मुग्लानी खबर-१३ जेठ
गत २४ मे २०१९ का दिन संघीय लिम्बुवान सामाजिक मञ्च (सलिसाम) केन्द्रिय कार्यसमिति कतार अन्तरगत क्षेत्रीय समिती मिसाइद गठन भएको छ।
२४० बर्ष देखिको एकात्मक राज्य ब्याबस्थाको अनत्य, पहिचान र ऎतिहासिक पृष्ठभुमिको आधारमा १०+१ प्रान्त सहितको संघीयता, समानता, समाबेसी प्रतिनिधित्व, स्वरोजगार र बैज्ञानिक शिक्षाको व्यवस्था हुनुपर्ने माग राख्दै विगत लामो समय देखि आन्दोलनरत संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च, लिम्बुवान मञ्च नेपालको प्रवास केन्द्रीय समिती कतारले मिसाइद स्थित एमआइसि स्पोर्ट्स कम्प्लेक्स को प्राङ्गणमा सो क्षेत्रका लिम्बुवान प्रेमी युवाहरुको भेला गरि नया क्षेत्रीय समिती गठन गरेको हो।
तुलसी मिभकको अध्यक्षता मा गठित सो कार्यसमितिमा उपाध्यक्ष मनहरी बास्कोटा, सचिब सुरज तामाङ, अर्थसचिव मनलाल राई, सहअर्थसचिव डिकेन लाल कन्दङ्वा, सदस्यहरु क्रमशः खगेन्द्र योङहाङ , युवराज गिरि, मोहन प्रसाद पौड्याल, कृष्ण प्रसाद कोइराला, पदम लिम्बू, सन्जय यादव र रमेश राई रहेका छन।
सो कार्यक्रममा सलिसाम केन्द्रिय समितिको तर्फबाट कार्यवाहक अध्यक्ष रेखा राई को प्रमुख आतिथ्यमा सल्लाहकार राम चन्द्र ग्यावा तामाङ, उपाध्यक्ष कुमार सिं योङ्हाङ, महासचिव डम्बर लिबाङ मिसेक, उपमहासचिव नगेन पाक्सावा, सचिबदय सुजन पराहाङ, लोकबहादुर कुरुम्बाङ, केसस अमृत कुरुम्बाङ, बुद्ध लक्सम्बा, केस अमिर लावती, मौसम लिङ्दम, डिकलाल लिङ्दम लगायत उपस्थिति रहेका थिए।
कार्यक्रममा महासचिब लिबाङले सलिसाम कतारको संक्षिप्त परिचय, संस्थागत कार्यनीति र कार्यदिशा बारे प्रष्टाएका थिए भने, उपाध्यक्ष योङ्हाङ द्वारा संगाठानिक गोपनियताको सपथ गराइएको थियो। यसै गरि प्रमुख अतिथि राइ र सल्लाहकार ग्याबाले शुभकामना मन्तव्य राखेका थिए।