मुग्लानी खबर बैशाख १४
तामाङ जातिको परिबर्तन,शैक्षिक तथा आर्थिक सुदृढिकरण तामाङ भाषा,धर्म लिपि र साँस्कृतिको प्रबर्द्धन गरौं, ताम्सालिङ निर्माणको लागि जनदबाब सिर्जना गरौं भन्ने मूल नाराको साथ स्थापित संस्था नेपाल प्रवासी तामाङ समाज कतारले हिजो सुक्रबारको दिन दोहास्थित
बेस्ट वास्टेन प्लस होटेलमा आफ्नो आठौ अधिवेसन कुसलता पुर्वक सम्पन्न गरेको छ ।
साथै उक्त अधिबेसन बाट पुर्व महासचिव धिरेन तामाङको अध्यक्षतामा २ २ सदस्यीय नयाँ कार्यसमिति चुनिएका छ्न ।
समाजका अध्यक्ष तिर्थ थिङ तामाङको सभापतित्वमा भएको कार्यक्रममा आदिबासी जनजाति महासंघ कतारका अध्यक्ष शिव भुजेलको प्रमुख आथित्यतामा भएकों कार्यक्रममा कतारमा स्थापित बिभिन्न संघसस्थाका प्रतिनिधि,बुद्दिजीवी लगायत सामाजिक ब्याक्तित्वको उपस्थिति रहेको थियो ।
सभापति,प्रमुख अतिथी बिशेष अतिथिद्वारा सामुहिक व्यानर तथा दिप प्रज्वलन र राष्ट्रिय गान साथै सस्थाका सदस्य असोक सिङेद्न ले उपस्थित सम्पूर्णलाई स्वागत मन्तव्य बाट र तामाङ समाजमा हुने कुनैपनि सुभकार्य गर्दा प्रचलनमा रहेको डम्फु र गीतबाट कलाकारले स्वागत गित गाउँदै सुरुभएको कार्यक्रम २ चरण गरि सम्पन्न भएको थियो ।
मन्तव्यको क्रममा म्हेन्दोमाया समाज दोहा कतार बाट गौतम तामाङ,नेपाल तामाङ कलाकारसंघको अध्यक्ष सबिना लोप्चन तामाङ,सन्ध्या ग्रुप अलखोर अध्यक्ष बिरेन्द्र कुमार याक्थुम्बा,रामेछाप दोहा सम्पर्क समितिको सचिव ललित तामाङ , NRNA NCC Qatar का प्रथम उपाध्यक्ष तेज कटवाल, काभ्रे सेवा समाजका अध्यक्ष तथा NRNA NCC कतारको ३ नं.प्रदेशको संयोजक नारायण बिष्ट,नेपाल ग्यावा समाज कतारका अध्यक्ष रामचन्द्र ग्याबा, सगु प्रोडक्सनका प्रबन्ध निर्दशक गणेश अधिकारि लगायतका अतिथिहरुले तामाङ जातिको उत्थान र भाषा,धर्म संस्कृति साथै ताम्सालिङ निर्माणको लागि जनदबाब सिर्जना गर्नको निम्ति १४ बर्ष अंघि तामाङ समाज स्थापना गरेर सस्थाले हालसम्म धेरै उल्लेखनिय प्रगति गरेको र आफ्नो जातिको हक हित,पहिचान र कतारमा रहेको नेपाली समाजलाई एकबद्दता बनाउन संस्थाले उल्लेखनीय भुमिका खेलेको बताउँदै पुरानो समितिले गर्न बाँकि रहेका कामहरु आउने नयाँ कार्यसमितिले पुरा गर्दे जावस भनि बधाई सहित शुभकामना मन्तब्य राखेका थिए ।
प्रमुख अतिथि शिव भुजेलले मन्तव्य राख्दै
ताम्सालिङ राज्य प्राप्त गर्नकोलागि जस्तोसुकै कठिन घडीमा पनि संघर्षगर्दै अगाडी बढ्नुपर्ने बताए । भाषा,सस्कृति,परम्परा सबै जातिले जोगाई राख्नुपर्ने कुरा ब्यक्त गर्दै पुरानो समितिले गर्न बाकिरहेका अधुरा कामहरु नया कार्यसमितिले पुरा गरोस भन्ने कामना गर्दै सुभकामना मन्तब्य दिए ।
त्येस्तै समाजले सस्था स्थापना पछि विभिन्न समयमा योगदान पुराउने विभिन्न संघसस्था का ब्याक्तित्व हरुलाइ सम्मान पत्रको साथमा सम्मान गरेको थियो ।
सस्थाले २०१७ देखि २०१९ को अवधिमा गरेका प्रगति प्रतिवेदन कार्यक्रम संचालक तथा महासचिव धिरेन तामाङ र आर्थिक प्रतिवेदन नेत्र वाइबा तामाङले प्रस्तुत गरेका थिए।पहिलो चरणको कार्यक्रमको अन्त्यमा सभापति तिर्थ थिङ तामाङले संस्था संचालनमा आफुलाई प्रत्यक्ष,अप्रत्यक्ष रुपमा सहयोग गर्ने सम्पूर्ण सहयोगीलाई धन्यबाद दिदै कतारमा रहेका सम्पूर्ण तामाङ हरुलाई यहि संस्थाभित्र संघठित हुन आग्रहगर्दै यतिधेरै खटी कार्यक्रम सफल पार्नुहुने सम्पूर्ण कार्य समितिका सदस्यहरु, सल्लाहकारहरु प्रतिपनि आभार व्यक्त गरे ।
नेपाल प्रबासी तामाङ समाज कतारको नव निर्बाचित कार्यसमिति ।
क्रमश :
अध्यक्ष – धिरेन तामाङ
प्रथम उपाध्यक्ष नेत्र वाइबा तामाङ
द्वितीय उपाध्यक्ष कुमारी तामाङ
महासचिव अशोक तामाङ
सचिब प्रेम बहादुर तामाङ
कोषाध्यक्ष गौतम तामाङ
सह-कोषाध्यक्ष सुवास तामाङ
सदस्यहरुमा ललित कुमार तामाङ, जंगे लोप्चन तामाङ, कान्छाराम तामाङ, मणि लामा तामाङ, मोइराम तामाङ, अस्मिता तामाङ, बेग बहादुर तामाङ, मोहन थिङ तामाङ, समराज तामाङ, श्री बहादुर तामाङ, हर्क बहादुर तामङ, पुष्प मोक्तान तामाङ, राम चन्द्र तामाङ, माया तामाङ र सिर्चेन तामाङ रहेका छन।
, उक्त कार्यक्रमको निर्वाचनमा संयोजकमा शङ्खालाल तामाङ तामाङ रहेकाथिए भने अन्य सदस्यहरुमा क्रमस माइला वाइबा तामाङ, सुन्दर तामाङ रहेका थिए।
अन्त्यमा नबनिर्बाचित अध्यक्ष धिरेन तामङले बोल्दै अवको कार्यकालमा पनि सबैको साथ र सहयोग लिएर संस्थालाई अझै चुस्त दुरुस्त ढंगबाट अगी बढाउने प्रतिबद्धता जनाउदै कार्यक्रम समापन गरे