मुग्लानी खबर २३ जेठ
राजेश प्रसाईं ` सिनामे´
साउदी अरबको उत्तर पूर्बी क्षेत्रमा अवस्थित अल गोसाइवी कम्पनीको प्राङ्गणमा मुस्लीमहरूको माहान चाड ईद अल फितरको पावन अवसरमा प्रवासी मिलन एकता समाज दमाम साउदी अरबले ईदको पहिलो दिनबाट संचालन गरि तेसो दिन विजेता उदघोष गर्दै बृहत् भलिवल प्रतियोगिता सम्पन्न गरेको छ |
प्रवासमा रहेर पनि अाफ्नू कार्य व्यस्तताको वावजुद पनि थोरै समय मिल्ने बित्तिकै नेपाली यूवाहरूको जमघट र अात्मियत्ताका साथै मनोरञ्जन गर्ने उद्धयेश्यले भलिबल प्रतियोगिता संचालन गरेको हो उक्त प्रतिस्पर्धामा २१ टिमको समावेस रहेको हो भने कार्यक्रमलाई उद्घोषण केशव पोख्रेलले गर्नु भएको छ भने सभापतिमा काजी बाहादुर गुरूङ्ग हुनुहुन्छ|
अार एस कुमारको प्रमुख अथितिमा सम्पन्न प्रतिस्पर्धा खेलमा कम्पनिका प्रमखहरू स्टेनी परसनल मेनेजर,अार एस कुमार एरिया मेनेजेर,रबि सिनियर अडिटर,लिटो एकाउन्ट डिपार्टमेन्ट साथै धविभिन्न संघ संस्थाका प्रतिनिधिहरू नेपाल मगर संघ साखा साउदी अरबका क्षेत्रिय अध्यक्ष श्री प्रेम घतानी मगर,काभ्रे सेवा समाजका अध्यक्ष श्री जेन लामा,प्रवासी नेपाली मंच केन्द्रीय सदस्य श्री कमल खरेल,जिफन्ट सहयोग समूह शाखा अार्थिक सचिव श्री अजित राई,नेपाली साझा मंच दमाम संयोजक श्री अादर्श गुभाजु अन्जान,एन ए मिडिया मेनेजिङ्ग डाइरेक्टर रोशन श्रेष्ठ,स्याङ्जा सहयोग समाज अध्यक्ष श्री बाल कृण्ण पङ्गेनी,कुमाल सेवा समाजका अध्यक्ष श्री अोम कुमाल,तमुधि शाखा साउदी अरबका अध्यक्ष खेम गुरूग,फ्रेन्डस् अफ नेपालका अध्यक्ष श्री कृण्ण श्रेष्ठ तथा नेपाल मगर संघ शाखा साउदी अरबका कार्य वाहक अध्यक्ष बम थापा लगायतको उपस्थित रहेको थियो भने नेपाली राज दुतावास रियादका पुर्वी क्षेत्रिय प्रतिनिधि श्री हरि घिमिरे ज्यूलाई अतिथिमा निमर्णतणा गरे पनि कार्य व्यस्तताले गर्दा अनुपस्थिति जनाउनु भएको भन्दै कार्यक्रम अायोजक लगायत सभापति काजी बाहादुर गुरूङ्गले जानकारी दिएका छन |
विभिन्न तवरबाट कार्यक्रम सञ्चालन गर्न सहयोग पुर्याउनु हुने सहयोग दाताहरूलाई सम्मान पत्र प्रदान गर्नु भएको छ जस मध्ये प्राप्त गर्नु हुनेमा बेस्ट लिफ्टर टुनामेन्टकोलागि कमल खरेल हुनु हुन्छ भने विभिन्न संघ संस्था र व्याक्तीहरूबाट जम्मा जम्मा रकम (३८८०) उपलव्ध भएको छ भने डम्बर गुरूङ्ग ज्यूबाट एक थान बल , अम्बर गुरूङ्ग ज्यूबाट एक थान जाली प्रदान गर्नु भएको छ |
प्रतिस्पर्धात्मक भलिबल खेलमा तीन समूह प्रथम,द्वितीय र तृतिय क्रमस प्रथम पुरूस्कार महेन्द्र गुरूङ्ग,द्वितीय पुरूस्कार गोपाल थापा र तृतिय पुरूस्कार लोक थापाले खेल संचालन गरि विजेता खेलाडीहरू लाई उपहार प्रदान गर्न व्याक्तिगत रूपमा प्रदान गर्नु भएको छ | भने नवीन गुरूङ्गले मेडल उपाहार उपलब्ध गराएका हुन |
खेल विसर्जन गर्ने क्रममा कार्यक्रमलाई उपस्थित अतिथिहरूले मन्तव्य राख्दै सक्रिय खेलाडीहरूलाई प्रोत्साहनका साथ हार नै जितको संघ्या हो भन्ने उक्तिका साथ सान्त्वना दिनु भएको थियो भने विजेता खेलाडीहरूलाई प्रोत्हसान समेत दिएका हुन् |
खेलको घम्सा घम्सी पश्चात २१ टिम मध्ये विजय प्राप्त गर्ने प्रथम विजेता म्याग्दी समुहलाई नगत २१ सय साउदी रियलका साथमा ट्रफी मेडल र प्रमाण पत्र ,द्वितिय समरानी समुहले नगत १४०० साउदी रियलका साथमा ट्रफी मेडल र प्रमाण पत्र र तृतिय लाङ्घालीका खेलाडीहरूलाई नगत ७०० ट्रफी मेडल र प्रमाण पत्र प्रदान गरेका हुन भने वेस्ट सटरलाई ट्रफी र वेस्ट लिफ्टरलाई नगत २५१ साउदी रियल प्रदान गरेका हुन |
त्यस्तै गरेर खेलाडीहरूलाई उपहार कमल खरेलको हातबाट वितरण गरिएको थियो भने केशव पोख्रेलले सञ्चालन गरेको खेल सभापति काजी बाहादुर गुरूङ्गले समापन गर्नु भएको हो |