मुग्लानी खबर- २८ जेठ
हातमा हात काधमा काध मिलाई अघि बढौं र बढाऔं" भन्ने मूल नाराका साथ सन् २०१३ मा स्थापना भयको परियार मित्रता समाज कतारको दोस्रो साधारण सभा गत ८ मे २०१९ शुक्रबारका दिन एसियन टाउन स्थित ईभिङ्ग स्पेस रेस्टुरेण्टको सभा हलमा सम्पन्न भयको छ ।
संस्थाका अध्यक्ष पूर्ण बहादुर नेपालीले सभापतित्व गर्नु भयको उक्त कार्यक्रमको बिशेष अथिति हरुमा संस्थाका प्रमुख सल्लाहकार प्रकाश नेपाली ,सस्थापक अध्यक्ष छबिलाल सुचिकार,सल्लाहकार तथा अन्तरास्ट्रिय नेपाली समाज नयाँ शक्ति कतारका अध्यक्ष देव परियार,सल्लाहकार तथा दलित एकता संजाल कतारका अध्यक्ष किरण परियार,कार्यक्रम संयोजक सुमन नेपाली,सल्लाहकार कृष्ण परियार,सोम परियार,बिजय गौतम,राम बहादुर सामाजिक अभियान्ता मान बहादुर डाँगी,रामजी सुबेदी,पत्रकार सन्तोष तिमिल्सिना लगायत रहेका थिय कार्यक्रमको सहजीकरण नेत्र बहादुर दमै र प्रेम परियारले गरेका थिय ।
संस्थाका कोषा-अध्यक्ष चेतन नेपालीको स्वागत मन्तब्य बाट सुरु भयको कार्यक्रममा बिशेष अथिति हरु सोम परियार,किरण परियार,सन्तोष तिमिल्सिना,देव परियार,कृष्ण परियार प्रकाश परियार सुमन नेपाली लगायतले शुभकामना मन्तब्य राखेका थिय मन्तब्यका क्रममा नयाँ शक्ति कतारका अध्यक्ष देव परियारले नेपालमा कानुनत छुवाछूत तथा अन्य किसिममका बेदभाबको अन्त्य भयको भनियतापनि अहिलेपनि गाउघरमा विभिन्न किसिमका भेदभाब हरु भैरहेको बताउदै यस्ता किसिमाका भेदभाब को अन्त्य गर्दै विभेद मुक्त समाज निर्माणका निमिति आफु र आफ्नो संगठन सधै भरि लागि रहने प्रतिबद्दता ब्यक्त गरेका थिय । त्यसै गरि कार्यक्रम संयोजक एबम सस्थाका सस्थापक सुमन नेपालीले संस्था स्थापना कालदेखि अहिले सम्म गरेका काम हरुको प्रगतिबिबरण बतायका थिय साथै परियार मित्रता समाज नेपाल रेपन्द्रेही स्थापना भैसकेको जानकारी गराउदै परियार लगायत सम्पूर्ण जातिको हकहितको साथ साथै जातिय बिबेधको अन्त्यका निमित्त देश भरि नै संस्था स्थापना गर्ने लक्ष्य भयकोले सम्पूर्णमा सहयोगको लागी अनुरोध गरेका थिय । कार्यक्रम सफल बनाउन आशिष परियार,देनु परियार सुनिल परियार,मिलन परियार,मोहन परियारले बिशेष सहयोग गरेका थिय ।
साधारण सभा बाट सस्थाको आगामी कार्यकालको लागि ११ सदस्यीय कार्य समिति चयन गरेको छ जसको अध्यक्षमा प्रेम नेपाली,बरिष्ठ उपाध्यक्षमा निशान परियार,उपाध्यक्षमा सालिकराम परियार,कोषा अध्यक्षमा चेतन परियार र प्रमुख सल्लाहकार हरुमा पूर्ण बहादुर नेपाली चयन भयका छन् सचिब र अन्य सदस्य हरु आगामी बैठकले चयन गर्ने निर्णय गरियको छ । नवनिर्बाचित अध्यक्ष प्रेम परियारले सम्पूर्ण लाई धन्यबाद दिदै आफुले संस्थाको लक्ष्य उद्देश्य अनुरुप प्रतिबद्द भयर सबै लाई समेटेर अगाडी बढ्ने प्रतिबद्दता ब्यक्त गरेका थिय अन्त्यमा सभापति पूर्ण बहादुर नेपालीले कार्यक्रम सफल बनाउन सहयोग गर्ने साथै आफ्ने कार्यकालमा आफु लाई सहयोग गर्ने सम्पूर्ण लाई धन्यबाद साथै नयाँ कार्यसमिति लाई बधाई दियका थिय र संस्थाको लक्ष्य प्राप्तिको लागी आफु जिबन्त लागी रहने प्रतिबद्दता ब्यक्त गर्दै कार्यक्रमको समापन गरेका थिय ।