मुग्लानी खबर- २ असार
दाङ देउखुरी सेवा समाज कतारले नेपाल पत्रकार महासङ्घका वरिष्ठ केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेललाई सम्मानपत्रद्वारा सम्मान ब्यक्त गरेको छ।
दाङ देउखुरी सेवा समाज कतारद्वारा नज्मा स्थित युनिक रेस्टुरेन्टको सभाहलमा दङाली तथा गैर दङालीसङ्ग भेटघाट तथा सम्मान कार्यक्रम सम्पन्न गरेको हो।कार्यक्रममा नेपालबाट नेपाल पत्रकार महासङ्घ कतार साखाद्वारा सुचना प्रवाह तथा प्रशिक्षणको लागी आमन्त्रित नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेललाई समाजद्वारा खादा ओढाई सम्मान पत्र हस्तान्तरण गरि सम्मान ब्यक्त गरिएको हो।
सस्थाका अध्यक्ष हेम राज बस्नेतको सभापतित्व तथा नेपाल पत्रकार महासङ्घका वरिष्ठ केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलको प्रमुख आतिथ्यमा भएको उक्त कार्यक्रममा बिशेष अतिथिहरुमा सस्थाका सस्थापक अध्यक्ष गणेश प्रसाद बन्जाडे,सस्थाका सस्थापक वरिष्ठ सल्लाहकार कमलमणि गुरागाई,नेपाल पत्रकार महासङ्घ कतार साखाका अध्यक्ष करिम बक्स मिया,समाजका निबर्तमान अध्यक्ष तथा प्रमुख सल्लाहकार वसन्त राज पुरी,नेपाल पत्रकार महासङ्घ गण्डकी प्रदेशका उपाध्यक्ष नारायण शर्मा लगाएत विभिन्न संघ सस्थाका प्रतिनिधिहरु,सस्थाका बिभाग प्रमुखहरु,कलाकार पत्रकारका साथै दङाली र गैर दङाली दाजुभाई तथा दिदिबहिनिहरुको उपस्थिति रहेको थियो।
सस्थाका प्रथम उपाध्यक्ष छबिलाल बुढाथोकीले उपस्थित सम्पुर्ण लाई स्वागत मन्तब्यद्वारा स्वागत गरेका थिए।सम्पुर्ण ले नेपाल पत्रकार महासङ्घ जस्तो पत्रकारीता क्षेत्रमा एउटा दङाली ब्यक्ती कार्यक्रमका बिशेष अतिथी तथा समाजका सल्लाहकार गणेश बन्जाडेले सन 2012 मा स्थापित भएर पनि आरोह अबरोह छिचोल्दै सस्थाले सामाजिक गतिविधिमा सकृय भएको बताए।उनले समाजले गरिब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति मात्र नभई विभिन्न भैपरी आउने दैबिय प्रकोप महा भुकुम्पका क्रममा पनि दाङ देउखुरी समाज चुप लागेर बस्न नसक्ने समेत बताए।
त्यसैगरी शुभकामना दिनेहरुमा सस्थाका सस्थापक वरिष्ठ सल्लाहकार कमल मणि गुरागाईले बोल्दै सस्था देख्दा सानो देखिए पनि आइपरेको अबस्थामा ठूलो मनको भएको बताए त्यसैगरी भर्खरै समाजद्वारा सन्चालित एम्बुलेन्सका सम्योजक समेत रहेका गुरागाईले प्राथमिक उपचार सहितको एम्बुलेन्स सन्चालन गर्ने उदेस्य रहेतापनी विभिन्न कारणले त्यो हुन नसकेकोमा दुख ब्यक्त गर्दै आगामी दिनमा फेरि केही लगानी गर्ने सोच रहेको बताए।नेपाल पत्रकार महासङ्घ कतार साखाको निमन्त्रणामा सुचना प्रवाह तथा सचेतना कार्यक्रममा कतार आएका दङाली बिपुल पोख्रेल नेपालकै सिङ्गो पत्रकार जगतको उपल्लो पदमा पाउँदा गर्बले खुशी रहेको बताउदै अझै चाहना भए अगाडी बढेको देख्न पाउ भन्दै शुभकामना दिएका थिए। अन्य बक्ताहरुमा वसन्त राज पुरी, अध्यक्ष करिम बकस मिया ,नारायण शर्मा लगाएतका ब्यक्तिहरुले आफ्ना भनाई शुभकामना राख्दै यो अवशर जुटाईदिने नेपाल पत्रकार महासङ्घ कतार साखालाई धन्यबाद दिएका थिए।
कार्यक्रम का प्रमुख अतिथी तथा नेपाल पत्रकार महासङ्घका केन्द्रिय उपाध्यक्ष बिपुल पोख्रेलले दाङ देउखुरी समाज कतार सस्थाको बारेमा आफू अनभिज्ञ भएको र आज यसरी आफ्नै घर आगनका दाजुभाई तथा दिदिबहिनिहरुलाई देख्न पाउँदा खुशी भएको बताउदै जुन समाजद्वारा समाज प्रतिको दावीत्व कर्तब्य बहनको कार्यप्रती हर्षित रहेको र आफुबाट हुने सकिने सबै लागि परेर गर्ने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए।त्यसैगरी बैदेशिक रोजगारी धेरैले बाध्यात्मक परिस्थितिले सृजित भन्ने गर्दा आफुलाई अत्यन्तै दुख पीडा रहेको महसुस गर्ने गरेको भएतापनि कतार आईसकेपछी आफ्नो सोचमा परिबर्तन आएको केही दुख भएतापनी यसलाई ब्याध्यात्मक र दुख भन्दा पनि अबशरको रुपमा सोच्नुपर्ने समेत बताए।
अन्त्यमा कार्यक्रमका सभापती हेम राज बस्नेतले छोटो समयमा विभिन्न समयका बाबजुद पनि उत्साहप्रद उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए भने कार्यक्रमको सहजीकरण सस्थाका महासचिब मिनराज पुनले गरेका थिए।