मुग्लानी खबर- २४ जेठ
राजेश प्रसाईं " सिनामे"
साउदी अरबको पुर्बी क्षेत्रको ठूलो शहर दमाममा अवस्थित अल ख्याम रेष्ट्रुरेन्टमा किराँत राई यायोक्खा शाखा साउदी अरबले साकेला उभौली विभिन्न कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ |
उक्त सभामा सभापतित्वकालागि किराया शाखा साउदी अरबका कार्यवाहक अध्यक्ष श्री चित्र कुमार चाम्लिङ्ग राईले सभापतित्व रहेको सो उभौंलीमा नेपााली राजदुतावास नियोग उप प्रमुख श्री दिलिप पौडेल,धर्म पत्नी श्रीमति रिना न्ययौपाने (पौडेल) र उहाँहरूकी ममतामयी माता हुनुहुन्थ्यो | विशेष अतिथिहरूमा अादिवासी जनजाती माहासंघका उपाध्यक्ष श्री खेम गुरूङ्ग र नेपाली राजदुताावासका श्रम सहचारी श्री अम्विका प्रसाद अधिकारी रहनुभएको कार्यक्रममा खादा र व्याच कल्पना राई,श्री चाम्लिङ्ग राई र सहयोगमा यन्जी शेर्पा ले पहिरिएको स्टेजमा पुस्त चाम्लिङ्ग राई र सोनम राईको दमदार रूपमा सञ्चालन गरेका थिए |
विभिन्न संघ संस्थाहरूबाट सभामा उपस्थित हुनु हुने अतिथिहरू दिदी बहिनी समूह दमामकी अअध्यक्ष तुलसी माया गुरूङ्ग,बैदेससिक रोजगार तथा अाप्रवासी कामदार कल्याण समितिबाट जोन अर्याल,राष्ट्रिय समन्वय परिसदका अध्ययक्ष नााररायन पासवान,गैर अावासिय नेपाली संघ राष्ट्रिय समन्वय परिसद संरक्षक पुर्षोतम् श्रेष्ठ,फ्रेन्ड्स अफ नेपालका अध्यक्ष श्री कृण्ण श्रेष्ठ सफल व्यवसायीहरू टोम थापा,राजु सैयाद,यावा लिम्बु,रााजेश स्याङ्दान उपस्थित जनाएँ भने कार्यक्रमलाई विभिन्न जनमानस समक्ष पुर्याउने संचार कर्मीहरू एन ए मिडियाबाट ढल बाहादुर थापा,मुग्लानी खबर डट कमबाट सह सम्पादक राजेश प्रसाईं,शैलुङ्ग अनलाइन डट कमबाट नवराज योञ्जन तामाङ्ग,डिसि नेपालबाट शुक्र मोक्तान,लाल इन्टरमेन्टबाट लाल बाहादुर सिर्पाली लगायत सामाजिक सञ्जालमा समेत प्रचार प्रसार गरि रहेको अवस्था उपस्थित सम्पूर्ण उपस्थिति माहानुभावहरूलाई दिल कुमारी राईले स्वागत मन्तव्य दिनु भयो भने नेपाली राष्ट्रियगान बजााएर कार्यक्रमको शुरूवात गरेको हो |
परम्परा अनुसार अाफ्नो विधि हनुसार पुजा अराधनामा नछोङ्ग मित्र मणि राईले गर्नु भयो भने सिलि माङमा पुष्पा राई र श्रीदेवि चाम्लिङ्ग राई त्यस्तै गरेर सिलिमाङपा निराजन राई र नवराज राईले गरेका थिए | अन्य उपस्थितहरूले निक्कै उत्सुक्ताका साथ सहयोग पुर्याएका हुन |
किराँत राई यायोक्खाको परम्परा अनुसार साकेलामा मुख्य त पितृ र प्रकृति पूजा गरेर मानव समुदायलाई वर्षभरि ‘शुभ्यफाब्य’ होस् भन्ने कामना गरिन्छ । खेती लाउनु पर्ने भएकाले समयमै वर्षात् होस, बाली बिरुवा सप्रिउन, बालबच्चालाई रोगव्याधी नलागोस् भन्ने कामनासहित पूजा गर्ने चलन छ । तीन चुलालाई भाले वा पछिल्लो समयमा फलफूलको भोग दिएर खेती गर्दा चोटपटक नलागोस् भन्ने कामना गरिन्छ । चुलामा पितृहरूलाई नामै बोलाएर भाग दिने चलन छ ।
साकेलाको अर्को पाटो हो साकेला नृत्य । सिलीमोपा (नाच्नेहरूको प्रमुख) ले खोरिया फाँडेको, शिकार खेलेको, कपास छरेको, धागो कातेको, तान (कपडा) बुनेको, अन्नबाली रोपेछरेको, गोडेको, उठाएको, चराचुरुङ्गी नाचेको अभिनय गर्छन् । त्यही अभिनयलाई अन्य कलाकारहरूले एक साथ पछ्याउँछन् । नृत्यमा सिलीमोपा (सिली प्रमुख), सिमीमोमा र मूल ढोलेको मुख्य भूमिका र महत्व रहन्छ । यी प्रमुखहरूले सिली टिप्नु र ढोल बजाउन गल्ती गरेमा स्वयम् सिलीमोपालाई अनिष्ट (खतरा) हुने र गाउँमा अशुभ हुने विश्वास गरिन्छ ।
कलाकारहरूले ढोल र झ्याम्टाको तालमा चमर (चौंरीगाईको पुच्छर), सिर्लीङ्मा, सेउली, रुमाल, धनुष काँड, खुरुम्बी, तरवार, भालालगायतका पौराणिक हतियार लिएर नाच्ने गर्छन् । पुर्खाहरूले चलाएको ढिकी, जाँतो, थुम्चे, मान्द्रो, भार, हलो जुवा लगायतका सामग्री प्रदर्शन गर्ने चलन छ ।
नृत्यले मानव जीवनको जङ्गली अवस्थादेखि कृषि युगदेखि वर्तमान आधुनिक युगसम्मको झल्को दिन्छ । नृत्यले फगत मनोरञ्जनमात्र नभएर यसले मानव विकासको इतिहास र सभ्यता बोकेको हुन्छ । साकेला नाच्न उमेरको हद हुँदैन् । बालबालिकादेखि वृद्धवृद्धासम्म एउटै लहरमा साकेलाको स्टेप (सिली) टिपिरहेका हुन्छन् । कलाकारहरूको घेराभित्र पसेर ढोल बजाउँदै गीत गाएर गोरु जुधे झैं ढोल जुधाएर मनोरञ्जन दिने र लिने चलन छ । पूर्वी नेपालमा लोकप्रिय साकेला साउदीमा पनि अाफ्नो परम्परालाई नित्य कर्मका साथ साकेला नृत्य महिला र पुरूषहरू अर्थात अतिथिहरू समेत नृत्यमा रमाई रहेको दृष्य निक्कै नै रमाइलो देखिएको हो |
साकेला नृत्य पश्चात् अतिथि लगायत उपस्थित पाहुनाहरूलाई सेल रोटी,खिर लगायत अालुको तरकारी चेलीबेटीहरूको हातबाट बनेको अविश्मरणिय रहेको जिब्रोको स्वादछ भन्दै चन्द्र लिम्बू र सुवास लिम्बुले ठट्यौली पारामा बताएँ |
सामेल पाहुनाहरूलाई मनोरञ्जन प्रदान गर्न गायन र नृत्य पनि प्रदशन गरिएको हो सेमिनरमा गायन तर्फ समीर राई,रण बाहादुर राई,इश्लाम मियाँ,लक्ष्मी तामाङ्ग,प्रेम डि सि र फणिन्द्र कार्की थिए भने नृत्यमा श्री चाम्लिङ्ग राई,पुतली तामाङ्ग,विमल राई,धन कुमारी मगर,मन्जु परियार,मुना तामाङ्ग र दीक्षा थापा रहेका नाचमा निक्कै रौनक्ता थपेको थियो |अन्त्यमा साकेला सिलि विट मार्दै विशेष अतिथि र प्रमुख अतिथिबाट शुभकामना मन्तव्य दिएका थिए भने सभापतिले कार्यक्रम विसर्जन गरेका हुन् |