मुग्लानी खबर- १९ बैशाख
२०४७ सालको संविधानलाई विश्वको सवभन्दा उत्कृष्ठ संविधान भन्नेहरु संविधानसभाको भाषामा फसे ! एमाले,माओवादी,कांग्रेसका राष्ट्रघातीहरुलाई हतकडी लगाएर छानी छानी कारवाही गर्न सक्नुपर्छ !
लेखक: पबित्रा घिमेरे
संविधानसभाबाट २०७२ सालमा घोषित सम्वत् नैं उल्लेख नभएको संविधान लागु गरेर धर्मनिरपेक्ष, गणतन्त्र र संघीयता लागु गर्न खोजेर देशलाई अन्धकारमा फसाउन खोजेका छन् । नेपालको राष्ट्रियतालाई छिन्नभिन्न बनाउन भारतीय कांग्रेस (आई) र उसको गुप्तचर संस्था ‘रअ’ यूरोपका इसाई राष्ट्रहरु र सीआईएको मार्गदर्शन अनुसार कांग्रेस, एमाले, माओवादीहरुले नेपाललाई विदेशीहरुको रणभूमि बनाए । कांग्रेस, एमाले, माओवादीका भ्रष्टहरुलाई जति धिक्कारे पनि थोरै हुन्छ । ती राष्ट्रघातीहरुलाई हतकडी लगाएर छानी छानी कारवाही गर्न सक्ने क्षमता अव राज्यको हुनुपर्छ ।
हिमवतखण्डमा नेपाल–दुई ठूला राष्ट्रहरुको च्यापोमा परेको यो स्वर्णभूमि सानो छ । नेपाल सानो भएता पनि अनेकौं जाति र विविध संस्कतिले गर्दा नेपाल एउटा सानो संसार हो । राष्ट्र निर्माता पृथ्वीनारायण शाहले दुई ढुङ्गाको तरुल भनेर नेपालको परिभाषालाई यथार्थता दिए। नेपालको राष्ट्रियताको आधार पृथ्वीनारायण शाहले मार्गदर्शन गरेका दिव्य उपदेशहरुलाई नमानेर यहाँका विविध संस्कृति र परप्परामा आवद्ध नेपालीहरुलाई, राष्ट्रियताको डोरीले कस्न सक्ने स्रोतहरु विस्थापित गराएर, यो अखण्ड नेपालको अस्तित्व समाप्त गराउने कुचेष्टा नेपालकै केही कुलंगारहरु खुलम्खुल्ला लागेका छन् । नेपाली कांग्रेसका गिरिजाप्रसाद कोइराला सत्तामा आएपछि सम्पूर्ण नाफामा भएका उद्योगहरु गुन्द्रुकको भाउमा बेचिए । उक्त समस्याले आज विकराल रुप लियो ।
पृथ्वीनारायण शाहबाट हिमवतखण्डका धेरै हिन्दु राज्यहरुलाई एकीकरण गर्दैरहेको अवस्थामा देशको धन बाहिर जान नदिने र बाहिरबाटै जतिसक्दो धन आफ्नो देशमा भित्र्याउने मान्यता स्थापित गराएका थिए । धेरैे अन्न उत्पादन गर्ने, कृषिलाई ब्यापक रुपमा उत्पादन मूलक बनाउने, खानी खनेर देशमा आर्जन गर्ने र देश समृृद्ध बनाउन पर्छ भन्ने नीति पृथ्वीनारायण शाहको थियो ।
यिनै मार्ग दर्शनलाई जङ्गबहादुरले विक्रम सम्वत् १९१० सालमा मुलुकी ऐन बनाएर देशलाई मजबुत बनाउन सकेका थिए । निरंकुश जहानीयाँ राणा शासनका अगुवा जङ्गबहादुर समेतले नेपालको धन विदेशमा जान र विदेशी वैकमा राख्न मनाही गरेका थिए । यति सम्मकी उनले गोर्खाली जवानलाई ब्रिटिस फौजमा भर्ना हुन समेत जान दिएका थिएनन् । विशाल नेपाल एकीकरणको अभियानमा नायव बहादुर शाहले कुमाउ, गडवाल सम्मका हिन्दु राज्यहरु विजय गरेर जमुनामा साँध लगाएपछि उत्तरखण्डका चारधाम नेपालभित्रै परेका थिए । नेपाली यौद्धाहरुले ती धामहरुमा अनेकौं मन्दिर, मूर्ति स्थापना गरी शिलापत्र कुदाएर गुठी जग्गा समेत राखेका थिए । अंग्रेजसँग युद्ध भएपछि सन् १८१६ को सुगौली कीर्ति सन्धिपछि ती पवित्र चारधामहरु बेदखली बन्न पुगे । त्यो बेला पनि स्वदेशी नेपालीहरुको खेल रहेको थियो । पछि अंग्रेजले ती सबै मासे ।
अहिले नेपालमा २०६३ सालपछि त्यस्तै हुँदैछ । समयमा नैं देशभक्तहरु, राजा, राज्यका स्थायी प्रमुख अङ्गहरु, अदालत, नेपाली सेना र नेपाल प्रहरी प्रशासकीय व्यवस्था सक्रिय भएर यो पूण्यभूमि बचाउन सकिएन भने नेपालको अस्तित्व रहने छैन । नेपाली सेनाले देश डुब्न लाग्दा पनि कुनै प्रतिक्रिया नदेखाउँदा आश्चर्य लागेको छ ।
देश निराजको मुलुक भएको छ । भारतीयलाई नेपालमा जन्मिएको आधारमा बंशजको नागरिकता दिलाउन ओली मन्त्रीपरिषदले अधिराज्यभरी निर्देशन पठाएको छ । नेपालीहरु भोलिका दिनमा भूटानी शरणार्थी जस्तो हुने अवस्था छ । एमाले+माओवादीको गठबन्धनको सरकार र प्रतिपक्षमा रहेको नेपाली कांग्रेस यी दुबैको भ्रष्ट र देश बिरोधी क्रियाकलाप देख्दा नेपाली जनता वाक्क भएर नेपालमा राजा नभई यो देश बाँच्ने रहिन रहेछ भन्ने कुरामा विश्वस्त भएर राजा ज्ञानेन्द्रको भ्रमणको बेला हजारौं जनता राजाको जयजयकार गरेर राजसंस्था यथावत रहि रहनु पर्छ, भन्ने माग गरिरहेका छन् ।
देशब्यापी रुपमा राजा ज्ञानेन्द्रप्रति नेपाली जनताको सम्मान देखेर केपी ओली डाहाले भुतुक्क भएर राजालाई धम्कीको भाषामा अपशब्द बोल्न थालेका छन् । यस्तै मैले बुझेसम्म पद र पैसाको अगाडि डाक्टर, इञ्जिनियर, प्राध्यापक, वकीलहरुको कुनै अडान नहुँदो रहेछ । चाहे पार्टीको नेता होस्, चाहे कर्मचारी आफू सुरक्षित हुने र पदको गन्ध पाउनसाथ छेपाराले रङ्ग फेरेको जस्तो आफ्ना हैसियत बिर्सेर जुका जस्तो टासिन पुग्छन् । लोकराज बराल, कृष्ण खनाल, कृष्ण पहाडी, कृष्ण पोखरेलहरु यस्तै कथित नागरिक समाज र मानव अधिकारको हैसियत बोकेका देवेन्द्रराज पाण्डे जस्ता दरबारबाट पालिएका कृतग्न भाँडहरु छेपाराले रङ्ग फेरेको जस्तो लाज घीन पचाएर विदेशीको जुठो खान पुगे । नेपालका नेता र वौद्धिक समूदाय निन्दनीय छन् ।
देशको सांस्कृतिक धार्मिक मान्यता कति ठूलो हुन्छ भन्ने कुरा नबुझेर विदेशीको दास बनेर नेपालका पार्टीका दलहरुले विश्वको एक मात्र हिन्दु अधिराज्यलाई विस्थापित गरेर इसाई राष्ट्र बनाउन जुन अपराध गरेका छन्, उनीहरुको काल नैं यही हुन सक्ने भएको छ । यो हिन्दु तथा बौद्ध स्थलमा पैसाको खोलो बगाएर गरीब नेपालीहरुलाई दिग्भ्रमित गराएर इसाइकरण गराउन खोजिएको कसले सहन्छ त्यस्तो अत्याचार ? नेपालमा भौगोलिक पिडा त छँदैछ तर नेपालका भाँड राजनीतिक नेता र भाट बुद्धिजीवीहरुको कारणले देश खतरामा परेको छ । नेपालका अभिशाप भनेका यिनै भएका छन् ।
देश डुब्ने अवस्थामा छ । यस्तो पाराले देश बच्दैन । राजा ज्ञानेन्द्रलाई धोका दिएर आफूखुशी गणतन्त्र, धर्मनिरपेक्ष, संघीयताको बाटोमा हिड्न खोजेका बेलादेखि देशको अवस्था डमाडोल छ । राजासँगको सहमतिमा २०६३ सालको जनआन्दोलन बिसर्जन भएको थियो । त्यो बेला सबै पार्टीले खुशियाली मनाएका थिए । तर राजासँग सहमति भएको केही दिनमा नैं कांग्रेस, एमाले र माओवादी पार्टिका पदलोलुप्त नेताहरुले विदेशीको इशारामा राजालाई धोका दिएर राष्ट्रघातको बाटोमा लागे । धोका दिएपछि त्यसको परिणाम आज नेपाली जनताले यो दुर्गती भोग्नु परेको छ।
------------------------------------------
पबित्रा घिमेरेको वालबाट साभार............