मुग्लानी खबर
गणेश क्षेत्री-६ जनवरी २०१७ शुक्रबार
चितवन जिल्लाको भरतपुर उप-महानगरपालीकामा स्थायी बसोबास गर्दै आएका मोडल अर्जुन कुमारले बिगत केही सालदेखी बिदेशी भुमीलाई आफ्नो कर्म थलो बनाउदै नेपाली साङ्गेतिक क्षेत्रमा मोड्लिङ गर्दै आफ्नो करिअर फराकिलो बनाएका छन।विभिन्न कठिनताका बाबजुद पनि देश देखि बिदेश सम्म नेपाली मोड्लिङ क्षेत्रमा कुसल अभिनय गरि यति छिट्टै दर्शक स्रोताहरुको मन जित्न सफल मोडल अर्जुन कुमारले विभिन्न म्युजिक भिडियोहरु चौतारीमा वर छ,हामी दुईको प्रेम कथा छ,फुलको माथी माथी,पिरतीको खेलमा जस्ता चर्चित गितहरुमा आफ्नो दमदार अभिनय दिएका छन। कुसल र सफल मोडल अर्जुन कुमार सङ्गको जम्काभेटमा मुग्लानी खबरका विशेष सम्बाददाता गणेश क्षेत्री भलाकुसारी गर्दै:-
अर्जुन जि नमस्कार अनि हार्दिक स्वागत छ अनलाईन मिडिया मुग्लानी खबरमा...
नमस्कार साथै धन्यवाद हजुर अनि मुग्लानी खबरलाई।
आरम हुनुहुन्छ ?
हजुर ठिकै छु भन्नू पर्यो।
के मा बिजि हुनुहुन्छ आजभोली?
मैले भर्खरै एउटा आधुनिक गीत "सन्झनाले सताउछ"को अभिनय सकेर आफ्नै ब्यक्तिगत काममा छु।
कति बर्ष भयो यहाँको यो क्षेत्रमा?कत्तिको गाह्रो छ स्थापित बन्नलाई?
यो क्षेत्रमा मेरो संघर्षको यात्रा करिब ६-७ बर्ष भयो काम गर्नलाई भन्दा पनि स्थापित हुन गाह्राे छ।
यो क्षेत्रमा योगदान गरिरहदा यो क्षेत्र के हो जस्तो लाग्दैछ र कसरी चलिरहेको छ?
यो क्षेत्र रमाइलो र आफ्नो मौलिक कला सस्कृतीको संरक्षण र सम्बर्द्धन संगै समाजलाई कलाकारीताबाट रुपान्तरन गर्नु पनि हो तर मेरो ठिकै चलिरहेको छु खुसी नै छु तर दुखी बिल्कुलै छुइन।
यो क्षेत्रमा लागेर बाच्नलाई कतिको सजिलो छ जस्तो लाग्यो?
एउटा स्थापित भैसकेको कलाकारलाई कलाकारिताबाट बाच्न पनि ठिकै छ र मान सम्मान पनि उतिकै पाईरहेका छ्न।तेति मात्र होईन आफ्नो कला र खुबी पनि खुलेर देखाउन पनि सक्नुपर्छ।तर हामी जस्तो नयाँ कलाकारहरुलाइ अलि कठिन नै भएको देखिन्छ।
छोटो समयमा अत्यधिक दर्सक स्रोताहरुको मन जितेर यति चर्चामा बटुल्न सफल हुनुभयो के सोच्नुहुन्छ आफुलाई?
मेरो अभिनय हेर्ने दर्सक स्रोताहरुले मन पराईदिदा एकदमै खुसी छु र सबैमा आभार ब्यक्त गर्न चाहान्छु साथै यो मेरो कुसल अभिनयको पनि कमाल हो मेरो संघर्षको फल पनि हो जस्तो लाग्छ।
एउटा सामान्य अर्जुनलाई अर्जुन कुमार भनेर चिनाउने के हो जस्तो लाग्छ?
मलाई अर्जुन कुमार भनेर चिनाउने मैले पहिलो पटक अभिनय गरेको गीत चौतारीमा बर छ हो।
तपाईको कतिपय दर्सकहरुले अर्जुनले गीतले मागेको भन्दा बढी केटीलाई छुने अङ्गालो मार्ने गर्छ भन्ने गुनासो छ नि?
हा हा ..तेस्तो होइन अब निर्देशकले भने पछी गीत र कथाले मागेको अभिनय गर्नै पर्छ त्यो अङ्गालो मार्छ भन्ने कुरा होइन।
अब तपाइको रहर के छ नी ?
अब मेरो रहर भनेको गीत गाउनु हो हेरौ कहिले सम्म रहर पुग्छ।
पहिलो पटक क्यामेरा फेस गर्दा कस्तो महसुस भयो बताईदिनु न ?
पहिलो पटक केही अप्ठेरो त भैहाल्छ नै कतै सकिँदैन कि भनेर केही डर नर्भस जस्तो लाग्यो तर त्यो भिडियोका निर्देशक शिव बि.क जि सङ पहिले नै चिनजान भएको हुदा खासै अप्ठेरो लागेन सजिलै गरे।
तपाईं त बाल्यकाल सम्झिदा कस्तो हुनुहुन्थ्यो?
अलि चन्चले नै थिए बढी गीत नृत्यतिर सौखिन राख्थे।
कुनै अबिस्मरणिय समय सम्झनु पर्दा?
म मेरो स्कुले समय सम्झिन्छु ५-६ जनाको ग्रुप थियो जहाँ गएपनी संगै जाने संगै बस्ने रमाइलो गर्ने त्यो साथीभाई संगको समय याद आउँछ।
धन्यवाद यहाँलाई यतिबेलाको समय सम्म र अन्त्यमा अनलाइन मिडिया मुग्लानी खबरबाट दर्सक स्रोताहरु लगाएत सम्पुर्णमा के भन्न चाहानुहुन्छ?
सर्बप्रथम त मलाई दुईचार शब्द बोल्ने अबसर प्रदान गर्नु भएकोमा यहाँ लगाएत मुग्लानी खबरका होल युनिटलाई धन्यवाद दिन चाहान्छु।हिजोका दिनहरुमा मैले अभिनय गरेका गितहरु हेरेर जुन माया दिएर यहाँ सम्म ल्याउनुभयो यहाँहरु सबै प्रती म आभार प्रकट गर्दै भोलीका दिनहरुमा पनि उचित सुझाब सल्लाह सहित माया गारिदिनुहुनेछ भन्ने आसा एबम पुर्ण बिस्वास राखेको छु।
हवस्त धन्यवाद अर्जुन जि तपाईंको यतिबेलाको अमूल्य समयको लागि र तपाईको मोड्लिङ यात्रा अति नै राम्रो छ धेरै दर्सक स्रोताहरुले मन पराउनुहुन्छ।आगामी दिनमा अझै यात्रा फराकिलो हुँदै जाओस।अझै उत्कृष्ट गितहरुमा तपाईंलाइ देख्न पाइयोस। तपाईंको उत्तरोत्तर प्रगतिको कामना गर्न चाहान्छु।
हवस्त धन्यवाद
नमस्कार।
तस्विरहरु ....