मुग्लानी खबर
गणेश क्षेत्री २ जनवरी २०१७ सोमबार
नेपाली उत्पादनलाई विश्व बजारमा प्रबर्द्धन गरौ। रास्ट्र निर्माणको महान अभियानमा एक जुट हौ" भन्ने मुल नाराका साथ आइबोस ग्लोबल नेटवर्क बिजिनेस कतारले आयोजना गरेको
WELCOME NIGHT-2017 यहि 30 डिसेम्बरका दिन बेलुका कतारको सनैया स्थित ग्रान्ड मल पछाडीको एसियन टाउन स्टुडियममा अत्यन्तै सभ्य भब्यका साथ सम्पन्न भएको छ।
नेत्र न्योपानेको सभापतित्वमा भएको उक्त कार्यक्रमको गरिमामय प्रमुख अतिथिमा कम्पनीका सि.ओ. हब खड्का आसिन हुनुहुन्थ्यो भने विशेष अतिथी उत्तम गुरुङ हुनुहुन्थ्यो तेसैगरी अतिथिहरुमा सन्ध्या ग्रुप अलखोर कतारका अध्यक्ष बिरेन्द्र कुमार यक्थुङ्बा(सुभास) लगाएत अन्तरास्ट्रिय कलाकार मंच कतार शाखा,नेपाली कलाकेन्द्र कतार,सुर सरगम साधना केन्द्र कतार,मितेरी फिलिम्स सास्कृतिक समुह कतार र अन्य संघ सस्थाका प्रतिनिधिहरु पनि थिए र यस कार्यक्रममा महत्वपूर्ण सहयोग गर्ने सहयोगी ब्यक्तित्वहरु कृष्ण बराल,शक्ति क्षेत्री,के.डी. हमाल पनि थिए।
नेपाली मोडेल तथा नायिका सुर्जनी केसीले संचालन गरेको उक्त कार्यक्रममा रास्ट्रीय गान गाइसके पछी नेपाली कला केन्द्र कतारका कलाकारबाट "यो कर्म भुमीको आगनमा" बोलको स्वदेश गान गाएका थिए भने सुर सरगम साधना केन्द्र कतारका कलाकारहरुले सक्दिन सक्दिन...धेरै माया गर्छु आइबोसलाई भन्ने आईबोसको गीत गाएका थिए।तेसपछी कुसल डान्सर तथा निर्देशक स्मृति तिमिल्सिना ज्यान फालेर म आउने थिइन बोलको गीतमा नृत्य गर्दा दर्सकहरु लठ्ठ बनेका थिए।तेस्तै रुपकुमार राईको "पठाईदिनु है आमा" आधुनिक गीत र राम साइली भन्ने लोक गीत गाएर दर्सकहरुलाई छमछमी नचाएका थिए।नेपाली मोडल गायिका तथा डान्सर कोपिला गुरुङले रसिलो छ बोली,यो मायाले दिएका सिरौला" जस्ता गीतहरु गायकी थिइन भने शंकर बीसी र रस्मी तामाङको युगल नृत्यले दर्सकहरुको मन उत्तिकै तानेको थियो।
नेपाली लोक गितका स्टार पसुपती शर्माले मलाई अमेरिका यहीँ जापान पनि यही,झम झम दर्कियो पानी र मेरी माया भएको गाउमा भन्ने बोलका गीतहरु गाउदा दर्सकहरु अति नै उत्तेजित भएर नाचेको देखिन्थ्यो। गायिका साहिमा श्रेष्ठले मन पराउने धेरै छन ..,डोला डोला हातमा बोलको गीतहरु गाइसके पछी जितु नेपाल (मुन्द्रे) ले दर्सकहरुलाई पेट मिचिमिची हसाएका थिए।प्रमोद खरेलले उस्ले जतिमाया,मुस्किल छ पोखरामा,चल बतास चल्यो चल्यो र मागी मागी जस्ता सुपर टप गीत गाउदा दर्सकहरु ओन्स मोर ओन्स मोर भन्दै गीत सुन्न र नाच्न अत्यन्तै उत्साहीत देखिन्थे। हट तथा सेक्सी गायिका ज्योति मगरले नयनमा गाजल कालै राम्रो,सुर्खेत बुलबुले जाउला,भन्ने बोलका गीतहरु गाएकी थिइन भने अन्त्यमा सबैलाई सेक्सी नाईट भनेर सुभकामना दिइन।
र कार्यक्रम ब्यबस्थापक ए.बी. गुरुङ का साथै मिडिया पार्टनर हरुमा मुग्लानी खबर डट कम,लाइट नेपाल डट कम,सिधा दृस्टी डटकम, साझा नेटवर्क डटकम र अफिसियल मिडियामा सेल्फी टि.भी थिए।
यो कार्यक्रम आईबोस ग्लोबलले आयोजना गरेको दोश्रो बृहत् सास्कृतिक कार्यक्रम हो र स्थानीय कलाकारहरुको पनि बेजोड प्रस्तुती रहेको यो कार्यक्रम अत्यन्तै सफल रहेको आयोजकका एकजनाले बताए भने कार्यक्रमको अन्त्यमा सबै कलाकारहरूको हातबाट प्रेम प्रसाद भट्टराईको पहिलो लोक गीत एलबम
"कृपा"को बिमोचन सङै राती दस बजे कार्यक्रम समाप्त भएको थियो।