मुग्लानी खबर- २८ बैशाख
गणेस डागी
अन्तरास्ट्रिय नेपाली साहित्य समाज कतार च्याप्टर र नबोदित साहित्य वाचनालय कतारको सम्युक्त आयोजनामा सम्पन्न हुने बाचन डबलीको ९२ औ श्रृङखला सङै साहित्यकार पारिजातको ८२ औ जन्म जयन्ती गत मे १० तारिख शुक्रबारको दिन कतारको दोहा स्थित गोर्खा रेस्टुरेन्टमा मनाईएको छ।
प्रत्येक डबलीमा एक जना बिशिस्ट श्रोतालाई आमन्त्रण गरिने र पुर्बनिर्धारित समयमा शुरु भैई निर्धारित समयमै समापन हुने उक्त कार्यक्रममा एन आर एन ए( एन सि सि) कतारका प्रथम उपाध्यक्ष तेज कटुवाल बिशिस्ट स्रोताका रुपमा रहेका थिए।कार्यक्रम सम्योजक बिन्दा लामा रहेको उक्त कार्यक्रममा अनेसास कतार च्याप्टरका सल्लाहकार तिर्थ सङ्गम राई , अनेसास कतार च्याप्टरका अध्यक्ष प्रेम प्रसाद भट्टराई ,नबोदित वाचनालय कतारका अध्यक्ष दिप मिलन,नेपाल पत्रकार महासङ्घ कतारका सल्लाहकार गणेश बन्जाडे लगाएत कतारमा कार्यरत करिब ४ दर्जन भन्दा साहित्यकारहरुको उपस्थिती रहेको थियो।
कार्यक्रम दिप प्रज्वल पछि राष्ट्रिय गान गाएर प्रारम्भ भएको थियो भने समारोहका बिशिस्ट ब्यक्तिहरु द्वारा साहित्यकार पारिजातको तस्बिरमा ससम्मान माल्यार्पण गरिएको थियो।करिब दुई दर्जन भन्दा बढि श्रस्टा तथा सर्जकबाट विभिन्न किसिमका कबिता गजल मुक्तक लगाएतका साहित्यिक रचनाहरु बाचन गरिएका थिए जस अनुसार अनिल कुमार विष्ट (गजल),सागर भन्डारी (गजल)अर्जुन पौडेल( गजल ) गणेश क्षत्री( गजल),धुर्व अर्याल ( गजल ),राम आचार्य "सायर" ( गजल ),तिर्थ संगम राई (कविता ),महेन्द्र खड्का गजल ,लिलानाथ घिमिरे (कविता ),सुरेश परियार गजल र( मुक्तक),निरन नेपाल्( गजल),सुरेश मानरुम्बा( गजल),स्वतन्त्र नेपाल (मुक्तक),सेखर बस्नेत (गजल ),रुप रसाइली कविता ,चिरञ्जीवी तिमल्सिना (कविता) ,रेशम बस्नेत (कविता) ,सुरज नेपाल (मुक्तक),नारायण भन्डारी (गजल), चक्र कार्की (गजल), बिनोद अधिकारि (गजल),दिलिप पराजुली (गजल ),लेख कार्की (कविता),टीका खड्का "राष्ट्रप्रेमी"( गजल), दिप मिलन (कविता ), प्रेम प्रसाद भट्टराई ( गजल ) लगाएतका श्रष्टा तथा सर्जखरुका रचनाहरु बाचन गरिएका थिए।जसमध्ये टीका खड्का "राष्ट्रप्रेमी"द्वारा बाचन गरिएका आधा दर्जन गजलबाट उपस्थित सम्पुर्णलाई मन्त्रमुग्ध बनाउन सफल भए।
अनेसास वाचनालय कतारको नियमित अन्य डबली भन्दा ९२औ डबली विशेष रहेको थियो किनभने अनेसास केन्द्रिय कार्यलय वासिङ्टन डिसीबाट प्रकासित त्रैमासिक मुख पत्र अन्तर्दृष्टि को ४३ औ अंक बिमोचन कार्यक्रम बिशेष श्रोता लगाएत सस्थाका अग्रज ब्यक्तित्वहरु बाट गरिएको थियो करिब बिस्वका ९२ वटा देशमा अनेसास रहेको छ।अन्तर्दृष्टिको ४३ औ अंकमा कतारमा कलम चलाईरहेका ११ जना श्रष्टा तथा सर्जकहरुका रचनाहरु रहेका छन।
अन्त्यमा बिशिस्ट स्रोता तथा विभिन्न संघ सस्था तथा समाजसेवा मा आबद्ध तेज कटुवाल द्वारा प्रबासमा रहेर पनि नेपाली साहित्यमा कलम चलाउने साहित्यकारका रचनाले भावुक भएको बताउदै विभिन्न ब्यस्तताका बाबजुद पनि आफ्नो दैनिक कार्यका साथसाथै आफ्नो भाषा प्रती माया राख्ने सम्पुर्णमा धन्यबाद दिदै आमा सम्बन्धी छोटो बियोगान्त कबिता राखी कार्यक्रम समाप्त भएको घोषणा गरेका थिए।उक्त कार्यक्रमलाई हिमालयन अनलाईन रेडियोबाट कार्यक्रम अबधिभर लाईभ प्रसारण गरिएको थियो।