राप्रपा (संयुक्त) को भातृसंगठन राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको संयोजकत्वमा आज असन चोकमा बृहतकोण सभा गरेको छ ।
कोणसभालाई सम्बोधन गर्दै केन्द्रीय संघर्ष समितिका संयोजक तथा उच्चकार्यसम्पादन समितिका सदस्य राजाराम श्रेष्ठले सरकारले ल्याएको गुठी विधेयक नेपालिहरुको धर्म, संस्कृति, परम्परालाइ नष्ट गर्दै भु–माफियाहरूको स्वार्थ सिद्धीका लागि ल्याएको आरोपसमेत लगाएका छन।
हाम्रो मौलिक सांस्कृतिक पहिचान मौलिक सभ्यतालाई समाप्त पार्दै कृश्चियन धर्मलाई स्थापित गर्न गूठी विधेयक ल्याएको भन्दै तत्काल फिर्ता नगरे आफ्नो मौलिक पहिचानका निमित्त थप आन्दोलन गर्ने चेतावनी दिएका छन।
त्यसै क्रममा राष्ट्रिय प्रजातान्त्रिक युवक संगठनको अध्यक्ष राजु लोहनीले नेपालको मौलिक संस्कृति, परम्परा अनि सम्पदा कुनै सरकारी कर्मचारी अथवा तिनका सरकारले जोगाएका हैनन , नेपाली जनता स्वयंले जगेर्ना गर्दै सैयौ बर्षदेखि इज्जतसाथ बचाइरहेका हुन् । यसैले जनता स्वयंले निभाउदै आएको धर्मलाई भु-माफिया लगायतको मिलोमतोमा नेपालको परम्परा , धर्म र संस्कृतिको बिनास गर्ने हेतुले "गुठी बिधेयक" नामक प्रयोजित षड्यन्त्रको यो अघोषित लडाइ केवल नेवार जातिसङ्ग मात्र नभई हामी समस्त धर्म , संस्कृति , परम्परा र सम्पदालाई मान्ने र जोगाउन चाहने हिन्दु र बुद्ध धर्म ,किरात सिख,प्रकृतिपुजक लगाएत सम्पुर्ण नेपालमा बसोबास गर्ने ९२% ओमकार परिवार सङ्ग हो। हामी चाहे जुनसुकै जातका भएपनी हरेक पर्व , जात्रा , भगवान हाम्रा लागि प्रीय , आराध्य र इष्ट हुन् । तिन्का सरकारको तथाकथित गुठी बिधेयकले हामी सबैको भावनामा चोट पुगेको छ । अहिले त बल्ल उपत्यका जाग्न थालेको छ ... यो जगाइ अझै तिब्र हुँदै यसरी फैलिनेछ कि यसले देशब्यापी रुप लिनेछ ...त्यसपछी त्यो बिकराल चेतना अनि बिरोधले त्यो गुठी बिधेयक मात्र हैन कि बरु सम्पुर्ण सत्ता र शासननै परिवर्तन समेत हुने चेतावनी समेत दिएका छन।
साथै उनले आफ्नो धर्म , संस्कृति , परम्परा , सम्पदा बचाउने अभिभारा हामी हिन्दु बुद्ध लगाएत सम्पुर्ण धर्म मान्ने सम्पुर्ण जातजातिका नेपालीहरुको भएकोले उक्त बिधेयक बिरुद्धमा जुन सुकै पार्टी संघ सस्था लगाएत तीन करोड नेपालीहरु एकजुट भई एकै ठाउँमा उभिन समेत बिनम्र अनुरोध गरेका छन।