मुग्लानी खबर बैशाख १४
कतारमा रहेका म्यागेदी हरुको साझा संस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतारले म्याग्दीमा रु १० लाखको अक्षयकोष स्थापना गर्ने उदेस्यले आयोजना गरेको बृहत चौथो साँस्कृतिक कार्यक्रम भव्यताका साथ सम्पन्न भएको छ नेपाली नयाँ बर्ष २०७६ को पुनित अवसर पारेर भएको साँस्कृतिक कार्यक्रमको लागि नेपालबाट चर्चित कलाकार हरु अमृता श्रीपाल र कुमार पुन कतार आएका थिए ।
“ प्रवासी म्याग्देली दृस्टी,सम्बृद्ध म्याग्दीको सृस्ती” भन्ने मुल नाराका साथ बैदेसीक रोजगारीको सिलसिलामा कतारमा स्थापित सस्था म्याग्दी प्रवासी नेपाली संघ (मोना) कतार म्याग्देलि हरुको मात्र नभएर समग्रमा नेपाली हरुको साझा सस्थाका रुपमा चिरपरिचित सस्थाका रुपमा गनिन्छ । प्रबासमा रहेर पनि नेपाली बर्ष सांगीतिक कार्यक्रम धुमाधाम सङ मनाउनु मात्र नभई नेपाली दाजुभाई दिदिबहिनिहरु प्रतिको माया झन प्रगाढ बनाउनुका साथै भातृत्वको बिकाश गर्नु समेत सस्थाको उदेस्य रहेको थियो ।
सस्थाका अध्यक्ष तिलु सर्मा पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख नेपाली दुताबास दोहा कतारका दित्तिय सचिब- प्रविण भट्टराई रहेका थिए । त्यस्तै कतारमा स्थापित बिभिन्न संघ सस्था साथै सामाजिक अभियन्ताहरुको समेत उपस्थिति रहेको थियो।
सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर तथा दिप प्रज्वलन र राष्ट्रिय गान गाउदै सुरु गरिएको कार्यक्रममा प्रमुख अथिति भट्टराईले मन्तब्य राख्दै मोना कतारले म्याग्दी जिल्लामा रु १० लाखको अक्षयकोष स्थापना गर्ने उदेस्यको प्रसंसा गर्दै उक्त कार्यले छिटै गतिलिने कुरामा आशावादी रहेको बताउदै कार्यक्रम सफलताको सुभकामना ब्याक्त गरे ।
कार्यक्रममा नेपाली मौलिक पन्चेबाजा,लाइभ दोहोरिको साथमा नेपाल बाट आमन्त्रित अथिति कलाकार संगै दोहामा रहेका स्थानिया कलाकार हरुको बेजोड प्रस्तुतिले कार्यक्रम निकैनै रमाइलो बन्यो । कलाकारहरु नृत्यमा दिपिका बि.क: दुई चुल्ठी बाटेर,सुमन बिस्वकर्मा: यति यति पानि, गोकुल बि.क रन्जिता अधिकारि: तिम्रो लागि म छु यो, र गायन तर्फ राम बिस्वकर्मा: रुमाल हल्लाई हल्लाई,गङ्गा बस्नेत वारि घुम्टे पारि गाजा लगायत साहित्यकार सोतन्त्र नेपालले आधा दर्जन मुक्तक वातन गरेको थिए ।
त्यस्तै नेपाल बाट आमन्त्रित अथिति चर्चित कलाकार अमृता श्रीपाल र कुमार पुनको करिपन १ दर्जन सांगीतिक प्रस्तुतिले पनि दर्सक दिर्घमा रमाइलो छाएको थियो । कार्यक्रममा सस्थालाइ बिभिन्न समयमा योगदान पुराउने संघ सस्था र सामाजिक ब्याक्तित्वलाइ खादा सहित प्रमाण पत्र र कलाकारहरु हरुलाइ नगद पारिश्रमिकको साथमा खादा र प्रमाण पत्रले सम्मान गरेको थियो ।
कार्यक्रमलाई सफल बनाउनको निम्ति कतारमा रहेका म्याग्देली संगै गैर म्याग्देली नेपाली दाजुभाइ हरुको भरपुर उपस्थिति रहेको थियो भने कार्यक्रमको लागि कतारमा सक्रिय रुपमा रहेका १७ सस्था र नेपाली दुताबास दोहा कतारले सहयोग गरेको मोना कतारले जनाएको छ ।
उक्त कार्यक्रमको समापन सभापति तिलु सर्मा पौडेल,कार्यक्रम सन्चालन सचिब देबि दत्त कडेल,सास्कृतिक कार्यक्रमको संयोजक महेन्द्र बोहोरा र कार्यक्रम संयोजक नगेन्द्र फगामीले गरेका थिए ।