मुग्लानी खबर
गणेश क्षेत्री- ६ जनवरी २०१७ शुक्रबार
"साहित्य जिवन र जगतको दर्पण हो" भन्ने नारालाई हृदयङ्गम गर्दै प्रत्येक महिनाको पहिलो बिहीवार बेलुका साहित्य डबली गर्दै आएको सन्ध्या ग्रुप कतार अन्तर्गत साहित्य बिभाग मुग्लानी सौगातले
४६औ बाचन शृङ्खला यहि 5 जनवरी 2017 को बेलुका सन्ध्या ग्रुप अलखोरमा भब्यताका साथ सम्पन्न गरेको छ।साथै प्रदेशी जीवन लघु चलचित्र र प्रदेशी जीवन 2 भिडियो चलचित्र का सफल निर्देशक सुरज तामाङलाई कलाकार हरुबाट कदर सम्मान गरिनुका साथै मुग्लानी खबरबाट अब प्रशारण हुने गणेश क्षेत्रीको गितिकथा कार्यक्रम
"जिवनका पलहरु"को बिमोचन पनि गरिएको थियो।
सस्थाका अध्यक्ष बिरेन्द्र कु यक्थुङ्बा(सुबाश ) को सभापतित्वमा सुरु भएको उक्त कार्यक्रमका प्रमुख अतिथि अ.ने.सा.. कतार च्यापटरका अध्यक्ष तथा रेगिस्थानी कबि तिर्थ सङ्गम राई हुनुहुन्थ्यो भने विशेष अतिथीहरुमा सन्ध्या ग्रुप कतारका सस्थापक अध्यक्ष तथा प्रदेसी जीवन र प्रदेशी जीवन-2 भिडियो चलचित्र का निर्देशक सुरज तामाङ र मितेरी सास्कृतिक समुहका पुर्ब अध्यक्ष तथा चलचित्र निर्देशक अमित बराईली हुनुहुन्थ्यो।तेसै गरि अतिथीहरुमा म्हेन्दोमाया दोहा कतारका केन्द्रिय सदस्य गङ्गासिङ तामाङ,मितेरी सास्कृतिक समुहका क्यामेरा मेन हेमराज केडी लगाएत विभिन्न संघ सस्थाका ब्यक्तिहरुको उपस्थिति थियो।
श्री पाख्रिन तामांगले सन्चालन गरेको उक्त कार्यक्रममा, रास्ट्रीय गीत र ब्यानर उद्घाघाटनपछी स्वागत मन्तब्य सन्ध्या ग्रुप कतारका खेलकुद परिषदका पुर्ब अध्यक्ष बिष्णु मरासिनीले दिएका थिए।प्रदेशी जिवन-2 का निर्देशक सुरज तामाङलाई सस्थाका अध्यक्ष बिरेन्द्र कु.याक्थुम्बाबाट सम्मान गरिसकेपछी कलाकारहरू क्रमश उमेश बस्नेत,राम पान्डे,प्रकाश बोहरा,सन्जिब खाती,रेशम मगर,सुजन तामाङ र चर्चित मोडल अर्जुन कुमारले खादा ओढाएर सम्मान गर्दै समग्र रुपमा सानो उपहार दिएर सुभकामना ब्यक्त गरेका थिए भने सन्ध्या ग्रुप कतारका अध्यक्ष बिरेन्द्र याक्थुम्बा , सल्लाहकार बिजय कु यादबले पनि उहाको उत्तरोत्तर प्रगतिको कामना गर्दै सानो मायाको चिनो ब्यक्तिगत रुपमा पनि हस्तान्तरण गरेका थिए।सम्मान पछी निर्देशक सुरज तामाङले बोल्दै भन्नुभयो आज तपाईंहरुले गरेको सम्मानले मलाई अझै चुनौती थपेको छ यो तपईहरुको सम्मानलाई चुक्न नदिने भावना ब्यक्त गर्दै भोलीको दिनमा अझै अगाडी नयाँ ढङ्गले बढ्ने उत्प्रेरणा मिलेको जानकारी गराउदै फिलिम बनाउनु आफ्नो पहिलेदेखी ड्रीम रहेको र सन 2000 मा पहिलो पल्ट कतारमा आउँदा तलब 700 QR भएको र पहिलो तलबमा QR 300 साथीबाट सापटी लिएर QR 1000 को क्यामेरा किनेको क्षण सम्झनु भयो।
अनलाइन मिडिया मुग्लानी खबरबाट पहिलो पटक प्रशारण हुने गितिकथा कार्यक्रम
"जिवनका पलहरु"का संचालक गणेश क्षेत्रीले गितिकथाको वारेमा बोल्दै यो एउटा साहित्यको बिधा भएको र जीवन र जगत ब्यक्ती समाज र परिवेशलाई सजिलै उतार्ने बलियो माध्याम भएको हुँदा यो कार्यक्रम ल्याएको जानकारी गराउदै चौध मिनेटको त्यो भिडियो रेकर्ड play गराउन लगाउनु भएको थियो।उक्त भिडियो मुग्लानी खबरका वरिष्ठ प्राबिधिक सुरज तामांगले गर्नु भएको थियो।
गितिकथा
"जिवनका पलहरु"को समिक्षक अ ने सा स कतार च्याप्टरका उपाध्यक्ष प्रेम प्रसाद भट्टराईले समस्टिगत रुपमा कार्यक्रम राम्रो रहेको भएपनि केही प्राबिधिक कमजोरी र कथा छोटो भएको भन्दै गीत सेलेक्टमा केही कमजोरी भएको बताउनुभयो।कार्यक्रम विशेष अतिथी अमीत बराईलीले निर्देशक सुरज तामाङले गर्नुभएको योगदानको कदर गर्दै नेपालमा गएर पनि अवार्ड थापेको सुन्न चाहान्छौ भन्ने सुभकामना मुक्तकण्ठले दिदै आवस्यक सहयोग आफुबाट कुनैबेला पनि हुने प्रतिबद्धता जाहेर गर्नुभयो।
अ ने सा स कतार च्यापटरका राजन राईको कविता र प्रेम प्रसाद भट्टराईको गजल ले माहोल तताएको थियो भने कार्यक्रमका प्रमुख अतिथि अ ने सा स कतार च्याप्टरका अध्यक्ष तथा रेगिस्थानी कवि तिर्थ सङ्गम राईले अन्य फिलिमको दाजोमा केही कमजोरी भएपनी कतारमा बिभिन्न ब्यक्तीहरु फिलिम बनाउन असफल भएको अबस्थामा निर्देशक सुरज तामाङको यो सफलतालाई सलाम दिनैपर्छ भन्ने बताउनुभयो।आगमी दिनमा कतारका संघ सस्था बुद्धिजिबि र वरिष्ठ ब्यक्तित्वहरु बाट समन्वय गरेर अगाडी बढे सफल भैइनेमा प्रस्ट पार्नुभयो।उहाले
"आधा सताब्दी बाचेको मानिसको प्रेम" भन्ने कविता पनि बाचन गर्नुभयो।
गायक तथा सङ्गीतकार प्रेम प्रसाद भट्टराईले आफ्नो नयाँ एल्बम
"कृपा"को डिभिडी सन्ध्या ग्रुपका अध्यक्ष बिरेन्द्र कु. याक्थुम्बालाई हस्तान्तरण गर्नुभएको थियो।कलाकारहरुबाट निर्देशक सुरज तामाङ्लाई कदर सम्मानमा महिला कलाकारहरु गम्भीरता नहुनु भनेको दासी जस्तै हुनु हो भन्ने कटाक्ष गर्दै दुख ब्यक्त गर्नुभयो र महिला पुरुष कला सस्कृती कलाकारिता बिधा लगाएत सम्पुर्ण बिधामा समान भुमिका हुनुपर्ने बताउदै गुरुहरु(निर्देशक) प्रति हेर्नू पर्ने व्यबहारमा परिबर्तन आउनुपर्ने जरुरी रहेको कडा शब्दमा आवेश पोख्दै कार्यक्रम सुरुवात देखी अन्त्य सम्म धैर्यधारण गरि सभ्यभव्य पारिदिनुभएकोमा सबैमा सधन्यबाद ब्यक्त गर्दै उक्त कार्यक्रम समाप्त भएको घोषणा गर्नुभएको थियो।
तस्वीरहरु.....