मुग्लानी खबर २५ बैशाख
गत बैशाख २३ गते ,बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति शक्ति पार्टी नेपाल र उपेन्द्र यादब नेतृत्वको संघीय समाजवादी फोरम एकता भै समाजवादी पार्टी नेपाल घोषण भयको उपलक्ष्यमा सोहि दिन कतारको ग्राण्ड महल स्थित ईभिङ्ग स्पेस रेस्टुरेण्टको सभा हलमा दुवै पार्टीका प्रबास संगठन अन्तरास्ट्रिय नेपाली समाज कतार र नेपाली संघीय समाज कतारले संयुक्त रुपमा शुभकामना तथा दीप प्रज्वलन कार्यक्रम सम्पन्न गरेका छन् ।
नेपाली संघीय समाज कतारका अध्यक्ष हिरा धन राई त्यसैगरी अन्तरास्ट्रिय नेपाली समाज कतार अध्यक्ष देव परियारको संयुक्त अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमको प्रमुख अथिति नेपाली संघीय समाज कतारका प्रमुख सल्लाहकार डि यन मगर रहेका थिय भने बिशेष अतिथि हरुमा अन्तरास्ट्रिय नेपाली समाज कतारका प्रमुख सल्लाहकार दुर्गा सुनार, सल्लाहकार बिरेन्द्र महतो, प्रसिक्षण बिभाग प्रमुख सिसि सुबेदी,संगठन बिभाग प्रमुख रमेश सिंह खाती त्यसै गरि संघिय समाज कतारका सलाहकार अमृत कुमार राई रहेका थिय । कार्यक्रममा दुवै संगठन बाट करिब एक सय जना अभियान्ता हरुको उपस्थिति रहेको थियो ।
अन्तरास्ट्रिय नेपाली समाज कतारका महासचिब मान बहादुर डाँगीको स्वागत मन्तब्य बाट सुरु भयको कार्यकममा नेपाली संघीय समाज कतारका उपाध्यक्ष मनिष यादब,प्रदेश नम्बर २ का संयोजक जमिर नदाफ,सलाहकार अमृत कुमार राई,प्रमुख सल्लाहकार डि यन मगर त्यसै गरि अन्तरास्ट्रिय नेपाली समाज कतारका प्रबक्ता सन्तोष तिमिल्सिना,प्रसिक्षण बिभाग प्रमुख सिसि सुबेदी, सल्लाहकार बिरेन्द्र महतो,प्रमुख सल्लाहकार दुर्गा सुनार अध्यक्ष देव परियार लगायतले शुभकामना मन्तब्य राखेका थिय । कार्यक्रमको सहजीकरण नेपाली संघिय समाज कतारका सह-अध्यक्ष तेज मोक्तान तामाङले गरेका थिए ।
मन्तब्यका क्रममा प्रमुख अथिति डि यन मगरले नेपालमा बर्षौ देखि जड़ा गाडेर बसेको जातीय,धार्मिक,लैंगिक,भौगोलिक जस्ता विभेदको अन्त्य गर्दै पुराना भ्रस्ट पार्टीहरुलाइ विस्तापित गरेर समाजवादी पार्टीले आगामी चुनाब सम्म पहिलो स्थान ओगटेर नेपाललाई समृद्द बनाई छोड्ने दाबि गरेका थिय । त्यस्तै अध्यक्ष देव परियारले लामो समयको बहस छलफल पश्चात बिचार मिल्ने दुई दल एक भयकोमा खुसि ब्यक्त गर्दै समाजबादी पार्टी नेपालले मात्र भ्रस्टाचार मुक्त समृद्द नेपाल नेपाल निर्माण गर्न सक्ने बिस्वास ब्यक्त गर्दै सम्पूर्ण अभियान्ता हरु लाई यस महान अभियानमा एक्यबद्द भयर लाग्न आग्रह गरेका थिय साथै उनले बर्षौ देखि सत्तामा रहेको देश दोहन गर्दै आयका दुई ठुला दल कांग्रेश र कम्नियुस्टको विकल्पको रुपमा समाजवादी पार्टी स्थापाना भयको बतायका थिय ।
अर्का अध्यक्ष हिरा धन राईले नब गठित समाजवादी पार्टी लाई बधाई दिदै पार्टीले अंगालेको राजनीतिक कार्यदिशा सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गर्ने प्राप्त उपलब्धिहरुको रक्षा गर्दै नेपाललाई सार्वभौमसत्ता सम्पन्न, स्वतन्त्र, विभेदरहित, धर्मनिरपेक्ष, समृद्ध, सङ्घीय गणतन्त्रात्मक राज्यव्यवस्था स्थापित गर्ने भयकोले त्यसको लागि सबै सदस्य हरुले आफ्नो ठाउबाट योगदान गर्नु पर्ने बतायका थिय ।
अन्त्यमा उपस्थित सबैलाई धन्यबाद दिदै पार्टी केन्द्र संग सहकार्य गरेर छिटैनै दुई संगठन लाई एक बनाउन पहल गर्ने प्रतिबद्धता सहित कार्यक्रमको समापन गरेका थिय ।